Sajhamanch Archive

ग्राभेलको ढुङ्गा उछिट्टिएर उपप्रमुखको गाडी फुट्यो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ग्राभेलको ढुङ्गा उछिट्टिएर उपप्रमुखको गाडी फुट्यो.

बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतराले चलाएको कारमा अर्को सवारीको टायर पड्किँदा क्षति पुगेको छ । ५ नं. वडा सदस्य लक्ष्मी बाँस्कोटाका अनुसार कारको सबै सिसा फुटेका छन् । आफैंले हाँकिरहेको कारको अगाडिको भागमा कुनै क्षति नभएकाले उपप्रमुखलाई कुनै चोटपटक भने लागको छैन । हर्कलाल मार्ग भनिने शहीद राममार्गमा आफैं कार चलाएर बैठकमा जाँदै […]

१ करोडमा त भ्रष्टाचार भयो १० मा नहोला र ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १ करोडमा त भ्रष्टाचार भयो १० मा नहोला र ?.

काठमाडौं । केन्द्रीय सरकारले बजेट ल्याउने तयारी गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार बजेट बक्तव्य आउन पाँच दिन मात्रै बाँकी छ । जेठ १५ गते हुने बजेट वक्तव्यमा आ–आफ्नो पक्षमा बजेट बढाउन तछाडमछाड नै चलिरहेको छ । कर्मचारीतन्त्रदेखि सांसदसम्म यसकै दौडधुपमा व्यस्त छन् । सांसदहरुले त यसअघि नै बजेट बक्तव्यमा सांसद क्षेत्र विकास कोषको रकम बढाई […]

मेलम्चीमा अर्को ठेक्का, थप दुई अर्ब ५२ करोड भार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेलम्चीमा अर्को ठेक्का, थप दुई अर्ब ५२ करोड भार.

काठमाडौं।  सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको लागि ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो । अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी तीन प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो । मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनपछि […]

सिक्री लुटिएला नि ! डेढ महिनामै लुटिए नौ जना

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिक्री लुटिएला नि ! डेढ महिनामै लुटिए नौ जना.

काठमाडौं। धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तानेर लग्यो। ‘चोर चोर’ भन्दा भन्दै सिक्री लुटेर भागे । गत सोमबार साँझ पल्सर मोटरसाइकलमा आएका दुई जनाले भीडभाड भएको मौका छोपी गुरुङको साढे दुई तोलाको सिक्री थुतेर भागे । मंगलबार बानियाँटारस्थित जलपाचोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ लुटिइन् । पल्सर मोटरसाइकलमा आएका दुई […]

बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए.

मोरङ। मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् । विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिँडेका थिए । जन्ती पनि उनीसँगै त्यत्तिकै फर्किएका थिए । बेहुली पक्षको उजुरीका आधारमा राजवंशीलाई जहदा–४ बाटै पक्राउ गरिएको […]

मेचीनगरमा वडाध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता शुरु

Published: in खेलकुद, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा वडाध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता शुरु.

मेचीनगर । दोस्रो वडाध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता ब्हिीबारबाट झापाको मेचीनगर वडानम्बर ६ मा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर ६ नम्बर वडाका वडा सदस्य राजकुमार श्रेष्ठले गरेका हुन् । मेचीनगर नगरपालिका वडानम्बर ६ ले आयोजना गरेको प्रतियोगितामा फुटबल, क्रिकेट र कराते तीन विधाका खेललाई समेटिएको छ । काँकरभिट्टा माविको खेलमैदनमा फुटबल र […]

बिर्तामोडमा दुई दिन एडभान्स प्लम्बर तालिम

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोडमा दुई दिन एडभान्स प्लम्बर तालिम.

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित समाधानका उपायहरु सिकाईएको सेल्स मेनेजर विकासकुमार कर्णले जानकारी दिएका छन् । कर्णका अनुसार तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई पीके जैन र हरिसचन्द्र सोनीले […]

किराया पृथ्वीनगरद्वारा सम्मान र पुरस्कार प्रदान

Published: in टिप्स/जानकारी, समाज by . Leave a Comment on किराया पृथ्वीनगरद्वारा सम्मान र पुरस्कार प्रदान.

भद्रपुर । उभौली (साकेला) पर्वको अवसर पारेर किरात राई यायोक्खा पृथ्वीनगर भद्रपुरले विविध कार्यक्रम गरेको छ । यायोक्खा संयुक्त प्रारम्भिक समितिले भद्रपुर २ स्थित संयुक्त धार्मिक स्थल कमलधापमा ज्येष्ठ नागरिक सम्मान, साकेला नाच, उत्कृष्ट विद्यार्थी पुरस्कृतलगायत कार्यक्रम गरेको हो । समितिले ज्येष्ठ नागरिक सम्मानबाट ९२ वर्षीय शेरबहादुर राई, ८६ वर्षकी चन्द्रकला राई, ८२ वर्र्षीय कर्णबहादुर […]

कार्कीलाई न्याय दिन किन ढिलाई ?

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कार्कीलाई न्याय दिन किन ढिलाई ?.

अर्जुनधारा । छिमेकीको घेराबन्दीमा परेका अर्जुनधारा नगरपालिका वडा नं. ९ देवर्षी टोलका अम्बरबहादुर कार्कीले आफ्नो घर आवतजावत गर्ने बाटो नपाएको भन्दै मानव अधिकारवादी गुहारेका छन् । विगत ४० वर्षदेखि उपभोग गर्दै आएको सार्वजनिक बाटो स्थानीय इन्द्रसिंह बस्नेत, पूर्ण बस्नेत, हेम बस्नेत र खड्ग सापकोटाले पूर्णरुपमा छेकाबारा लगाई हिंडडुल गर्न प्रतिवन्ध गरिदिए पछि जनप्रतिनिधिसँग अनुरोध गर्दा […]

इटहरी उपमहानगर कार्यालय ठप्प

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on इटहरी उपमहानगर कार्यालय ठप्प.

इटहरी । इटहरी उपमहानगरपालकिाका प्रमुख द्वारिकालाल चौधरीले कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा कर्मचारीले आज उपमहानगरपालिकाको काम काज ठप्प पारेका छन् । इटहरी उपमहानगरपालिकाका सबै कर्मचारीहरु कार्यालय नै नखोली नगरपालिका परिसरमा आन्दोलन गरिरहेका स्थानीयले बताएका छन्। कार्यालय परिसर बाहिर कर्मचारीको बाक्लो भिड लागेपछि सुरक्षाका लागि शसस्त्र प्रहरी पनि खटिएको छ । नगरपालिकाका कुनै पनि कार्यालय नखुले पछि […]