काठमाडौं । आइतबार प्रतिनिधिसभामा एमसीसी टेबल भएपछि यसलाई पारित गर्ने वातावरण बनाउनका लागि यतिबेला कांँग्रेसको नेतृत्व सक्रिय छ। कांँग्रेसले स्पष्ट रुपमै एमसीसी कुनै हालतमा पारित हुुनु पर्ने बताउँदै आएको छ। तर, उसका सत्तासहयात्री दल माओवादी र नेकपा एसले एमसीसीको विपक्षमा मत हाल्ने निर्णय लिइसकेका छन्। माओवादीका अध्यक्ष पुस्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल […]
महोत्तरी, नेपाली कांँग्रेस महोत्तरी क्षेत्र नम्बर-३ को सभापतिमा राघवेन्द्र झा निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा झा ३०९ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लवराजा सिंहले २१६ मत प्राप्त गरे । त्यस्तै सचिवमा रुद्र किशोर कुमार (३०१) र दिलिपकुमार चौधरी (२९३) विजयी भएका छन् । सह(सचिवमा विनयकुमार मण्डल (३०१) र […]
काठमाडौं– खानका लागि योग्य नरहेको (अखाद्य) मह स्पर्श उत्पादन गर्ने नरबहादुर श्रेष्ठले बिस्कुट पनि अखाद्य उत्पादन गरेको खुलेको छ। बिस्कुटलगायतका अन्य खाद्यवस्तु समेत गुणस्तरहीन उत्पादन गर्ने गरेको खुलेपछि बिक्रीविरतण गर्ने कम्पनीमै सिल गरिएको छ। ठमेलको ज्याँठाबाट गत माघ ६ गते महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अखाद्य मह उत्पादन गरेको आरोपमा स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ […]
विराटनगर, प्रदेश १ को नामाकरणका लागि सर्वदलिय बैठक बस्दैछ। पाँच दलिय गठबन्धनले पहिलो पटक सर्वदलिय बैठक आह्वान गरेको छ। बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहित गठबन्धनका दलहरु सहभागि हुने नामकारणका लागि सहजीकरण तथा समन्वयको जिम्मेवारी पाएका स्वास्थ्य मन्त्री जयराम यादवले बताएका छन्। मंगलबार दिउँसोको सर्वदलिय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलका संसदीय दलका नेता, […]
बैतडी, ग्रामीण सडकमा विद्यार्थी बोकेर हिँडेको निर्माण व्यवसायिको टिप्पर दुर्घटनामा परी मृत्यु हुने तीन जनाको सनाखत भएको छ । ६ जना गम्भीर घाइतेको उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बैतडीको पाटन नगरपालिका –३, गुरुडास्थित सिगास माविका विद्यार्थी बा ३ ख ४८७९ नम्बरको टिप्पर चढेर घर फर्किदै गर्दा सोमबार अपराह्न ४ः३० बजे पाटन नगरपालिका […]
काठमाडौं– सर्वोच्च अदालतले याक एण्ड यति होटलको विवादमा सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले अर्को छलफल नभएसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। काठमाडौंको दरबारमार्गमा रहेको पाँचतारे होटल याक एण्ड यति बन्द गर्न पर्यटन विभागले माघ २६ गते निर्देशन दिएको थियो। पर्यटन विभागले बारम्बार होटल […]
काठमाडौं, नेकपा एमालेको केन्द्रीय विभागका प्रमुखहरुबीच सोमबार बसेको बैठकले सबै विभागहरुलाई छिट्टै पूर्णता दिने निर्णय गरेको छ । एमाले केन्द्रीय कार्यालयमा पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको यस बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरुको उपस्थिति रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसका साथै, महासचिव पोखरेलले विभागहरुसँग सम्बन्धित कामकारबाही अगाडि […]
हेटौडा, बागमती प्रदेशमा कोरोना सङ्क्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएइको छ । हेटौँडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ । […]
काठमाडौं- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन्। अध्यक्ष दाहालले भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ।’ अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक […]
काठमाडौं– पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन्। पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्रांगणमा आइतबार आयोजित १७औं दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन १ गतेसम्म शैक्षिक कार्यक्रममा उत्तीर्ण ती विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ। दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन , […]