Sajhamanch Archive

पृथ्वी दिवसको अवसरमा एनएमसी वनवाटिकाको शुभारम्भ

Published: (Updated: ) in सहकारी by . Leave a Comment on पृथ्वी दिवसको अवसरमा एनएमसी वनवाटिकाको शुभारम्भ.

दुहागढी । अन्तर्राष्ट्रिय पृथ्वी दिवसको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले वनवाटिकाको शुभारम्भ गरेको छ । संस्थाले रजत वर्षको उपलक्ष्यमा घोषणा गरेको २५ वटा कार्यक्रम मध्ये वनवाटिका पनि एक थियो । संस्था अन्तर्गतको मेचीनगर–१४ स्थित एनएमसी एकीकृत नमुना कृषि परियोजनामा सो वनवाटिकाको शुभारम्भ गरिएको हो । सोमबार प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीले वृक्षारोपण […]

सकियो तीन महिने निःशुल्क विद्युत जडान तालिम

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सकियो तीन महिने निःशुल्क विद्युत जडान तालिम.

विर्तामोड । तीन महिना अघिदेखि सञ्चालित निःशुल्क विद्युत जडान तालिमको विहीबार समापन गरिएको छ । बिर्तामोडमा नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड ( एनएमसी) झापा अन्तर्गतको युवा सरोकार समिति तथा सीप विकास केन्द्र भद्रपुरको संयुक्त व्यावस्थापनमा सुरु गरिएको तीने महिने निःशुल्क विघुत जडान तालिमको एक कार्यक्रमका बीच समापन गरिएको हो । नएमसी झापाका अध्यक्ष राम चन्द्र […]

एनमसीको निशुल्क स्वास्थ्य शिविर, सय बढीको स्वास्थ्य परिक्षण

Published: (Updated: ) in सहकारी, स्वास्थ्य by . Leave a Comment on एनमसीको निशुल्क स्वास्थ्य शिविर, सय बढीको स्वास्थ्य परिक्षण.

कमल । कमल गाउँपालिका स्थित केर्खामा सञ्चालित एक दिने स्वास्थ्य शिविरमा १०९ जनाले सेवा लिएका छन् । आइतबार एनएमसी सहकारी कर्खाको आयोजनमा भएको मधुमेह रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा सहकारीका सदस्य र गैर सदस्य गरी १०९ जनाले सेवा लिएका हुन् । आर्थिक अवस्था कमजोर भएका सदस्य तथा गैर सदस्यहरुलाई लक्षित गरी स्वास्थ्य परिक्षण सञ्चालन गरेको […]

सिम्रिकको सदस्य शिक्षा तालिमका बीच सम्मान र राहत प्रदान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिकको सदस्य शिक्षा तालिमका बीच सम्मान र राहत प्रदान.

बिर्तामोड । सिम्रिक साकोस झापाले आज बिर्तामोडमा नयाँ शेयर सदस्यहरुलाई स्वागतसहित सदस्य शिक्षा तालिम प्रदान गरेको छ । प्रदेशसभा सदस्य झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा आयोजित तालिममा उनले सहकारीका सदस्यलाई सहकारी व्यवसायको आधारभूत ज्ञान हुनैपर्ने आवश्यकता दर्शाएका छन् । नेपालको संविधानमा नै सहकारीलाई अर्थतन्त्रको एउटा आधारस्तम्भ स्वीकार गरिएकाले सहकारी ऐन, नीति एवम् विधि र मूल्य मान्यताहरु […]

बिर्तामोडमा सहकारीकर्मीलाई सुशासन तालिम

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on बिर्तामोडमा सहकारीकर्मीलाई सुशासन तालिम.

बिर्तामोड । झापामा पहिलो पटक सहकारी संघ–संस्थाभन्दा बाहिरको व्यवसायिक शैक्षिक प्रतिष्ठानले यहाँका तीन दर्जन सहकारीकर्मीलाई सशुल्क तालिम दिएको छ । काठमाडौंको बैंकिङ ट्रेनिङ इन्स्टीच्युट (बिटीआई) र बिर्तामोडको अक्सफोर्ड एकाडेमिक सेन्टरको संयुक्त आयोजनामा आज बिर्तामोडमा यस्तो तालिम दिइएको हो । सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले सहजीकरण गरेको ‘सहकारीमा सुशासन’ सम्बन्धी तालिममा सहकारी ऐन २०७४ मा […]

‘डिजिटलाइज’ बन्दै ‘एनएमसी को–अप’

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘डिजिटलाइज’ बन्दै ‘एनएमसी को–अप’.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले आजदेखि ‘एनएमसी स्मार्ट’ नामको ‘मोवाइल एप्लीकेसन’ प्रयोगमा ल्याएको छ । एनएमसीका ६२ हजारभन्दा बढी सदस्यहरुलाई विद्युतीय भुक्तानीका साथै आधारभूत बैंकिङ सुविधा जुनसुकै समयमा देशैभरबाट प्राप्त गर्न मिल्ने विशेषताका साथ ‘एनएमसी स्मार्ट’ कार्यान्वयनमा ल्याइएको अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । बिर्तामोडमा आयोजित ‘मोवाइल एप्लीकेसन लञ्चिङ’ तथा अन्तरक्रिया […]

अर्जुनधारा नगरपालिका र पूर्वार्ध डेरीबीच दूध उत्पादन तथा खरिद बिक्री सम्बन्धी सम्झौता

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on अर्जुनधारा नगरपालिका र पूर्वार्ध डेरीबीच दूध उत्पादन तथा खरिद बिक्री सम्बन्धी सम्झौता.

अर्जुनधारा । पूर्वार्ध कृषि सहकारी संस्था र अर्जुनधारा नगरपालिकाका बीच दूध उत्पादन तथा खरिद बिक्री सम्बन्धी आज ९ बुँदे सम्झौता भएको छ । अर्जुनधारा नगरपालिकाको पशु पकेट प्याकेज कार्यक्रम समूहमा उत्पादित दूध खरिद गर्ने कार्यका लागि पूर्वार्ध कृषि सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगसँग शुक्रबार सम्झौता गरिएको हो । उक्त सम्झौतामा अर्जुनधारा नगरपालिकाद्वारा सञ्चालित पशु […]

झापामा ६२औं सहकारी दिवस सभ्य र भब्य

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on झापामा ६२औं सहकारी दिवस सभ्य र भब्य.

शिवसताक्षी । झापाको सहकारी अभियानका १०औं हजार अभियन्ताको उपस्थितिका बीच आज ६२औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । शिवसताक्षीको दूधेमा विभिन्न सहकारी संस्थाहरुले निकालेको र्याली पछि भएको सहकारी दिवस समारोहको समुद्घाटन १ नम्बर प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेलले गरेकी थिइन् । समारोहको समुद्घाटन पछि मन्तब्य राख्दै प्रदेश १ का उपसभामुख पोखरेलले महिला सशक्तिकरणको लागि सहकारी अभियान […]

नेपाल सरकारबाट दुई लाख रुपैयाँ नगदसहित एनएमसी पुरस्कृत

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on नेपाल सरकारबाट दुई लाख रुपैयाँ नगदसहित एनएमसी पुरस्कृत.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले दुई लाख रुपैयाँ राशीको राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । ६२औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलाई उक्त पुरस्कार रकम प्रदान गरेका हुन् । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रदान गरेको […]

झापामा ६२औं सहकारी दिवसः फरक शैलीमा विशेष बनाइँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on झापामा ६२औं सहकारी दिवसः फरक शैलीमा विशेष बनाइँदै.

झापा । झापाको सहकारी अभियानको सिङ्गो उपस्थितिका बीच चैत २० गते राष्ट्रिय सहकारी दिवसमा ६ वटा सहकारी संस्थाहरु, ६ जना सहकारी अभियन्ताहरु, एकजना पत्रकार र एउटा सञ्चार संस्थालाई पुरस्कृत र सम्मानित गरिने भएको छ । विगतमा जस्तै योवर्ष पनि सहकारी अभियानको उन्नयन र प्रवद्र्धनमा क्रियाशील उत्कृष्टहरुलाई छानेर सम्मान र पुरस्कार प्रदान गर्न लागिएको हो । […]