Sajhamanch Archive

शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्र स्तरीय साधारणसभा धमाधम

Published: in समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्र स्तरीय साधारणसभा धमाधम.

बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सेवाकेन्द्र स्तरीय इकाई साधारणसभा निरन्तर सञ्चालन गरिरहेको छ । असोज ३ गतेदेखि सुरु भएको सेवा केन्द्र स्तरीय इकाई साधारणसभा ८ गतेसम्म सञ्चालन गरिने अध्यक्ष सुब्रत न्यौपानेले बताएका छन् । असोज ३ गते बिर्तामोडका सदस्यहरुमाझ साधारणसभा गरी माइन्युट प्रमाणीकरण सभाका लागि प्रतिनिधि छनौट गरेको छ भने ४ गते दुर्गापुर […]

शिक्षा शिकोप निकेतनमा नानीबाबुको आँखा जाँच

Published: in शिक्षा, समाज, सहकारी by . Leave a Comment on शिक्षा शिकोप निकेतनमा नानीबाबुको आँखा जाँच.

बिर्तामोड । शिक्षा शिकोप निकेतनले शुक्रवार नानीबाबुहरुको आँखा जाँच गराएको छ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापन र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा निकेतनले बालबालिकाको आँखा जाँच गराएको हो । शिक्षा शिकोप निकेतनकी प्रिन्सिपल रेश्मा घिमिरेका अनुसार ४८ जना बालबालिकाको आँखा जाँच गरिएको छ । जाँच गरिएकामध्ये दुई जना बालबालिकाको आँखामा समस्या देखिएको प्रिन्सिपल घिमिरेले […]

सतासी महिला मौरीपालनमा नयाँ कार्यसमिति चयन, पुनः धन माया अध्यक्षमा सर्वसम्मत

Published: in समाज, सहकारी by . Leave a Comment on सतासी महिला मौरीपालनमा नयाँ कार्यसमिति चयन, पुनः धन माया अध्यक्षमा सर्वसम्मत.

शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले आ.व. २०७९÷०७९ मा १६ लाख ८६ हजार ५३६ खुद नाफा कमाएको छ । सतासी महिला मौरीपालन सहकारी संस्थाले १६औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनका क्रममा संस्थाको प्रतिवेदन सार्वजनिक गरेको हो । कार्यक्रममा संस्थाका व्यवस्थापक देवीकुमारी ओलीले मौरीपालन संस्थाको स्थापना कालदेखि विभिन्न अप्ठ्याराहरु पार […]

सहारा नेपाल साकोसः कृषकका घरघरमा प्राविधिक पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्दै

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसः कृषकका घरघरमा प्राविधिक पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्दै.

झापा । कृषि र पशुपालनमा आफ्ना सदस्यहरुलाई उद्यमी बनाउन अग्रसर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो समय पशु स्वास्थ्य तथा कृषि सम्बन्धी घरदैलो अभियान चलाएको छ । सहारा नेपाल साकोस अन्तरगत एग्री विजनेश युनिटले पहिलोपटक आफ्ना उद्यमी सदस्यहरुको घरदैलोमा नै गएर पशुको स्वास्थ्य जाँच एवम् कृषि बालीमा देखिएका समस्याहरुको पहिचान र निराकरणको प्रयास […]

अर्जुनधारा र बाह्रदशीमा सहकारी समन्वय समिति गठन

Published: in समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on अर्जुनधारा र बाह्रदशीमा सहकारी समन्वय समिति गठन.

झापा । जिल्ला सहकारी संघ झापाले हालै अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकामा सहकारीकर्मीहरुको भेला गरी पालिका सहकारी समन्वय समिति गठन गरेको छ । जिल्ला सहकारी संघका कार्यालय प्रमुख सञ्जु देवानले उपलब्ध गराएको विवरण अनुसार भाद्र २८ गते अर्जुनधारामा र २९ गते बाह्रदशीमा समन्वय समिति गठन गरिएको हो । जिल्ला संघका उपाध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यमा […]

संजिवनी साकोसको अध्यक्षमा चुडाल चौथोपटक निर्विरोध, नयाँ नेतृत्व सर्वसम्मत चुनियो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on संजिवनी साकोसको अध्यक्षमा चुडाल चौथोपटक निर्विरोध, नयाँ नेतृत्व सर्वसम्मत चुनियो.

झापा । बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरिएको छ । हिजो भएको मनोनयन पत्र दर्ता गर्ने अवधिमा सदस्य पदमा बाहेक अन्यमा आवश्यक संख्यामा मात्र नाम दर्ता भएको र आज उम्मेदवारी फिर्ता लिने समयभित्रै आकांक्षीहरुले सहमति गरेर आवश्यक संख्यामामात्र सदस्यहरु कायम रहेकाले सर्वसम्मत नयाँ नेतृत्व चयन […]

वित्तीय सङ्कटः सहकारी सुधार्ने र सुध्रिने अवसर

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on वित्तीय सङ्कटः सहकारी सुधार्ने र सुध्रिने अवसर.

विश्वब्यापी रुपमा देखापरेको वित्तीय सङ्टको असर नेपालमा नपर्ने कुरै थिएन, त्यसैले असर देखापर्न थाल्यो । इन्धनको मूल्य वृद्धिसँगै बजार भाउ बढ्दै गयो । अब खाद्यान्नको भाउ अचाक्ली वृद्धि हुने सङ्केत देखिँदैछ । जलवायु परिवर्तन, रुस–युक्रेनको युद्ध, कोरोनाको प्रभाव आदि कारणले विश्व अर्थतन्त्रमा देखा परेको सङ्कटको मार नेपालमा पर्ने नै भयो । कृषिप्रधान देश नेपालमा खाद्यान्न, […]

संजिवनी साकोसः सञ्चालक समिति पदाधिकारी र लेखा समिति निर्विरोध, सदस्यमा १२ जनाको उम्मेदवारी

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on संजिवनी साकोसः सञ्चालक समिति पदाधिकारी र लेखा समिति निर्विरोध, सदस्यमा १२ जनाको उम्मेदवारी.

बिर्तामोड । यहाँस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा समितिमा नयाँ नेतृत्व चयनका लागि आज भएको मनोनयन पत्र दर्ता गर्ने अवधिमा सदस्य पदमा बाहेक अन्यमा आवश्यक संख्यामा मात्र नाम दर्ता भएको छ । संस्थाको विनियम र सहकारी ऐन अनुसार ३३ प्रतिशत महिला अनिवार्य हुने गरी ९ सदस्यीय सञ्चालक समिति र ३ […]

दलका घोषणापत्रमा सहकारीको मुद्दा समावेश गर्न महासंघको ध्यानाकर्षण

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on दलका घोषणापत्रमा सहकारीको मुद्दा समावेश गर्न महासंघको ध्यानाकर्षण.

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले २०७९ मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीहरुको घोषणापत्रमा सहकारीका मुद्दालाई समेट्न ध्यानाकर्षण गरेको छ । आज मंगलबार महासंघका अध्यक्ष मिनराज कडेल र वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले नेकपा ९एमाले०का महासविच शंकर पोखरेल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई घोषणापत्रमा सहकारीका मुद्दा समेट्न आग्रह गर्दै ध्यानाकर्षणसहित सुझाव पत्र […]

काठमाडौं महानगरका सहकारीको साधारणसभामा भाषण बन्देज, सोझै एजेण्डामा छलफल गर्न निर्देशन

Published: in अर्थतन्त्र, सहकारी, स्थानीय तह by . Leave a Comment on काठमाडौं महानगरका सहकारीको साधारणसभामा भाषण बन्देज, सोझै एजेण्डामा छलफल गर्न निर्देशन.

काठमाडौं । काठमाडौं महानगरपालिका, सहकारी विभागले सहकारी संस्थाले वार्षिक साधारणसभा गर्दा उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराख्न निर्देशन दिएको छ । विभागले ९ बुँदे निर्देशन जारी गर्दै साधारणसभाका उद्घाटन सत्र नराखी सोझै एजेण्डामा छलफल गर्न सहकारी संस्थालाई निर्देशन दिएको हो । महानगरको कार्यक्षेत्र भएका संस्थाहरुलाई जारी गरेको निर्देशनमा साधारणसभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटनसत्र […]