झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले कार्यालयगत समिति र इकाई समितिका क्षेत्रीयस्तरका विस्तारित बैठक शुक्रबारदेखि सुरु गरेको छ । एनएमसीका ३८ वटा कार्यालयगत र १७४ वटा इकाई समितिहरु छन् । ती सबै विकेन्द्रित समितिमा यही साउन महिनादेखि संयोजक र सदस्यहरुमा नयाँ जिम्मेवारी तोकिएको छ । एनएमसीमा सदस्य रहेर पनि एकापसमा परिचय नभएको […]
बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले बिर्तामोड सेवा केन्द्रका सदस्य लिला सिहंको नाममा रहेको ४३ हजार ७१० रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ। संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालसहित सञ्चालक र कर्मचारीहरु आज सिहं परिवारको घरमा पुगेर कर्जा मिनाहाको पत्र हस्तान्तरण गरेका हुन् । हाम्रो नेपालका सदस्य तथा ऋणि सिहंका पति बिन्देको गत जेष्ठ […]
बिर्तामोड । बिर्तामोडका प्रथम बहुउद्देश्यीय सहकारी संस्था र सुन्दर बचत तथा ऋण सहकारी संस्थाले युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट न्यून ब्याजदरमा प्राप्त कर्जा लगानी गर्न सदस्य अभिमुखीकरण गरेका छन् । ती संस्थाले कोषसँगको सम्झौता अनुसार चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ प्राप्त गर्ने भएका हुन् । कोषबाट प्राप्त गरेको रकमलाई सदस्यमाझ लगानी गर्न संस्थाले […]
भद्रपुर । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चन्द्रगढी सेवा केन्द्रका सदस्य भोटलाल गणेशको नाममा रहेको ६९ हजार ५२३ रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालसहित सञ्चालक र कर्मचारीहरु आज गणेश परिवारको घरमा पुगेर कर्जा मिनाहाको पत्र हस्तान्तरण गरेका हुन् । हाम्रो नेपालका शेयर सदस्य तथा ऋणि भोटलालकी पत्नी बसन्तीको […]
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सोमबार बिर्तामोडमा वार्षिक समीक्षा गोष्ठी गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को लक्षित उद्देश्यको समीक्षासहित २०७६/०७७ को लागि प्रक्षेपित बजेट सम्बन्धी छलफल गरिएको हो । जिल्लाभर १७ वटा सेवा केन्द्रमार्फत् २९ हजार सदस्यलाई सेवा प्रवाह गरिरहेको कर्णाली साकोसले विभिन्न समिति, उपसमितिका सदस्य पदाधिकारीको उपस्थितिमा समीक्षा गोष्ठी सञ्चालन […]
बिर्तामोड । यहाँस्थित पूर्णिमा कृषि सहकारी संस्थाले यस वर्षदेखि युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट न्यून ब्याजदरमा लगानी गर्ने रकम प्राप्त गरेको छ । संस्थाले कोषसँगको सम्झौता अनुसार चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको हो । पहिलो किस्ता वापतको २५ लाख रुपैयाँ प्राप्त गरेको संस्थाले साउन २० गते कर्जा सदुपयोगिताका बारेमा आवेदकहरुलाई […]
झापा । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आज देशैभर कारोबार शुभारम्भ दिवस मनाएको छ । बैंकले यसै वर्षदेखि सबै ४४ शाखा स्तरमा पनि साउन १९ गतेलाई कारोबार शुभारम्भ दिवस मनाउन थालेको हो । शाखा कार्यालय व्यवस्थापन समितिका संयोजक तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा बिर्तामोड शाखाद्वारा आयोजित विशेष कार्यक्रममा ‘सहकारीका लागि विद्यमान कानूनः […]
बिर्तामोड । झापामा ६८ हजारभन्दा बढी सदस्य रहेको एवम् बहुव्यवसायमा अग्रसर एनएमसीले आफ्ना शेयर सदस्यहरु माझ सहकारी शिक्षा प्रवाह गर्न चार दर्जन हाराहारी प्रशिक्षक उत्पादन गरेको छ । एनएमसीको विभिन्न जिम्मेवारीहरुमा रहेका संस्थाका सक्रिय सदस्यहरुलाई आज बिर्तामोडमा प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको हो । शिक्षा तथा तालिम समितिको आयोजनामा भएको तालिममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, […]
झापा । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था मंगलबारदेखि ८औं वर्षमा प्रवेश गरेको छ । सात वर्षे सञ्चालन अवधिमा सो संस्था प्रदेश १ का सहकारीमाझ उत्कृष्ट सूचीको १०औं मध्येमा पर्न सफल भएको सो अवसरमा जनाइएको छ । झापामा सञ्चालित सहकारीमध्ये छोटो समयमा प्रगति गरेको हाम्रो नेपाल प्रदेश कै गणनामा पर्ने सहकारी बन्न सकेको झापा […]
झापा । बिर्तामोडमा रहेको विराट-अर्जुन उपभोक्ता सहकारी संस्थाले विभिन्न सहकारीले उत्पादन गरेका उपभोग्य सामग्री समेटेर सहकारी पसल सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको सहकारी पसल नेपालमै पहिलो भएको दाबी गरिएको छ । बिर्तामोडमा रहेको एकमात्र उपभोक्ता सहकारी विराट अर्जुनले विभिन्न आठ वटा सहकारी संस्थाले उत्पादन गरेका खाद्य सामग्री सहकारी पसलमा बिक्रीका लागि […]