पाँचथर । मिक्लाजुङमा भएको हत्याकाण्डका मृतक ९ जनाको शव पोस्टमार्टमपछि घटनास्थल आरुबोटोमा ल्याएर अन्तेष्टि गरिँदैछ । मृतक बमबहादुर परिवारका ४ जनाको आरुबोटोको चियानडाँडामा अन्तेष्टि गरिँदै रहेको र धनराज शेर्माको परिवारका ५ जनाको सराङडाँडा भन्ने ठाउँमा अन्तेष्टि भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । स्थानीयबासीका अनुसार सबैका लागि चिता एउटै बनाएर शव जलाउन शवको प्रकृति […]
झापा । झापाको मेचीनगरमा कोठाभित्र थुनेर आमा र छोरीको हत्या प्रयास भएको छ।बुधवार राति नचिनेको मान्छेको समूहको धारिलो हतियार प्रहारबाट मेचीनगर—१० प्रशंसा टोलकी ४३ वर्षीया महिला आरती बुढाथोकी र ८ वर्षीया छोरी अर्पना बुढाथोकी घाइते भएका छन् मरणासन्न अवस्थामा रहेकी घाइते आरती र उनकी छोरी अर्पनालाई उपचारका लागि वीएन्डसी टिचिङ हस्पिटलमा विहान भर्ना गरिएको छ […]
झापा । एक नम्बर प्रदेशस्तरीय प्रतिष्पर्धा मिस्टर एण्ड मिस पूर्वको पहिलो चरणको अडिसन जेठ ११ गते इटहरीमा हुने भएको छ । मुलुकभर अनेकन नामबाट भइरहेका सौन्दर्य प्रतियोगिताहरु भन्दा पृथक शैलीबाट मिस्टर एण्ड मिस पूर्व हुन गइरहेको आयोजकको दावी छ । अनुसन्धान मिडियाको आयोजना हुन गइरहेको प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुले वैशाखमा नै फारम भरिसकेको आयोजकमध्येका अनुष किरातीले […]
बैतडी । बैतडीमा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए। पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा […]
काठमाडौं। कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले ३, भक्तपुर ठिमी नगरपालिकाले १७, भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावरी नगरपालिकाले ३ र काभ्रेको धूलीखेल नगरपालिकाले पाँच कर्मचारी फिर्ता गरेको छ । यस्तै सर्लाहीको बलरा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिकालगायतले पनि कर्मचारी फिर्ता […]
कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् । तीनै तहका सरकारले निर्मलाको परिवारलाई (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख) कुल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए । विगतमा […]
बझाङ । साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन् । साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट–४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन् । वडा ४ का पनालत, स्याडा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपल पुग्न […]
पाँचथर। मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि मलिन देखियो । गाउँलेमा कुनै उत्साह देखिएन। दुई परिवारका नौजनाको सोमबार राति घरमै भएको हत्याबारे अनेक अडकलबाजी लगाइरहेका उनीहरू त्रसित र हतास देखिन्थे। उनीहरूलाई नौजनाको हत्या सपनाजस्तो लागेको छ । ‘गाउँमा त शान्ति थियो। अलिअलि झैझगडाबाहेक थिएन । त्यसै मान्छे तराई झ¥या […]
साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै थप पीडित प्रहरीको सम्पर्कमा आएका छन् । प्रहरी परिसर काठमाडौंले बुधबार थप तीन पीडितको निवेदन दर्ता गरेको छ । उनीहरुको नेटवर्कको सदस्य बन्ने भन्दै २० लाख ८ हजार ५ सय रुपैयां फसाएका बताएका छन् । यस अघि नै परिसरमा १ करोड […]
कमल । सकारात्मक सोच विकास सम्बन्धी शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरुका लागि आयोजित तीन दिने तालिम आजदेखि सुरु भएको छ । मेची युनेस्को क्लबको आयोजनामा सुरु भएको तालिममा विद्यालयको शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा हिमाल ओझा र यादव पोखरेलले सहजीकरण गरिहेका छन् । कमल गाउँपलिकाको वित्तीय सहयोगमा सञ्चालन भएको तालिमको उद्घाटन गर्दै गाउँपालिका […]