वीरगंज, कोरोना संक्रमणको दर घट्दा यसपटक विद्यालय निर्वाध चल्छन् र सरस्वती पूजाका लागि बनाइएका माटाका मूर्तिको कारोबार नाफामा जान्छ भन्ने ठानेका वीरगंजका मूर्तिकार अहिले निराश छन्। कोरोनाको नयाँ भेरियन्ट ओमोक्रनले जनजीवन प्रभावित हुन थालेपछि पछिल्लोपटक बन्द गरिएका शैक्षिक संस्थाहरु अझै खुलिसकेका छैनन्। दुईरतीन महिना अघिदेखि नै सरस्वतीको मूर्ति धमाधम बनाइएको थियो। मूर्तिकारहरु यसपटक अघिल्लो वर्षको […]
दाङ- भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बिहीबारदेखि परेको हिमपातले मध्यपहाडी लोकमार्गको लकुम-पातिहाल्ना खण्ड अवरुद्ध भएको हो। हिउँले सडक पुरिएपछि रुकुम पूर्वको भूमे गाउँपालिका वडानम्बर-१ देखि बागलुङको सीमा क्षेत्र पातिहाल्नासम्मको खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। सडकमा बाक्लो हिउँ परेका सवारी आवागमनमा समस्या भएको हो। लोकमार्ग अवरुद्ध हुँदा रुकुम […]
सुनसरी, सुनसरीमा ट्रक र बस ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। भोक्राहा नरसिंह नगरपालिका ३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नम्बरको बस शुक्रबार राति ठोक्किएका थिए। दुर्घटनापछि दुवै सवारीसाधनमा आगलागी भएको प्रहरीले जनाएको छ। […]
प्यूठान, गौमुखी गाउँपालिका–६ लिवाङमा दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् । ग १ ज ५०९२ नम्वरको जीप लिवाङको ओखरपाटा भन्ने स्थानमा दुर्घटना भएको स्थानीय पदमबहादुर केसीले जानकारी दिए । प्युठानकै नौबहिनी गाउँपालिका–६ लुङबाट दुलही लिएर फर्किएको जीप राति १ बजेको समयमा दुर्घटना भएको […]
विराटनगर । प्रदेश १ मा आज ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण भएको छ । धेरै दिनपछि थपिएका संक्रमितभन्दा निको हुनेको संख्या तेब्बरले बढेको हो । पछिल्लो २४ घण्टामा ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ जना र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको सामाजिक […]
काठमाडौं– कोरोना संक्रमणको विस्तार रोक्न भन्दै जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकामा यातायातका साधनमा लागू गरेको जोरबिजोर नम्बर प्रणाली हटाउने तयारी गरेका छन्। संक्रमण घट्दै गएको र गरिखाने वर्गलाई पनि मार पर्न थालेको भन्दै जोरबिजोर प्रणाली हटाउने तयारी गरिएको हो। काठमाडौं उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै यातायातका साधनमा लागू गरिएको जोरबिजोर प्रणाली गत माघ १४ गते मध्यरातदेखि […]
जनकपुर, अविरल वर्षा तथा हावाहुरीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ। वर्षाका कारण घर भत्किँदा रौतहटमा १ जना र हावाहुरीले रुख भाँच्चिएर लाग्दा धनुषामा २ जनाको मृत्यु भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण घर भत्किँदा घरमा च्यापिएर रौतहटको बौधीमाई नगरपालिका-१ अजगैबी बस्ने ४५ वर्षीया फुलमतिया देवीको शुक्रबार दिउँसो मृत्यु भएको […]
विराटनगर- सिरहाका २९ बर्षीय अनिलकुमार मण्डलले कारोबार एकलौटी बनाउन तीन साझेदारको हत्या गरेको खुलेको छ। सुनसरीको धरान ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको सम्भुनाथ नगरपालिका -४ का ३२ वर्षीय शम्भु चौधरी र तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बूको हत्या उनको योजनामा भएको प्रहरीले बताएको छ। मण्डलको योजनामा भारतीय हत्यारासमेत बोलाएर हत्या भएको प्रहरीले जनाएको […]
बेनी, हिमालपारीको जिल्ला मुस्ताङको अधिकांश भूभागमा बाक्लो हिमपात हुँदा चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ । हिमपातकै कारण बेनी–जोमसोम–कोरला सडकखण्डको मुस्ताङतर्फ बाटो अवरुद्ध भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जिल्लाको पाँचवटै गाउँपालिकामा हिमपात भएको छ । बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्म हिमपात भएका कारण जिल्लाभित्रका सडकमा यातायातका साधनहरु बन्द भएका छन् […]
भरतपुर– चितवनमा पिकअप (मारुती) भ्यान र टिपर एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित सडकमा बा ११ च ५७८८ नम्बरको मारुती भ्यान र लु २ ख १७०१ नम्बरको टिपर एकआपसमा ठोक्किँदा भ्यानमा सवार २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा धादिङ गल्छी गाउँपालिका-१ बस्ने ३६ वर्षीया निशा वली र उनकै छोरा […]