नेपालमा सहकारीको पहिचान र परिचय राम्ररी बिस्तार भएको छ । सहकारी ऐन २०७४ र सहकारी नियामावली २०७५ जारी हुँदाको अवस्था सम्ममा सहकारीले प्रचारात्मक उचाई प्राप्त गरेको छ । धेरथोर राज्यबाट संरक्षणसमेत पाएको छ । तर नेपालमा सहकारी बिस्तारित भएको समय २०५० देखि २०७५ सम्मको अवधिमा राज्यका अरु निकायमा जस्तै सहकारीको क्षेत्रमा पनि राम्ररी नियमन हुन […]
बिर्तामोड । आगामी आर्थिक वर्षका लागि बिर्तामोड नगरपालिकाले बनाउने सहकारी नीति तथा योजनाका सम्बन्धमा सहकारीकर्मीहरुसँग आज वृहत अन्तरसम्वाद गरिएको छ । नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा आयोजित अन्तरसम्वाद कार्यक्रममा बिर्तामोड नगरक्षेत्रमा सञ्चालित १३० वटा सहकारी संस्थाहरु, जिल्ला संघ एवम् विषयगत संघहरुलाई प्रतिनिधित्व गराएर नीति तथा योजना सम्बन्धी अन्तर सम्वाद गरिएको हो । कार्यक्रममा नगरपालिकाका सामाजिक तथा […]
बिर्तामोड । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट यहाँका सहकारीमार्फत् बिना धितो कर्जा पाएका पाँच दर्जन सहकारी सदस्यहरुलाई आज अभिमुखीकरण गरिएको छ । कोषका कार्यक्रम संयोजक तथा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको प्रमुख आतिथ्यमा बिर्तामोडमा अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरण उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले स्वरोजगार कोषको लक्ष्य बेरोजगारलाई रोजगार बनाउने, सीप […]
दमक । बिर्तामोडमा मुख्य कार्यालय रही झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज दमक क्षेत्रका आफ्ना तीन सदस्य परिवारलाई राहत प्रदान गरेको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको नेतृत्वमा विभागीय प्रमुखहरु विजय बस्नेत, मीनबहादुर अधिकारीसहित दमक आएको टोलीले दमक २ मा आयोजित संक्षिप्त कार्यक्रममा राहत प्रदान गरेको हो । दमक नगरपालिका […]
बिर्तामोड नगरपालिका कार्यालय झापाको सहकारी अन्तरसम्वाद सम्बन्धी सूचना बिर्तामोड नगरपालिकाको आयोजनामा निम्न मिति, समय र स्थानमा बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुसँग आगामी वर्षको नीति तथा कार्यक्रमहरुका विषयमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएकाले संस्थाका तर्फबाट अध्यक्ष वा एकजना प्रतिनिधि अनिवार्य सहभागी भइदिनु हुन अनुरोध छ । मितिः २०७६ असार २ गते सोमबार ।। समयः बिहान […]
मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुमुखी सहकारी संस्थाले आज धुलाबारीमा आफ्ना शेयर सदस्यहरुलाई कृषि सम्बन्धी व्यवसायिक तालिम तथा नयाँ सदस्यहरुलाई स्वागत गरेको छ । संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आर्चायले गरिदिएका थिए । संस्थाका ६३ जना सदस्यहरु सहभागी उक्त तालिमको सहजीकरण डिल्लीराज उप्रेतीले गरेका थिए […]
मौरी किसानले ३८ लाख रुपैयाँका सामग्री अनुदानमा वितरण शिवसताक्षी । सतासी महिला मौरीपालन सहकारी संस्था, दूधेका मौरीपालक किसानले यो वर्ष ६० टन मह उत्पादन गरेका छन् । गतवर्षसम्म २० टनभन्दा धेरै मह उत्पादन नगरेका मौरी किसानले यो वर्ष तीन गुणभन्दा बढी उत्पादन गरेको संस्थाद्वारा आज आयोजित कार्यक्रममा जानकारी दिइएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना […]
कनकाई । कनकाई नगरपालिका वडा नं. ६ चम्पापुरका पशु किसान आफ्ना घरपालुवा पशु रोगी बनेपछि दिक्क थिए । गाई, भैँसी, बाख्रा, इत्यादिमा नाम्ले, जुका, किर्नाको समस्या भएपछि उनीहरु चिन्तित भएका थिए । तर, ग्रामीण क्षेत्रका पशुपालक कृषकलाई लक्षित गर्दै सहारा नेपाल साकोसले सञ्चालन गरेको पशु स्वास्थ्य शिविरबाट उनीहरुले आज लाभ पाएका छन् । स्थानीय तहको […]
कमल । कमल गाउँपालिकामा अब कोही पनि बेरोजगार बस्न नपर्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले दावी गरेकी छन् । कमल गाउँपालिकाको वित्तीय सहयोगमा नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीन महिने मोटरसाइकल मर्मत तालिम समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष काफ्लेले यस्तो बताएकी हुन् । ‘गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको थालनी भइसकेकोले अब आफ्नो […]
बिर्तामोड । आजदेखि बिर्तामोडमा पूर्वका चारवटा जिल्लाका दुई दर्जनभन्दा बढी सहकारीको प्रतिनिधित्व रहेको ६ दिने आधारभूत लेखापालन तालिम सुरु गरिएको छ । सहकारी प्रशिक्षालय प्रदेश १ इनरुवाको आयोजनामा झापा, इलाम, पाँचथर र ताप्लेजुङ्गका सहकारीकर्मीलाई तालिम दिन थालिएको हो । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ । तालिम उद्घाटन […]