विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ भने २१६ जना संक्रमणमुक्त भएका छन् । यही अवधिमा २ जनाको मृत्यु भएको छ । प्रदेशभर ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ जना र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका […]
विराटनगर । प्रदेश १ सरकारले कोसी पूलदेखि मेची पूलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्मका मुख्य राजमार्गमा सीसी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले जानकारी दिएका हुन् । रेडियो नेपाल प्रादेशिक प्रसारण […]
ओखलढुंगा, ओखलढुंगामा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका-३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । मानेभन्ज्याङ गाउँपालिका-१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको ६ जना यात्रु सवार बोलेरो जीपमा बाटो माथिबाट ढुंगा खसेर लागेको हो । जीपमा सवारमध्ये सिद्धिचरण नगरपालिका-१ तलुवाका १० […]
लमजुङ, नेपालकै ठूलो मध्येको एक लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन आधा घटेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत उत्पादन भएको मध्यमर्स्याङदी जलविद्युत केन्द्रले जनाएको छ । पानीको वहाव उच्च हुँदा ७२ मेगावाटसम्म विद्युत उत्पादन हुने केन्द्रबाट हाल औसतमा ३५ देखि ३८ मेगावाटसम्म विद्युत उत्पादन भइरहेको केन्द्र प्रमुख पवन […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा ७, इलाम र उदयपुरमा ३–३, […]
बिर्तामोड, झापा गाउँपालिकाले छात्रा बिद्यार्थीलाई नियमित विद्यालय जान सजिलो होस् भनेर पालिकामा अध्यानरत् कक्षा ९ का २२० जना छात्रालाई नि:शुल्क साईकल वितरण गरेको छ । झापा गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरी झापा गाउँपालिकामा रहेको जनता मा वि, जनकल्याण माबि, डिल्लीराज माबि, कुवाडीदेबि माबि र महेन्द्र माबिमा अध्ययनरत २२० जना छात्राहरुलाई साईकल बितरण गरेको हो । […]
काठमाडौँ – कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने […]
बनेपा, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा १७७ रोपनीमा निर्मित तर प्रयोगविहीन सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस)का लागि आवश्यक उपकरण जडान कार्य थालिएको छ । छापाखाना सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरूमध्ये हाल सूचना प्रविधि पार्कको बहुउद्देश्यीय भवनमा छापाखानाका लागि अन्तःशुल्क स्टिकर छाप्ने दुई थान उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन (हाई सेक्योर्ड डिजिटल प्रिन्टिङ मेसिन) […]
जनकपुर, मधेस प्रदेशमा पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना संक्रमित बिरामी वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमध्ये सबभन्दा बढी धनुषामा ३४७ जना संक्रमित छन । तर, कोभिड अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या शून्य जस्तै छ । जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित बिरामीको उपचारका लागि पुनः कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । […]
इटहरी । नगरपालिकाको दक्षिणी सिमामा पर्ने वडा नम्बर १५ स्थित भोटिया खोलामा आज पक्की पूलको शिलान्यास गरिएको छ । इटहरी उपमहानगर पालिकाका प्रमुख द्वारिकलाल चौधरीले पूलको शिलान्यास गरेका हुन् । निर्माण कम्पनीसँग ४ करोड १६ लाख ४१ हजार रुपैयाँको लागतमा दुई वर्षमा पूल निर्माण गरिसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोड्ने सो पूलको निर्माण […]