जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र आफूहरु रक्सी खाँदै बाहिर पहरे दार भएर बस्छन् । उत्तरी धादिङको रुबीभ्याली […]
दमक । पाँचथरको मिक्लाजुङमा गएराति भएका हत्याकाण्डबाट भागेर ज्यान बचाएकी १२ वर्षीया बालिका सीता खजुमको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा खजुमको उपचार भइरहेको छ । घटनास्थलबाट भागेर बाँच्न सफल भए पनि बालिकाको दायाँ हातमा चोट लागेको छ । उनको हातको कुइनोमा चार टाँचा लगाइएको छ भने कडा सुरक्षा […]
कमल । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कमल गाउँपालिकामा एक हजार २०० भन्दा बढी आवेदन परेको छ । आवेदन दिएका मध्ये पहिलो चरणमा छनौट भएका ९९ जनालाई कम्तिमा ३० दिन रोजगारी दिने तयारी भएको गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिएका छन् । दर्ता भएका निवेदन अन्तर्गत पहिलो चरणमा अदक्ष जनशक्तिलाई रोजगारी दिइने रोजगार संयोजक तिवारीले […]
पाँचथर । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा गएराति ९ जनाको विभत्स हत्या गर्ने झुण्डिएर आत्महत्या गरेका मानबहादुर माखिमले नै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । माखिमले झुण्डिएर आत्महत्या गरेको स्थलमा रगत लागेको हतियार र रगत लागेको कपडा भेटिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताएका हुन् । भुण्डिएर आत्महत्या गरेका माखिम विभत्स हत्या गरिएका बमबहादुर फियाक […]
झापा । अर्जुनधारा नगरपालिका वडा नं. ११ मा पर्ने बिर्तामोड नयाँबसपार्कमा स्वास्थ्य सूचना केन्द्रको उद्घाटन गरिएको छ । सो क्षेत्रको जनघनत्वलाई ध्यान दिँदै स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको हो । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले आज उक्त सूचना केन्द्रको उद्घाटन गरेका हुन् । स्वास्थ्य केन्द्र उद्घाटन पछि आफ्नो मन्तब्यमा नगरप्रमुख रानाले आर्थिक वर्ष २०७६/०७७ जनघनत्वको […]
बुद्धशान्ति । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको बुद्धशान्ति सेवाकेन्द्रले आफ्ना सदस्य फारनी धिमाल निधन पछि उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गरिदिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बस्ने फारनीको वैशाख ३० गते निधन भएकाले उनको नाममा संस्थाले दिएको कर्जामध्ये बाँकी रहेको २ लाख ७ हजार १८० रुपैयाँ […]
झापा । दमक औद्योगिक क्षेत्र संघर्ष समितिका सचिव करणसिंह बस्नेत पक्राउ परेका छन् । दमक पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलन पश्चात मंगलबार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइवी टोलीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बाका अनुसार मोहनकुमार खड्काको उजुरीका आधारमा बस्नेतलाई पक्राउ गरिएको हो । बस्नेत बिरुद्ध खड्काले चेक बाउन्सको […]
काठमाडौं । सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिना अघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा […]
पाँचथर । गए राति ९ जनाको हत्या भएको मिक्लाजुङ–३ आरुबोटे नजिकै एकजना युवाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । आरुबोटेमा रहेको ३ नम्बर वडा कार्यालय छेउमा ९ जनाको विभत्स घटना भएसँगै एक अधवैशे झुण्डिएको अवस्थामा फेला पर्नुले घटना रहस्यमय बन्दै गएको हो । सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको […]
पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा […]