Sajhamanch Archive

कर्णाली सहकारीद्वारा मृतक शेयर सदस्यको चार लाख बढी ऋण मिनाहा

Published: (Updated: ) in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on कर्णाली सहकारीद्वारा मृतक शेयर सदस्यको चार लाख बढी ऋण मिनाहा.

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले मृत्यु भएका आफ्ना शेयर सदस्यको साढे ४ लाख रुपैयाँ कर्जा मिनाहा गरेको छ । कर्णाली साकोस दमक सेवा केन्द्र अन्तर्गतका सदस्य दमक वडा नम्बर ३ ढुकुरपानी निवासी दिलिपकुमार कार्कीको मृत्यु भएको १०औं दिनको पुण्य तिथिमा सहकारीको टोलीले कार्कीको घरमै पुगेर बाँकी कर्जा […]

सहकारिताः आत्मनिर्भरताको यात्रा

Published: in विचार/ब्लग, सहकारी, by . Leave a Comment on सहकारिताः आत्मनिर्भरताको यात्रा.

‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भई व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिको लागि गरिने एकताबाद्ध प्रयास नै सहकारी हो । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । विद्वान हेनरी काल्भर्टले सहकारीलाई परिभाषित गर्दै भनेका छन्ः सहकारी संगठनको त्यो रुप हो, जसमा व्यक्तिहरु […]

सिम्रिक साकोसद्वारा सदस्यलाई उपचार सुविधा तथा मृतकका परिवारलाई राहत प्रदान

Published: in समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसद्वारा सदस्यलाई उपचार सुविधा तथा मृतकका परिवारलाई राहत प्रदान.

बिर्तामोड । झापाका सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुप्रति अभिभावकीय एवम् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कुरालाई प्राथमिकता दिन थालेका छन् । जन्मदेखि मृत्यु पर्यन्त सहकारीको साथ पाउने भएपछि सहकारी संस्थाको सदस्य बन्न पनि मानिसहरुमा आकर्षण बढ्ने गरेको छ । यसै शिलशिलामा झापाको उत्कृष्ट १० को सूचिभित्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चालू कात्तिक महिनामा […]

कर्णाली साकोसद्वारा सदस्य परिवारलाई काजकिरिया खर्च हस्तान्तरण

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसद्वारा सदस्य परिवारलाई काजकिरिया खर्च हस्तान्तरण.

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्य परिवारमा काजकिरिया खर्च वापतको रकम हस्तान्तरण गरेको छ । दमक नगरपालिका वडा नं. ४ निवासी मोहन सिवाकोटीका बुबाको निधन भएकोमा संस्थाको तर्फबाट पाउने एक लाख २० हजार रुपैयाँ आज प्रदान गरिएको हो । सहकारीका सेयर सदस्य शिवाकोटी परिवारलाई काजकिरिया […]

बितेको तीन महिनाम सहारा नेपालका सदस्यलाई सामाजिक सुरक्षा वापत ७४ लाख हस्तान्तरण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on बितेको तीन महिनाम सहारा नेपालका सदस्यलाई सामाजिक सुरक्षा वापत ७४ लाख हस्तान्तरण.

झापा । नेपालको अग्रणी सहकारी संस्था सहारा नेपाल साकोसले शेयर सदस्यहरुका लागि चालू आर्थिक वर्षको पहिलो ४ महिनामा सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत ७३ लाख ७६ हजार रुपैयाँ वितरण गरेको छ । संस्थाले परिवार राहत कार्यक्रम अन्तरगत आजमात्र १२ जनालाई २० लाख रुपैयाँ प्रदान गरेको छ । ज्येष्ठ नागरिक पोषण भत्ता वापत ६ जनालाई जनही एक […]

एनएमसीले दियो मृतकका परिवारलाई ७५ हजार राहत

Published: (Updated: ) in समाज, सहकारी by . Leave a Comment on एनएमसीले दियो मृतकका परिवारलाई ७५ हजार राहत.

विर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड (एनएमसी)ले सदस्य परिवारलाई राहत रकमसहित समवेदना प्रदान गरेको छ । कनकाइ नगरपालिकास्थित घैलाडुब्बा बजार शाखा कार्यालयले आफ्ना शेयर सदस्य घैलाडुब्बा वडा नं. ९ निवासी कल्याण राजवंशीका परिवारलाई नगद ७५ हजार राहत आज प्रदान गरेको हो । कनकाइ नगरपालिका वडा नं. ९ स्थित घैलाडुब्बामा रहेको आदर्श माध्यमिक बिध्यालयका कर्मचारी […]

खुदुनाबारीमा एनएमसी कोपसप सञ्चालनमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी, स्थानीय तह by . Leave a Comment on खुदुनाबारीमा एनएमसी कोपसप सञ्चालनमा.

अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको चौथो व्यवसाय एनएमसी कोपसपको सातौं पसल आजदेखि अर्जुनधारा नगरपालिका वडा नं. ३ खुदुनाबारी बजारमा सुरु गरिएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले कोपसप मार्टको मुख्यद्वारमा टाँगिएको रिवन काटेर पसलको उद्घाटन गरिदिएका हुन् । कोपसपको उद्घाटन गर्दै नगरप्रमुख रानाले डेढ वर्षको अन्तरालमा एनएमसीले अर्जुनधारालाई दुईवटा अमूल्य रत्न […]

खुद्रा साकोसको साधारण सभामा पूर्व सञ्चालकसहित १८ जना सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on खुद्रा साकोसको साधारण सभामा पूर्व सञ्चालकसहित १८ जना सम्मानित.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका दूधे स्थित खुद्रा बचत तथा ऋण सहकारी संस्थाले ३६ लाख ४४ हजार ७७ रुपैया नाफा कमाएको छ । आज सहकारीको कार्यालयमा १४ औं वार्षिक साधारण सभाको उद्घाटनमा २०७६ ÷ ०७७ को आय व्यय प्रस्तुत गर्दै सहकारीले उक्त रकम नाफा कमाएको जानकारी गराइएको हो । सहकारीले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्य […]

संजिवनीको साधारणसभा सम्पन्नः शेयरधनीलाई ७ प्रतिशत लाभांश र ३ प्रतिशत संरक्षित पूँजी वितरण गरिने

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on संजिवनीको साधारणसभा सम्पन्नः शेयरधनीलाई ७ प्रतिशत लाभांश र ३ प्रतिशत संरक्षित पूँजी वितरण गरिने.

बिर्तामोड । यहाँस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा आयोजित साधारणसभाको प्रमुख आतिथ्य झापा जिल्ला सहकारी संघ लिमिटेडका सचिव युवराज ढकालले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले टावर सहकारीको तुलनामा संजिवनीको प्रगतिलाई कम आँक्न नमिल्ने बताए । जिल्लामा […]

जयपुरमा खुल्यो पारिजात डिपार्टमेन्ट स्टोर

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी, स्थानीय तह by . Leave a Comment on जयपुरमा खुल्यो पारिजात डिपार्टमेन्ट स्टोर.

बुद्धशान्ति । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर बुद्धशान्ति गाउँपालिकालाई समेत कार्यक्षेत्र बनाएको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले आजदेखि जयपुरमा सहकारी पसल सञ्चालनमा ल्याएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं. २ जयपुर चोकमा स्थापित पारिजात डिपार्टमेन्ट स्टोरको वडाध्यक्ष दिलिप श्रेष्ठले समुद्घाटन गरिदिएका हुन् । पसलको मुख्यद्वारमा टाँगिएको रिवन प्रमुख अतिथि श्रेष्ठ र संस्थाका अध्यक्ष कृष्ण पौडेलले […]