Sajhamanch Archive

सहारा नेपाल साकोसको स्थानीय साधारणसभा धमाधम

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसको स्थानीय साधारणसभा धमाधम.

बिर्तामोड । सदस्य संख्या तथा वित्तीय कारोबारका आधारमा नेपालको ठूलो मध्येको एक सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २३औं वार्षिक साधारणसभाका लागि प्रतिनिधि छनौटको कार्यक्रम निरन्तर चलिरहेको छ । बिर्तामोड सेवा केन्द्रले आज अर्को स्थानीय साधारणसभा सम्पन्न गरी २५ जना प्रतिनिधि छानेको हो । यही पुष २६ गते बिर्तामोडमा गरिने २३औं वार्षिक […]

कर्णाली साकोसको २०औँ वार्षिकोत्सव तथा शिवगञ्जमा १९औं शाखा सञ्चालन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, सहकारी by . Leave a Comment on कर्णाली साकोसको २०औँ वार्षिकोत्सव तथा शिवगञ्जमा १९औं शाखा सञ्चालन.

शिवसताक्षी । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २०औँ वार्षिकोत्सव आज शिवगञ्जमा सम्पन्न गरेको छ । संस्थाले आफ्नो वार्षिकोत्सवका अवसरमा ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुलाई सम्मान गर्नुका साथै बाल विकासमा अध्ययन गर्ने ३५ जना बालबालिकाहरुलाई लत्ता कपडा र शैक्षिक सामाग्री प्रदान गरेको छ । संस्थाले आजदेखि शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्जमा १९औं […]

एनएमसीले गरायो दमकमा विद्यालयस्तरीय हाजिरीजवाफ

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसीले गरायो दमकमा विद्यालयस्तरीय हाजिरीजवाफ.

दमक । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापा अन्तरगतको वित्तीय साक्षरता समितिको आयोजनामा आज दमक नगरपालिका भित्रका माद्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । दमकस्थित हिमालय माविमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा नगर क्षेत्रका १७ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । वित्तीय साक्षरता समितिका संयोजक गोपाल प्याकुरेलको अध्यक्षता तथा हिमालय माविका प्रधानाध्यापक ओमप्रसाद आचार्यको प्रमुख […]

सहकारीलाई प्रविधिमैत्री बनाऔंः मन्त्री अर्याल

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारीलाई प्रविधिमैत्री बनाऔंः मन्त्री अर्याल.

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको २८औं वार्षिक साधारणसभा आजबाट सुरु भएको छ । शुक्रबार काठमाडौंमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साधारणसभाको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा प्रमुख अतिथि रहेकी मन्त्री अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकास गर्नुपर्ने सुझाएकी छन् । अब सहकारी क्षेत्रलाई […]

समाजबादको सारथी बन्न सहकारीलाई मन्त्री अर्यालको आग्रह

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on समाजबादको सारथी बन्न सहकारीलाई मन्त्री अर्यालको आग्रह.

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रलाई एकीकृत ढंगले उत्पादन क्षेत्रमा लगानी गरी समाजबादको सारथी बन्नत आग्रह गरेकी छिन् । संघीय राजधानी काठमाडौंमा आज बुधवार राष्ट्रिय सहकारी बैंकको आयोजनामा भईरहेको ‘कोअपरेटिभ लिडर्स नेशनल फोरम २०७६’ कार्यक्रममा बोल्दै देशको समृद्धिका लागि मुलुकभर छरिएर रहेका सहकारीहरुले एकीकृत र व्यवसायिक ढंगले उत्पादनमूलक […]

सहारामा स्थानीय साधारणसभा र प्रतिनिधि छनोट धमाधम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहारामा स्थानीय साधारणसभा र प्रतिनिधि छनोट धमाधम.

बिर्तामोड । नेपालकै ठूलो मध्येको एक सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २३औं वार्षिक साधारणसभाका लागि प्रतिनिधि छनौटको कार्यक्रमलाई निरन्तरा दिएको छ । यसैको शिलशिलामा आज बिर्तामोड सेवा केन्द्रले स्थानीय साधारणसभा सम्पन्न गरेको छ । संस्थाको आगामी पौष २६ गते हुने वार्षिक साधारणसभालाई लक्षित गरेर कार्यक्रम आयोजना गरेको हो । स्थानीय साधारणसभाका […]

सहकारी बैंकको वार्षिक प्रतिवेदनमाथि बिर्तामोडमा छलफल

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहकारी बैंकको वार्षिक प्रतिवेदनमाथि बिर्तामोडमा छलफल.

बिर्तामोड । राष्ट्रिय सहकारी बैंक लिमिटेडको यही पुष ३ गते काठमाडौंमा आयोजना गरिएको १६औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि मंसीर २९ गते आइतबार बिर्तामोडमा छलफल गरिएको छ । बैंकको बिर्तामोड शाखा कार्यालयले आयोजना गरेको सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रममा वार्षिक प्रतिवेदन माथि अन्तरक्रिया गरिएको हो । बैंकको शाखा समन्वय समितिका संयोजक गणेश ढकालको अध्यक्षतामा […]

बनियानीमा आजदेखि कर्णालीको शाखा

Published: in राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on बनियानीमा आजदेखि कर्णालीको शाखा.

कचनकवल । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा जिल्लाभर कार्यक्षेत्र रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आजदेखि कचनकवल गाउँपालिका वडा नं. ६ बनियानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । प्रदेशसभा सदस्य बसन्त बानियाँको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहका बीच संस्थाको १८औं शाखा सञ्चालनमा ल्याइएको हो । शाखा कार्यालय उद्घाटन पछि मन्तब्य राख्दै प्रदेशसभा सदस्य […]

आदर्श साकोसको स्थापना दिवसमा दर्जन बढी सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on आदर्श साकोसको स्थापना दिवसमा दर्जन बढी सम्मानित.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले १४ औं वार्षिकोत्सव तथा स्थापना दिवस मनाएको छ । संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवश मनाएको हो । शिवसताक्षी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष छविलाल पाठकले कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा बोल्दै अध्यक्ष पाठकले प्रारम्भिक अवस्थामा सहकारी संस्थालाई […]

रोजगारीका लागि सहकारी भरपर्दो गन्तब्य बन्दै

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on रोजगारीका लागि सहकारी भरपर्दो गन्तब्य बन्दै.

बिर्तामोड । पछिल्लो समय रोजगारीका लागि सहकारी संघ–संस्थाहरु युवाको रोजाई र गन्तब्य बन्न थालेका छन् । केही जनशक्तिका लागि खोलिएको सहकारीका खुल्ला विज्ञापनमा सयौंको संख्यामा आवेदन पर्ने गरेको हो । सेवा आयोग नै बनाएर कर्मचारी भर्ना गर्ने नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा गतवर्ष विभिन्न पदका लागि खोलिएको २० जना कोटाको विज्ञापनमा १५ सयभन्दा बढीले परीक्षा दिएका […]