Sajhamanch Archive

सहकारी संस्थाले अब १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारी संस्थाले अब १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने.

काठमाडौं । सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.७५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । सरकारले नयाँ सन्दर्भ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.७५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो । यसअघि सहकारी संस्थाहरुका लागि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिएको थियो । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी […]

एनएमसी एकीकृत नमूना कृषि फर्मले मकैको घाँस खरिद गर्ने सम्बन्धी सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on एनएमसी एकीकृत नमूना कृषि फर्मले मकैको घाँस खरिद गर्ने सम्बन्धी सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा   मकैको घाँस खरिद गर्ने सम्बन्धी सूचना प्रथमपटक प्रकाशित मितिः २०७७/६/३ नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP द्वारा सञ्चालित एनएमसी एकीकृत नमूना कृषि फर्मलाई साइलेज उत्पादनका लागि करिब ६ लाख केजी मकैको घाँस (घोगा र ढोडसहित) आवश्यक […]

सहकारीको साधारणसभा विद्युतीय माध्यमबाट गर्न सकिने

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारीको साधारणसभा विद्युतीय माध्यमबाट गर्न सकिने.

काठमाडौं । अब सहकारी संस्थाहरूको साधारण सभा विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ । सहकारी विभागले बिहीबार साधारण सभासम्बन्धी नयाँ सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सहकारीहरूले साधारण सभा गर्नसक्ने जानकारी दिएको हो । यसरी गरिएको साधारण सभामा कम्तीमा ५१ प्रतिशत सेयर सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ भने साधारणसभा पनि तोकिएकै समयमा गर्नुपर्ने उल्लेख गरिएको […]

एनएमसी कृषिफर्मले सिकाएको अनुभव र अबको बाटो

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on एनएमसी कृषिफर्मले सिकाएको अनुभव र अबको बाटो.

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, झापा (एनएमसी)ले तेस्रो व्यवसायको रुपमा एनएमसी कृषि फर्मको शुरुवात गरेको छ । अहिलेसम्ममा करिव १६ विगाहा जमिन खरिद गरेर शुरु गरिएको कृषिकर्मले केही अनुभवहरु दिएको छ । जमिनको खरिदको शुरुवात २०७५ सालबाट भएको थियो । शुरुमा करिव १२ विगाहा जमिन खरिद गरेर काम शुरु गरेका थियौं । एनएमसीले कृषिफर्म किन […]

झापाको धौलागिरी पारिजात सहकारी : सेवा केन्द्र थप्दै, सहकारी पसल खोल्दै

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on झापाको धौलागिरी पारिजात सहकारी : सेवा केन्द्र थप्दै, सहकारी पसल खोल्दै.

बिर्तामोड । यहाँस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हालसालै दुई ठाउँमा सेवा केन्द्र विस्तार गरेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा जिल्लाको बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, हल्दिवारी गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकामा कार्यक्षेत्र रहेको संस्था २०६४ सालमा स्थापना भएको हो । २०७२ सालमा धौलागिरी साकोस र पारिजात सहकारी संस्था लि. साविक गोलधाप […]

एनएमसी कर्पाेरेट व्यवस्थापन समूहको विस्तारित बैठक सम्पन्न

Published: in समाज, सहकारी by . Leave a Comment on एनएमसी कर्पाेरेट व्यवस्थापन समूहको विस्तारित बैठक सम्पन्न.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत कर्पाेरेट व्यवस्थापन समूहको विस्तारित बैठक सम्पन्न भएको छ । संस्थाका समिति पदाधिकारी तथा विभागीय कर्मचारीहरूको सहभागितामा शुक्रबार एनएमसी बिर्तामोड कार्यालयको सभाहलमा आ. व. २०७७/०७८ को पहिलो विस्तारित बैठक सम्पन्न गरिएको हो । संस्थाद्वारा सञ्चालित बैंकिङ, डेरी, कृषि फर्म, सहकारी पसल र चिया व्यवसायसँग सम्बन्धित विषयवस्तुहरु माथि […]

सिम्रिक साकोसका सदस्यले पाए २ लाख २२ हजार ३३९ रुपैयाँ राहत

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसका सदस्यले पाए २ लाख २२ हजार ३३९ रुपैयाँ राहत.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड सेवा केन्द्रले आज आफ्ना ११ जना सदस्य र तिनका परिवारलाई उपचार सहयोग हस्तान्तरण गरेको छ । संस्थाका विभागीय प्रमुख विजय बस्नेत र बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालको नेतृत्वमा अन्य कर्मचारी र बजार प्रतिनिधिहरु सम्मिलित टोलीले २६ सयदेखि १५ हजार रुपैयाँसम्म उपचार सहयोग हस्तान्तरण गरेको […]

पीसीआर प्रयोगशालाका लागि शिक्षा सहकारीद्वारा ५१ हजार हस्तान्तरण

Published: in समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on पीसीआर प्रयोगशालाका लागि शिक्षा सहकारीद्वारा ५१ हजार हस्तान्तरण.

बिर्तामोड । देशभरि कोरोना संक्रमित बढ्दै गएको बेला झापामा जनस्तरमा रकम संकलन गरी स्थापना गरिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार रुपैयाँ सहयोग गरेको छ । शिक्षा सहकारीले आफ्नो प्रतिबद्धता अनुरुप ५१ हजार रुपैयाँको चेक बुधबार अभियानका सहसंयोजक बस्नेत र झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललाई संयुक्त रुपमा हस्तान्तरण […]

सहकारीलाई आरएमडिसीको थोक कर्जा : ८ दशमलव ७५ प्रतिशत ब्याज दर

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on सहकारीलाई आरएमडिसीको थोक कर्जा : ८ दशमलव ७५ प्रतिशत ब्याज दर.

सुनसरी । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले कोभिड–१९ नामको सहुलियत ऋणको सुरुवात गरेको छ । मुलतः सहकारी संघ–संस्थामा विद्यमान तरलता अभावलाई सम्बोधन गर्ने गरी वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा थोक कर्जा प्रवाह गर्न लागिएको हो । आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. इटहरी शाखाका प्रबन्धक गोविन्दप्रसाद पौडेलले जारी गरेको सूचनामा कोभिड–१९ का कारण लघुवित्त तथा […]

भूमिको प्रयोग गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्छ : मन्त्री अर्याल

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on भूमिको प्रयोग गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्छ : मन्त्री अर्याल.

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताएकी छिन् । राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजनाको अन्तिम मस्यौदामाथि छलफल गर्न आयोजना गरिएको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले गरिबी […]