विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण भएको छ । ४५३ जनाको पीसीआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २१, झापामा १६, सुनसरीमा ११, इलाम, तेह्रथुम र पाँचथरमा २–२, खोटाङ, उदयपुर […]
भैरहवा, भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो […]
काठमाडौँ। समावेशी र सामूहिक नेतृत्व’ को मागलाई सम्बोधन नगरेपछि अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र इतर पक्षले बहुमत जुटाएका छन्। केन्द्रीय कार्यकारिणी, सङ्घीय सांसद र केन्द्रीय समितिमा बहुमत जुटाएर बसेको सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षधरले अध्यक्ष यादवमाथि दबाब बढाएका हुन्। ‘समावेशी र सामूहिक नेतृत्वको मागलाई सम्बोधन गर्नका लागि अध्यक्ष (यादव)ज्यूले […]
काठमाडौँ। नेपाली कांँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलवार केही बेरअघि बैठक सुरु भएको कार्यालय सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए। गत बिहीबार सुरु भएको बैठकमा अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन गर्ने, म्याद समाप्त भएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन गराउने विषयमा छलफल भइरहेको छ। छलफल […]
बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तीन जना चढेको लु ६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। उनीहरू […]
काठमाडौं, कोभिड–१९ विरुद्धको हराएको भनिएको २४ लाख खोप खोजी गर्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रेस सल्लाहकार शान्ताराम विडारीले जानकारी दिए । बिडारीका अनुसार खोपको बारेमा छानबिन गरी स्वास्थ्यमन्त्रीलाई उक्त प्रतिवेदन बुझाइएको हो । उक्त […]
काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। भोलि बुधबार बिहानका लागि बैठक डाकिएको हो। भोलि प्रतिनिधिसभाको बैठकअघि माओवादी संसदीय दलको बैठक बस्नेछ। बैठकमा खासगरी प्रधानन्यायाधीशमाथि दर्ता भएको महाभियोग प्रस्ताव संसद् बैठकमा टेबुल हुने तयारीमा रहेको एमसीसीबारे छलफल हुने बताइएको छ। प्रधानन्यायाधीशमाथि महाभियोग लागेपछि नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय दलको […]
झापा– झापाको झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगका बिरामीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ। गत वर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यस वर्षदेखि दीर्घरोगी विपन्न परिवारलाई बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए। स्वास्थ्य स्यम्सेविका परिचालन गरेर पालिकाका […]
म्याङलुङ , तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा मंगलबार बिहानै आगलागी भएको छ। म्याङलुङ नगरपालिका–१ केउरेनीमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जानकारी दिएको छ। सुरक्षाकर्मी, स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणका आएको प्रहरीले बताएको छ। आगलागी कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले बताएको छ।
काठमाडौं, सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। बैठक बिहान ८ बजे सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव, एमसीसी, अवरुद्ध संसद् र […]