बिर्तामोड । संजिवनी बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभामा गत आर्थिक वर्षको वित्तीय कारोबार तथा साधारणसभाको निर्णयको कार्यान्वयनको अवस्थासहित चालू वर्षका लागि नीति एवम् कार्यक्रम पारित गरिएको छ । कोरोना कहरका कारण समग्र वित्तीय कारोबारमा शिथिलता आए पनि सहकारी संस्थाहरुले तोकिएको म्याद भित्रै साधारणसभा गरेर प्रतिवेदन पेश […]
दमक । मेची बहुउद्देश्यीय सहकारी संस्थाले आज ८० वर्ष उमेर पूरा गरेका आफ्ना १३ जना ज्येष्ठ सेयर सदस्यहरुको सामुहिक चौरासी पूजा गरिदिएको छ । संस्थाको प्रधान कार्यालय भवन दमकमा वैदिक विधिपूर्वक आयोजित संक्षिप्त चौरासी पूजा पछि ज्येष्ठ सेयर सदस्यहरुलाई जनही नगद ३० हजार रुपैयाँ र बुढेसकालको सहारा एकथान लौरो प्रदान गरिएको हो । ज्येष्ठ नागरिक, […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले झापाको बिर्तामोडमा सहकारी पसल सञ्चालनमा ल्याएको छ । संस्थाद्वारा सञ्चालित यो १२औं सहकारी पसल हो । भद्रपुररोडमा खोलिएको एनएमसी सहकारी पसलको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी र संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले पसलको मूल ढोकामा टाँगिएको रिबन काटेर तथा अतिथिहरुले १२ वटा क्यान्डल बालेर उद्घाटन गरिएको हो । कोपसप […]
कमल । पूर्व नेपाल बहुदेश्यीय सहकारी संस्थाले टेलिभिजन कर्मी र सहकारी अभियान्तासहित विभिन्न विधाका दुई दर्जन बढीलाई सम्मान गरेको छ । पूर्व नेपाल बहुदेश्यीय सहकरी संस्थाले २१ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट हिमशिखर टेलिभिजनका समाचार प्रमुख भुमिराज पराजुली र सहकारी अभियान्तातर्फ नेफ्स्कुनका पुर्व कोषाध्यक्ष केशव पोख्रेलसहित दुई दर्जन बढीलाई सम्मान गरिएको […]
इलाम । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले असोज १७ गतेदेखि इलामको हर्कटेमा सेवा केन्द्र विस्तार गरेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले इलाम र मोरङ जिल्लालाई पनि कार्यक्षेत्र स्वीकृत गराएपछि पछिल्लो समय सेवा केन्द्र खोल्ने क्रम बढेको हो । रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईको प्रमुख आतिथ्यमा कार्यक्रमको ब्यानर बाचन गरेर तथा […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले विभिन्न पदमा २९ जनाका लागि आव्हान गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना हेरेर २ हजार १८४ जनाले आवेदन गरेका छन् । हाम्रो नेपालले कनिष्ठ सहायक पदमा २३ जना र सहायक, आईटी र सञ्चालन प्रमुख पदमा २–२ जना गरी २९ जनाको लागि विज्ञापन गरेको थियो । […]
बिर्तामोड । झापाको बिर्तामोड ४ स्थित जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ५ लाख ९१ हजार ७८५ रुपैयाँ नाफा गरेको छ । कोभिड–१९ को सन्त्रासका बीच पनि सदस्यहरुले उल्लेख्य कारोबार गर्दा संस्थाले सन्तोषजनक नाफा कमाउन सफल भएको संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले जानकारी दिएका छन् । संस्थाले शनिबार नवौं वार्षिक साधारणसभा गर्नेक्रममा […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधे स्थित खुद्रा बचत तथा ऋण सहकारी संस्थाले ३८ लाख बढी नाफा कमाएको छ । संस्थाले आज १५ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै आ.व. ०७७÷०७८ मा ३८ लाख ८ हजार ६४ रुपैया नाफा कमाएको जानकारी गराएको हो । शिवसताक्षीको दूधेमा रहेको उक्त संस्था २०६२ सालमा स्थापना भएर […]
शिवसताक्षी । फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको नव निर्वाचित पदाधिकारीलाई सपथग्रहण गराइएको छ । दमक नगरपालिका वडा नं. ६ को उक्त साकोसको चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सफथ ग्रहण गराएको हो । अधिवेशनबाट पदम लिङदेन संकल्पले ६ सय १८ मत प्राप्त गरी विजय भएका थिए भने त्यस्तै सचिवमा देशराज नेम्वाङले ६ सय २ मत प्राप्त […]
मेचीनगर । सहकारीमा बसेर राजनीति गर्नुहुँदैन र सहकारीभित्र राजनीति भित्राउनु पनि हुँदैन । अहिलेसम्मको विश्व मान्यता यही हो । तर सहकारी अभियानलाई राजनीतिक दृष्टिकोणबाट कमजोर नठान्न राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले राजनीतिकर्मीलाई सुझाएका छन् । उनका अनुसार सहकारी अभियानको ऐक्यवद्धता भएमा हरेक स्थानीय सरकारमा कसलाई पठाउने भन्ने निर्धारण गर्न नेपालका सहकारी सक्षम छन् । […]