Sajhamanch Archive

बिन्ती साकोसको १४औँ साधारण सभा सम्पन्न, उत्कृष्ट कर्मचारी उपरकोटीलाई सम्मान

Published: in लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on बिन्ती साकोसको १४औँ साधारण सभा सम्पन्न, उत्कृष्ट कर्मचारी उपरकोटीलाई सम्मान.

मेचीनगर । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख […]

‘प्रदेश मन्त्रीको अधिकार वडाध्यक्षको जत्ति पनि छैन’ : मन्त्री सरावगी

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, सहकारी by . Leave a Comment on ‘प्रदेश मन्त्रीको अधिकार वडाध्यक्षको जत्ति पनि छैन’ : मन्त्री सरावगी.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको ३०औं वार्षिक साधारणसभा आजबाट सम्पन्न भएको छ । संस्थाले मंसिर १० गते प्रतिवेदन सार्वजनिक गरेर सुरुवात गरेको साधारणसभा प्रक्रिया अन्तरगत मंसिर १८ गतेदेखि ६ वटा एकाईका ५४ सेवा केन्द्रहरुमा उपएकाइगत साधारणसभा सम्पन्न गरी आज अन्तिम माइन्युट प्रमाणिकरण सभा गरेको हो । प्रदेश १ का भूमि व्यवस्था, […]

सिम्रिक साकोसको सेवाकेन्द्र पाँचथरको फिदिममा पनि

Published: in अर्थतन्त्र, लोकप्रिय, सहकारी, स्थानीय तह by . Leave a Comment on सिम्रिक साकोसको सेवाकेन्द्र पाँचथरको फिदिममा पनि.

फिदिम । पाँचथर जिल्लाको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले साना साना व्यवसायीहरुसँग छरिएर रहेको रकमलाई एकीकृत गरी आर्थिक टेवा पुर्याउने सहकारी अभियानको उद्देश्यप्रति सबै एकाकार हुनुपर्ने बताएका छन् । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले फिदिममा स्थापना गरेको सेवा केन्द्र उद्घाटन समारोहमा नगर प्रमुख काफ्लेको यस्तो भनाई आएको हो । […]

एनएमसी चिया व्यवसायको शिलबन्दी कोटेसन आह्वान

Published: in अर्थतन्त्र, विज्ञापन, सहकारी by . Leave a Comment on एनएमसी चिया व्यवसायको शिलबन्दी कोटेसन आह्वान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथम पटक प्रकाशित मितिः २०७९।८।२७ संस्था अन्तर्गतको सूर्याेदय– १, साघुँबेँसी, इलामस्थित चिया उद्योगमा विविध संरचना निर्माणका लागि आवश्यक पर्ने सामग्रीसहित संरचना निर्माण गर्न आवश्यक भएको हुँदा तपसिलका बुँदाका आधारमा रही इच्छुक फर्म वा निर्माण कम्पनीबाट कोटेसन आह्वान गरिन्छ । […]

सर्वेक्षक (SURVEYOR) कर्मचारी आवश्यकता सम्बन्धी एनएमसी कर्पाेरेट कार्यालयको सूचना

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, विज्ञापन, सहकारी by . Leave a Comment on सर्वेक्षक (SURVEYOR) कर्मचारी आवश्यकता सम्बन्धी एनएमसी कर्पाेरेट कार्यालयको सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/८/२७ विज्ञापन नं. ३३ (२०७९।०८०) यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) र VARAHA CLIMATEAG PRIVATE LIMITED, HARIYANA, INDIA का बीचमा जलवायु परिवर्तनको प्रभाव र कार्बन उत्सर्जन न्यूनीकरणसँग सम्बन्धित साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको छ । यसै […]

कर्णाली साकोसः एकाइगत साधारणसभा धमाधम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसः एकाइगत साधारणसभा धमाधम.

कनकाई । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर प्रदेश १ का तीनवटा जिल्लालाई कायक्षेत्र बनाएको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२औं साधारणसभा अन्तरगत एकाईस्तरको साधारणसभा जारी राखेको छ । सहकारी विभागले निर्धारण गरी लागू भएको साधारणसभा सम्बन्धी नीतिअनुसार कर्णाली साकोसले मंसीर २१ गतेदेखि कार्यक्षेत्रका ७ स्थानमा एकाईस्तरको साधारणसभा गरिरहेको हो । संस्थाले मंसीर २१ […]

पारिजात बहुदेश्यीय सहकारीको साधारणसभा, ६१ प्रिन्ट रगत संकलन

Published: in विविधा, समाज, सहकारी by . Leave a Comment on पारिजात बहुदेश्यीय सहकारीको साधारणसभा, ६१ प्रिन्ट रगत संकलन.

शिवसताक्षी । झापा शिवसताक्षी ८ झिलझिले स्थित पारिजात बहुदेश्यीय सहकारी संस्थाले रक्तदान गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ । मंगलबार झिलझिले स्थित संस्थाको कार्यालय परिसरमा प्रथम वार्षिक साधारण सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन गरिएको छ । जसमा ६ महिला र पुरुष ५५ जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष सागर राईले जानकारी […]

कोटेसन आह्वान सम्बन्धी एनएमसी झापाको सूचना

Published: (Updated: ) in अर्थतन्त्र, विज्ञापन, सहकारी by . Leave a Comment on कोटेसन आह्वान सम्बन्धी एनएमसी झापाको सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, प्रदेश नं. १ प्रथमपटक प्रकाशित मितिः २०७९।८।२५ यस संस्थाका लागि तपसिलमा उल्लिखित सामग्रीहरुको आवश्यकता भएको हुँदा इच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट निम्न बुँदाका आधारमा रही न्यूनतम दररेटसहितको कोटेसन आह्वान गरिन्छ । सामग्रीको विवरण :     S. N. PARTICULARS […]

सहारा नेपालको उपएकाइगत साधारणसभा जारी

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहारा नेपालको उपएकाइगत साधारणसभा जारी.

बिर्तामोड । नेपालकै ठूलो मध्येको एक सहकारी संस्था सहारा नेपाल साकोसको एकाइगत साधारणसभा अन्तरगत आज बिहीबार चारपाने, बिर्ताबजार, बिर्तामोड र बुधबारे सेवा केन्द्रका सदस्यहरुबीच छलफल गरिएको छ । यस्तै लघुवित्त तर्फका ११ वटा सेवा केन्द्रहरुमा पनि आज नै उपएकाईगत साधारणसभा गरिएको छ । सोहीक्रममा बिर्ताबजार सेवाकेन्द्र र गोलधाप सेवाकेन्द्रको संयुक्त उपएकाईगत साधारणसभा बिर्ताबजारमा गरिएको छ […]

चन्द्रगढीको वैदिक साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on चन्द्रगढीको वैदिक साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन.

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभाले प्रकाश निरौलाकोे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनका रूपमा सम्पन्न सभाले ४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा डिल्लीराम अधिकारी, सचिव सोमप्रसाद ढुंगेल, सहसचिव तारा अधिकारी खनाल र कोषाध्यक्षमा मञ्जु खतिवडा अधिकारीलाई सर्वसम्मत चयन गरेको हो […]