काठमाडौँ, नेपाली राष्ट्रिय फुटबल टोलीमा पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ । हाल अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत महिला विभागका प्रमुख समेत रहेका खड्कामाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोप लागेको छ । नेपाल प्रहरीको जागिर खान नक्कली शैक्षिक योग्यता देखाएर नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई […]
हेटौंडा, बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा गोमादेवी तिमल्सिना र (अन्य)मा गठबन्धन दलकै कृष्णप्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी पार्टी र पौडेल कांग्रेसका उम्मेदवार हुन्। तिमल्सिना र पौडेल क्रमश ४ सय ६३ र ४५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ […]
विराटनगर । प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्यतर्फका उम्मेदवार नेकपा एमालेका गुरु बराल र सत्तारुढ गठबन्धनका उम्मेदवार गोपाल बस्नेतले बराबर मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार बराल र नेपाली कांँग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभातर्फको कूल ५२ […]
विराटनगर । प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।
कञ्चनपुर, नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट जगत पार्की विजयी भएका छन्। उनी दलिततर्फबाट गठबन्धनका साझा उम्मेदवार थिए। उनले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार नरेश विकले भने प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मत प्राप्त गरेका छन्। बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म […]
विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् । उनले ४ हजार ६९२ मतभार पाइन् । एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् ।
बुटवल, लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धनका तर्फबाट कांँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन्। उनीहरुले एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरे। मतदानमा प्रदेश सभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख […]
बुटवल,राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशको महिला सिटमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। एकीकृत समाजवादीकी उम्मेदवार राजेन्द्रलक्ष्मी गैरे एमाले उम्मेदवारलाई पराजित गर्दै विजयी भएकी हुन्। विजयी गैरेले ४ हजार ३ सय ७४ मत प्राप्त गरेकी छन्। एमाले उम्मेदवारले ३ हजार ३ सय १२ मत प्राप्त गरेकी छन्। यसअघि सुदूरपश्चिम प्रदेशको महिलातर्फको सिटमा पनि एकीकृत समाजवादीकी […]
जनकपुरधाम– जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राष्ट्रियसभा चुनावअन्तर्गत मधेश प्रदेशको मतदानस्थल महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानभित्र जनमत पार्टीका कार्यकर्ताहरूले बाँसको भाटा लिएर छिर्न खोज्दा झडप भएको हो । सुरक्षाकर्मीले भीडलाई तितर बितर पार्न केही सेल अश्रुग्याँस प्रहार गरेका छन् । जनमत पार्टीका कार्यकर्ताहरूले राष्ट्रियसभाको चुनावमा मतदान गर्न विभिन्न जिल्लाबाट आएका प्रदेश […]