झापा । झापा जिल्ला सहकारी संघले ६५औँ राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा दुई दिवसीय सहकारी सम्मेलन सञ्चालन गरेको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले प्रथम झापा सहकारी सम्मेलनको उद्घाटन गरिदिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि आङबो, नेकपा एमाले झापाका सचिव शिव ढुंगेल, नेकपा माओवादी […]
भद्रपुर । राष्ट्र सेवक सहकारी संस्था लिमिटेड भद्रपुर १० झापाको २३ औं स्थापना दिवसको अवसर पारेर विभिन्न उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान गरिएको छ । सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा प्रदेश १ का प्रदेश सभा सदस्य बसन्तकुमार बानियाको प्रमुख आतित्थ्यमा संस्थाका जेष्ठ सदस्य, उत्कृष्ट शेयर सदस्य र बाल बचत कार्तालाई सम्मान गरिएको हो । कार्यक्रममा […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रथमपटक प्रकाशित मितिः २०७८/१२/१५ जिल्ला झापा अर्जुनधारा–५ बस्ने चेतबहादुर गिरी (सदस्य नं. २९५७८) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको मिति २०७८/९/२९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला […]
दमक । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले आज दमक सेवा केन्द्र अन्तर्गत वडा नम्बर ९ मा सदस्य शिक्षा तथा बित्तिय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ । त्यस क्षेत्रका सदस्य तथा गैह्र सदस्यहरुलाई पनि कर्णाली सहकारीले सदस्यहरुलाई उपलब्ध गराउने सेवा सुबिधाका साथै बचतका फाईदाहरुका बारेमा जानकारी दिईएको दमक सेवाकेन्द्रका व्यवस्थापक […]
शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा रहेको सतासी महिला मौरी पालन सहकारी संस्थामा मह प्रशोधन मेसिनको उद्घाटन गरिएको छ । प्रदेश नं. १ का कृषि मन्त्री माननीय झलकसिंह दर्लामी र साहरा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले संयुक्त रुपमा प्रशोधन मेसिनको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै मन्त्री दर्लामीले प्रदेश १ कै नमुना मौरीपालनको रुपमा सतासी […]
झापा । सहकारी संस्थामा वित्तीय कारोबार गरेको आधारमा शेयर सदस्यहरुले पाउने संरक्षित पूँजी फिर्ता अन्तरगत कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आर्थिक वर्ष २०७७/०७८ मा एक करोड ४० लाख नौ रुपैयाँ फिर्ता गरेको छ । शेयर सदस्यहरुले बचत तथा कर्जा कारोबारमा पुर्याएको योगदानका आधारमा संरक्षित पूँजी फिर्ता गर्ने विषय सहकारी ऐन २०७४ ले अगाडि […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले आफ्नो २९औं स्थापना दिवस कार्यक्षेत्र भित्रका ५१ स्थानमा एकैपटक मनाएको छ । २०५० साल फागुन २४ गते संस्था दर्ता भई कारोबार सुरु गरेको एनएमसीले झापा, इलाम र मोरङमा रहेका ४८ वटा वित्तीय कारोबार गर्ने सेवा केन्द्र कार्यालय र तीनवटा व्यवसायिक प्रतिष्ठानमा फागुन २४ गते मंगलबार एकसाथ […]
म प्रत्यक्ष साक्षी छु । हालको एनएमसी स्थापना हुनुपूर्व काँकरभिट्टामा सर्वसाधारणले, बचत गर्न चाहने व्यक्तिले, रकम बचत गर्न पाउँदैनथे । हाम्रो यस्तो अवस्थालाई नजिकबाट नियालेका भारतीयहरुले फाइदा उठाइरहेका थिए । भारतको पानीटैंकीबाट आएर हामी काँकरभिट्टाबासीको रुपैयाँ बचत गरिदिने भनेर लैजाने गर्थे । हामीले बचत गरेको रुपैयाँ हाम्रो सोझोपनको फाइदा उठाएर सबै लिएर भागे । हाम्रो […]
बिर्तामोड । झापाको बिर्तामोड–५ कृषि थोकबजारस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २५औं स्थापना दिवस तथा वार्षिकोत्सव समारोहमा कर्मचारी तथा उत्कृष्ट कारोबारीहरुलाई सम्मान गरिएको छ । प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव समारोहमा अध्यक्ष रुद्रमणि श्रेष्ठले संस्थाको वित्तीय विवरणसहित प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठले प्रस्तुत […]
मेचीनगर । मेचीनगर–८ मा केन्द्रीय कार्यालय रहेको बिन्ती बचत तथा ऋण सहकारी संस्थाले दैनिक कार्यसम्पादन तथा सदस्यहरुलाई आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । आज शनिबार एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गरिएको हो । संस्थाका अध्यक्ष दशरथ खडियाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईको प्रमुख […]