काठमाडौं– अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने तयारी सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी भएको हो। गृहमन्त्री बालकृष्ण खाणले सोमबार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना, २०७८ मा यी तीन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्रलाई दिने उल्लेख गरिएको […]
काठमाडौं, सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा.सुरेन्द्रले चौरसियाले जानकारी दिए । बाँकी १३ लाख १२ हजार ८० […]
काठमाडौं, नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले यही माघ २८ र २९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार एमसीसीमा देखिएको बिवाद र साङ्गठनिक राजनीतिक विषयलाई टुङ्गो लगाउन बैठक बोलाइएको हो । यसअघि माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि पुस २५ गतेका लागि […]
काठमाडौं– नेपाली कांँग्रेसका नेता डा. प्रकाशशरण महत पार्टीको प्रवक्ता नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्ता नियुक्त गरेका हुन्। महत हालै सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। उनी संस्थापन (देउवा) समूहका उम्मेदवार थिए। महतलाई हालैमात्र सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए। केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ। यसअघि कांग्रेस […]
काठमाडौं– पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा पराजित भएपछि तीव्र असन्तुष्टि जनाइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्वतमान अध्यक्ष कमल थापा विकल्पको खोजीमा जुटेका छन्। मंसीर २७ गते महाधिवेशनबाट निर्वाचित बनेको नेतृत्वसमक्ष विभिन्न मागहरू राखेका थापा आफूले अगाडि सारेका माग सम्बोधन हुने छाँटकाँट नदेखिएपछि विकल्पको खोजीमा जुटेका हुन्। त्यसैको तयारी स्वरुप उनले आफू निकट नेता कार्यकर्ताहरूसँगको छलफललाई तीव्र […]
काठमाडौ, मधेसी आयोगले जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ। आयोगका अध्यक्ष विजयकुमार दत्तले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई पत्र लेख्दै जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न आवश्यक व्यवस्था यथाशीघ्र मिलाइदिन आग्रह गरेका हुन्। अध्यक्ष दत्तले सप्तरीस्थित सखाडेश्वरी […]
विराटनगर– प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले नियुक्त गरेका मन्त्रीहरुको शपथग्रहण आइतबार बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा राखिएको थियो। मन्त्रीहरुको शपथग्रहण बिहान ११ बजे हुने थाहा भएपछि एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले बिहान साढे १० बजेदेखि नै प्रदेश प्रमुखको कार्यालय प्रवेश गर्ने मुख्य सडकमा अवरोध गरी प्रर्दशन शुरु गरिसकेका थिए। एमाले निकटका युवा […]
सुर्खेत- नयाँ सरकार बनेको ९६ दिनपछि कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। सत्तारुढ गठबन्धनले आइतबार प्रदेश सरकारलाई पूर्णता दिएको हो। मन्त्रालय भागबन्डाको लामो रस्साकस्सीपछि गठबन्धनले प्रदेश सरकारलाई पूर्णता दिएका छन्। ९६ दिनसम्म सत्तारुढ दलहले शक्ति सन्तुलन र मालदार मन्त्रालयको विषयलाई लिएर निकै रक्सासक्सी गरेका थिए। किस्ता–किस्तामा मन्त्रिपरिषद विस्तार गर्दै आएका थिए। लामो समयपछि केन्द्रीय गठबन्धनले […]
सिन्धुपाल्चोक- बलेफी गाउँपालिका-७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ। आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। उनले घटनाको थप अनुसन्धान […]
काठमाडौं– काठमाडौं महानगरपालिकाले आजदेखि विद्यार्थीलाई कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा दिने भएको छ। महानगरपालिकाले ३२ वटै वडाको विद्यालयमा खोप केन्द्र तोकिएको जनाएको छ। १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ। तोकिएको मितिमा शनिबारबाहेक अरु सबै दिन […]