बिर्तामोड । प्रतिनिधिसभामा झापा क्षेत्र नं. ३ का सदस्य राजेन्द्र लिङ्देनले मुलुकी बजेट अनुदान र अनुमानको भरमा चलिरहेको वर्तमान अवस्थामा सिङ्गो अर्थतन्त्र सकारात्मक बनाउन नेपालको सहकारी अभियानले यथेष्ट भूमिका खेलिरहेको बताएका छन् । सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाको आज बिर्तामोडमा आयोजित १२औं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका सांसद लिङ्देनले सहकारीले जनताको घरदैलोमा पुगेर दिइरहेको […]
कमल । पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाले सहकारी अभियान्ता र संचारकर्मीसहित चार दर्जनभन्दा बढीलाई सम्मान गरेको छ । शनिबार संस्थाको १९ औंं वार्षिक साधारणसभाको अवसरमा लामो समय सहकारी क्षेत्रमा क्रियाशिल हरिचरण बानिया र संचारकर्मी विष्णुप्रसाद पोखरेललाई सम्मान गरेको हो । लामो समय सहकारी अभियानमा कृयाशिल रहेको भन्दै बानियालाई र संचारमाध्यबाट सहकारीका गतिविधीलाई प्रकाशन र प्रसारण […]
हल्दिबारी । ‘मेहनत गरे भेटिन्छ हिरा खानी हो खेतबारी, आयो है यहाँ कृषकका लागि उत्कृष्ट कृषि सहकारी’ नारा बनाएर कार्यान्वयन गरिरहेको हल्दिबारी १ गोलधापको उत्कृष्ट कृषि सहकारीले आज शुक्रबार पाँचौं स्थापना दिवस तथा पाँचौ वार्षिक साधारणसभा एकसाथ सम्पन्न गरेको छ । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको कार्यक्रममा संस्थाले पुराना सञ्चालकहरु, उत्कृष्ट […]
बिर्तामोड । संजिवनी बचत तथा ऋण सहकारी संस्थाको असोज ११ गतेका लागि निर्धारित १२औं साधारणसभामा प्रस्तुत गर्ने वार्षिक प्रगति प्रतिवेदन आजदेखि सार्वजनिक गरिएको छ । वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज संस्थाले पत्रकार सम्मेलन गरी प्रतिवेदनका विशेष बुँदाहरुबारे जानकारी गराएको हो । संस्थाका अध्यक्ष यामकुमार चुडालले आर्थिक वर्ष २०७५/०७६ मा सञ्जिवनीेको वित्तीय कारोबारका तथ्याङ्कहरु, चालू आर्थिक वर्षका […]
बिर्तामोड । बिर्तामोड ३ स्थित सबैको सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो शेयर पुंजी ५० लाख रुपैयाँ पु¥याएको छ । चार बर्षअघि स्थापना भएको संस्थाले बिभिन्न आरोह अबरोहका बावजुद आफूलाई सफलतातर्फ उन्मुख गराएको हो । संस्थाको तेस्रो बार्षिक साधारणसभामा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष बोधराज दाहालले यस बर्ष कुल शेयर पुंजी ५० लाख ७० हजार […]
बिर्तामोड । उद्यमशील युवाको अग्रसरतामा बिर्तामोडमा सञ्चालित शिखर बचत तथा ऋण सहकारी संस्थाले आसन्न दशैंमा कम्तीमा ५० परिवारलाई खाद्यान्न तथा नयाँ लत्ता कपडा प्रदान गरी समाजप्रतिको दायित्व निर्वाह गर्ने कार्यक्रम बनाएको छ । ‘चाडपर्वमा कसैले फैलाउन नपरोस् हात, यसपालीको दशैंमा शिखरले दिनेछ तपाईंको साथ’ नारा दिएर संस्थाको कार्यक्षेत्रमा रहेका न्यून आयस्रोत भएका विपन्न ५० परिवारलाई […]
शिवसताक्षी । ग्रामिण कृषि सहकारी संस्था लिमिटेडले ३ लाख ८९ हजार ७ सय रुपैँया नाफा गरेको छ । शिवसताक्षीको शिवगञ्जमा रहेको सहकारीले १० औं वार्षिक साधारण सभामा आ.व. २०७५÷०७६ को आय व्यय सार्वजनिक गरेको हो । सञ्चालक समितिको प्रतिवेदन बाचन गर्दै अध्यक्ष रामचन्द्र सिटौलाले सहकारीले २१ लाख १९ हजार २९ रुपैया आम्दानी र १७ लाख […]
बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य शिवकुमार डाँगीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ४५ करोड छ लाख ८० हजार ७८७ रुपैयाँको वासलात बनाएको विवरण […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत महिला सशक्तिकरण समितिले सञ्चालन गरेको ४५ दिने एड्भान्स ब्युटीसियन तालिम आज सम्पन्न भएको छ । संस्थाले विगतमा सञ्चालन गरेको तीन महिने ब्युटीसियन तालिममा सहभागी भएर उत्कृष्ट भएका महिलालाई लागत सहभागितामा ४५ दिनको एड्भान्स ब्युटीसियन तालिम दिएको समितिका संयोजक हेमा सिटौलाले बताइन् । समितिका संयोजक सिटौलाको अध्यक्षता तथा […]
भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेकी छिन्। राष्ट्रिय सहकारी महासंघ लि.ले मन्त्रालयको सहयोगमा ुप्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारीु विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई आइतबार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री […]