काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन्। एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन्। इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी दिएको बताइएको छ। यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र […]
काठमाडौं । भारतले खोप कूटनीतिमार्फत छिमेकी मुलुकमा प्रभाव जमाउने नीति लिए लगत्तै त्यसलाई काउन्टर गर्न चीनले त्यही नीति अख्तियार गरेको छ । भारतले नेपाल लगायत दक्षिण एसियाली र दक्षिणपूर्वी एसियाली मुलुकलाई अनुदानमा खोप उपलब्ध गराइसकेको छ । छिमेकी मात्र होइन्, केही अफ्रिकी र केही मुलुकलाई पनि भारतले अनुदानमा खोप उपलब्ध गराइरहेको छ । त्यस लगत्तै […]
काठमाण्डौ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । वैदेशिक रोजगारीको नाममा म्यानपावर व्यवसायीले गरिरहेको ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागबाट भइरहेको अनुगमनलाई तिब्रता दिनुपर्ने माग गर्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषा जिल्ला स्तरीय समितिले प्रमुख जिल्ला अधिकारीमार्फत […]
बीबीसी । म्यानमारको सेनाले नेस्नल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित नेताहरुलाई नियन्त्रणमा लिएको केही घण्टापछि नै सैन्य टेलिभिजनमार्फत एकवर्षका लागि आपतकाल घोेषणा गरेको छ । सोमबार त्यहाँको सेनाले देशको सम्पूर्ण शक्ति कमान्डर इन चिफ मिन अङ ह्लेइङलाई हस्तान्तरण गर्ने बताएको हो । यसपछि राजधानीसहित सबै प्रमुख सहरका सडकमा […]
काठमाण्डौ । म्यानमारकी नेतृ आङ साङ सुकी पक्राउ पर्नु भएको छ । उहाँलाई सेनाले हिरासतमा लिएको उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले जनाएको हो । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ पर्नु भएको हो । सुकीको पक्राउसँगै म्यानमारमा सत्ता परिवर्तन हुने आशंका छ । सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले नोभेम्बर […]
काठमाडौं । ओमनमा रहेको नेपालीलाई सतर्क हुन दूतावासले आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । कोरोनाभाइरसको अनुगमन र मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीकोे निर्णय अनुसार ओमानमा कोरोना भाइरसको संक्रमणबाट जोगिन थप सतर्क हुन निर्देशन जारी गरेको छ । उक्त निर्देशिका अन्तर्गत सामुहिकरूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा […]
७८ बर्षका जो बाइडेन अमेरिकाको सबैभन्दा बुढा राष्ट्रपति हुन्। यस्तो अवस्थामा उनको प्रशासनलाई बाइडेनलाई कारेना संक्रमणबाट बचाउनु एउटा ठूलो चुनौती भएको छ। जस कारण ह्वाइट हाउसमा धेरै नियमहरू परिवर्तन गरिएको हो। ह्वाइट हाउस का ५० प्रतिशत कामदारहरूलाई घरबाट काम गर्न भनिएको छ। कम संख्यामा उच्च अधिकारीहरूको सानो समूहलाई मात्र ह्वाइट हाउसमा बोलाइएको छ। यद्यपि उनीहरूका […]
काठमाडौं । वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था) मा विदेशमै छन् । सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको […]
चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन्। चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन्। शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ सङ्क्रमित देखिएका हुन्। तीमध्ये थप ६५ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए। त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार जानकारी […]
एजेन्सी। कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली सङ्घ निराश बनेको छ। यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ। युरोपका कयौँ भागमा फाइजररबायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको बताइएको हो। अक्सफर्ड विश्वविद्यालयसँगको […]