Sajhamanch Archive

हाम्रो नेपाल साकोसद्वारा मृतक शेयर सदस्यको दुई लाख रुपैयाँ ऋण मिनाहा

Published: in लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on हाम्रो नेपाल साकोसद्वारा मृतक शेयर सदस्यको दुई लाख रुपैयाँ ऋण मिनाहा.

बिर्तामोड। सदस्यप्रति अभिभावकत्व दर्शाउँदै बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)ले मृतक सेयर सदस्यको नाममा रहेको कर्जा मिनाहा गरिदिएको छ । संस्थाका शेयर सदस्य ज्ञानबहादुर लिम्बूको निधनमा शोक व्यक्त गर्न मेचीनगर ५ स्थित लिम्बू निवासमा पुगेर परिवारजनलाई दुई लाख रुपैयाँ ऋण मिनाहा गरिएको पत्र हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष […]

एनएमसीका सदस्यलाई मंसिरदेखि एटिएम कार्ड

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसीका सदस्यलाई मंसिरदेखि एटिएम कार्ड.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले वित्तीय कारोबार गर्न सहजताका लागि एटिएम सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सहकारी संस्थाले निक्षेप कारोबारका लागि पूर्वी नेपालमा पहिलो पटक एटिएम सेवा भित्राउन लागेको हो । यसअघि मोफसलमा पहिलोपटक नवलपरासीको विकु सहकारीले आफ्ना बचतकर्ता सदस्यलाई एटिएम सेवा उपलब्ध गराएको थियो । एनएमसीका सदस्यहरुले २०७७ को […]

हाम्रो नेपाल र कान्तिपुर साकोसबीच एकीकरणसहित आठौं वार्षिक साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on हाम्रो नेपाल र कान्तिपुर साकोसबीच एकीकरणसहित आठौं वार्षिक साधारणसभा सम्पन्न.

बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा तथा दमकस्थित कान्तिपुर साकोससँगको एकीकरण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य गणेश ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कोरोना महामारीका कारण संक्रमण फैलनबाट जोगिन ठूलो संख्यामा हुने उपस्थितिलाई घटाएर […]

सिम्रिक साकोसका सदस्यलाई कात्तिकमा तीन लाख रुपैयाँभन्दा बढी उपचार राहत प्रदान

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसका सदस्यलाई कात्तिकमा तीन लाख रुपैयाँभन्दा बढी उपचार राहत प्रदान.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना विभिन्न सेवा केन्द्र अन्तरगतका सदस्यहरुलाई मोटो रकम उपचार सहयोग प्रदान गरेको छ । सहकारी तथा लघुवित्त कार्यक्रममा समावेश भएका सदस्यहरुले शेयरमा योगदान एवम् बचत कारोबारमा निरन्तरताका आधारमा स्वास्थ्य उपचार सुविधा पाउने संस्थाको नीति रहेको जनाइएको छ । संस्थाका तालिम विभाग प्रमुख प्रेम बस्नेत विभिन्न सेवा केन्द्र […]

जिल्ला प्रहरी झापालाई सिम्रिकको मास्क र सेनिटाइजर

Published: in समाज, सहकारी by . Leave a Comment on जिल्ला प्रहरी झापालाई सिम्रिकको मास्क र सेनिटाइजर.

भद्रपुर । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय झापालाई ५० लिटर सेनिटाइजर र ५०० थान सर्जिकल मास्क प्रदान गरेको छ । जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन गर्न एवम् नेपाल–भारत खुल्ला सिमानामा २४ सै घण्टा पहरा दिनुपर्ने प्रहरी कर्मचारीमा कोरोना संक्रमण हुन नपाओस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको सिम्रिक साकोसका अध्यक्ष सुवास […]

सहारा नेपालद्वारा प्रविधि साक्षरता तालिम

Published: in समाज, सहकारी by . Leave a Comment on सहारा नेपालद्वारा प्रविधि साक्षरता तालिम.

बिर्तामोड । नयाँ प्रविधि तथा समयानुसार सदस्यलाई ज्ञान दिने उद्धेश्यले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले प्रविधि साक्षरता तालिम दिएको छ । सेवा केन्द्रका एकसय जना शेयर तथा लघुवित्त सदस्यलाई कोभिड–१९ लाई मध्यनजर गर्दै सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाई १० समूह बनाएर मंगलवार एकदिने तालिम प्रदान गरिएको हो । संस्थाको नीति, […]

पूर्वनेपालको खुद मुनाफा साढे चार करोड

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on पूर्वनेपालको खुद मुनाफा साढे चार करोड.

कमल । झापाको कमल गाउँपालिका वडानम्वर २ स्थित पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आज आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वार्षिक साधारणसभाको उद्घाटन गर्दै कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले आफ्नो गाउँपालिका भित्र रहेका सहकारीहरु मिलेर कृषिलाई अगाडि बढाउनुपर्ने बेला आएको बताएकी छन् । गाउँपालिकाको अर्थतन्त्रलाई टेवा पुर्याउने भनेकै कृषिले हो भन्दै उनले गाउँपालिकाले पनि […]

स्थिरिकरण कोष दर्ता नै नगरी नेफ्स्कुनले सहकारी मन्त्रालयसँग सात करोड मागेको खुलासा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on स्थिरिकरण कोष दर्ता नै नगरी नेफ्स्कुनले सहकारी मन्त्रालयसँग सात करोड मागेको खुलासा.

काठमाडौं । बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सहकारी स्थिरिकरण कोष दर्ता नै नगरी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सात करोड रुपैयाँ मागेको छ । सहकारी ऐन २०७४ अनुसार कोष दर्ता गर्नुपर्ने कुनै प्रावधान नरहेको र नेफस्कूनले नै कोष सन्चालन गर्ने भएकोले दर्ता गर्नु नपर्ने नेफस्कूनको बुझाइ छ । तर सहकारी मन्त्रालयले भने […]

एनएमसीद्वारा सदस्य मृत्यु राहत हस्तान्तरण

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीद्वारा सदस्य मृत्यु राहत हस्तान्तरण.

झापा । सहकारी संस्थाहरुले बचत तथा ऋणको कारोबार गर्दा कस्तो ब्याज लिन्छन् वा दिन्छन् भन्ने कुरालाई अब सदस्यहरुले गौण राख्न थालेका छन् । सदस्यहरुले संस्थाबाट के कस्तो सुविधा पाउँछन् भन्नेतर्फ यतिबेला सबैको ध्यान केन्द्रित हुन थालेको छ । शेयर सदस्यको परिवारमा नवजात शिशुको जन्मदेखि परिवारका जो कसैको मृत्युसम्मको सुख दुःमा सहकारीले कुनै न कुनै रुपमा […]

हाम्रो नेपाल साकोसको साताव्यापी साधारणसभा भोलिदेखि

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on हाम्रो नेपाल साकोसको साताव्यापी साधारणसभा भोलिदेखि.

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले पाँचवटा ईकाइ बनाएर भोलिदेखि साताव्यापी साधारणसभा सञ्चालन गर्ने भएको छ । संस्थाले आठौँ साधारणसभाको पूर्वसन्ध्यामा आज आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै भोलिदेखि २५ गतेसम्म ईकाइस्तरमा सदस्यहरुले साधारणसभाको प्रतिवेदन बुझ्न र सुझाव प्रदान गर्न भनिएको छ । आज एक कार्यक्रमको आयोजना गरी संस्थाका […]