झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले असाध्य रोगबाट पिडीत संस्थाका १०२ जना सेयर सदस्यहरुलाई गत आर्थिक वर्षमा २३ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ । एनएमसी वित्तीय व्यवसाय प्रमुख मनिष कोइरालाका अनुसार एनएमसीले दीर्घरोग लागेका आफ्ना सेयर सदस्यहरुलाई उपचार सहयोगस्वरुप २५ हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था छ । ‘दीर्घरोगहरु क्यान्सर, ब्रेन […]
शिवसताक्षी । झापा शिवसताक्षीको दूधे रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले ३३ लाख बढी नाफा कमाएको छ । संस्थाले शिवसताक्षीको दूधेमा १७ औं वार्षिक साधारण सभामा २०७८÷०७९ को आय व्यय विवरण सार्वजनिक गरेको हो । सस्थाले शिवसताक्षीको यस अघि पाँचगाछी, डुँडामारी, दूधेमा साधारण सभा सम्पन्न गरिसकेको थियो । आज उक्त साधारण सभामाको समापन र […]
शिवसताक्षी । साना किसान कृषि सहकारी संस्था लि.को अध्यक्षमा शमशेर बस्नेत निर्वाचित भएका छन् । शिवसताक्षी –२ धरमपुरको साना किसान कृषि सहकारी संस्थाको २३औं बार्षिक साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा बस्नेत निर्वाचित भएका छन् । बस्नेत लामो समयदेखि विद्यालयमा प्रधानाध्यापक र कृषि सहकारीमा आवद्ध अनुभवी व्यक्ति हुन्। जसको उपाध्यक्ष तथा सदस्यहरुमा क्रमशः, हरिकुमारी खनाल ,खड्गबहादुर […]
बिर्तामोड । झापाको बिर्तामोड– ४, भद्रपुररोडमा केन्द्रीय कार्यालय रहेको जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा पाँच लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी ह्वात्तै घटेको अवस्थामा पनि आ.व. २०७८/०७९ मा जनशक्ति साकोस ५ लाख तीन हजार उनन्तीस रुपैयाँ नाफा कमाउन सफल भएको हो […]
मेचीनगर । झापाको मेचीनगर ७ मदनबस्तीस्थित आराध्य टोलमा प्रधान कार्यालय रहेको आराध्या बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि भवानी साकोसका बजार व्यवस्थापन समिति संयोजक चक्र बहादुर खत्री, विशिष्ठ अतिथि मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विकास देवकोटा, […]
भद्रपुर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुर १० चन्द्रगढीको २३औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा सहकारी विभाग प्रमुख रेवन्त गौतमको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो । उपाध्यक्ष डिल्ली ढकालले स्वागत गरेको कार्यक्रमममा अध्यक्ष अधिकारीले वार्षिक […]
मेचीनगर । थोप्लेविरान महिला कृषि सहकारी संस्थाको अध्यक्षमा डम्बरकुमारी प्रधान सर्वसम्मत चयन भएकी छन् । संस्थाको आज शनिबार भएको आठौं साधारणसभाले चार वर्षे कालकार्यका लागि प्रधानको नेतृत्वमा नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन छ । सञ्चालक समितिको उपाध्यक्षमा जानुका ओली, सचिव तारा सुवेदी, सहसचिव हरिकला खड्का र कोषाध्यक्षमा टीका तिवारी सर्वसम्मत चयन भएका […]
इलाम । सूर्यरत्न बचत तथा ऋण सहकारी संस्था इलामको प्रारम्भिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । ११० जना सेयर सदस्य रहेको सहकारीको अधिवेशन सूर्यरत्नको परिकल्पनाकार इलाम नगरपालिका निवर्तमान प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो । साधारणसभामा इलाम नगरपालिका सहकारी शाखा प्रमुख कमल भण्डारी र राष्ट्रिय सहकारी बैंकका प्रबन्धक मनोज लामिछाने लगायत […]
कमल । कमल गाउँपालिका वडा नं. ६ लखनपुरमा मुख्य कार्यालय रहेको लखनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडले आज आफ्नो नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०७० सालमा स्थापना भएको सरकारीले आर्थिक कारोबारका साथै सदस्यहरुलाई कृषि सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सदस्यलाई कृषितर्फ आकर्षण गर्नका लागि संस्थाले बेसार खेती गर्नुका साथै धान […]
अर्जुनधारा । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको १०औं साधारणसभा अन्तरगत आज शनिश्चरे सेवा केन्द्रबाट इकाईगत साधारणसभा सम्वन्न भएको छ । अर्जुनधारास्थित अर्जुनधारा धामको सभाहलमा आज सम्पन्न इकाइगत साधारणसभा मार्फत माइन्युट प्रमाणिकरणका लागि प्रतिनिधि पनि छनोट गरिएको हो । संस्थाका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका उपप्रमुख खग्गमाया पराजुली रहेकी […]