Sajhamanch Archive

प्रहरीद्धारा डाँका पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरीद्धारा डाँका पक्राउ.

काठमाडौं । प्रहरीले एक डाँकालाई गोली हानी पक्राउ गरेको छ। सर्वाधिक खोजीको सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई प्रहरीले गोली हानी काठमाडौँको टोखाबाट पक्राउ गरेको हो। पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी केदार ढकालले बताए। उनको साथबाट हतियारसहित पाँच राउण्ड गोली बरामद भएको बताइएको छ। […]

गर्मीमा दहीको फाइदै फाइदा

Published: (Updated: ) in रोचक कुरा / टिप्स, समाज, स्वास्थ्य by . Leave a Comment on गर्मीमा दहीको फाइदै फाइदा.

दही धेरैको भान्सामा पाइने खाने कुरा मध्ये एक हो। दहीले खानेकुरालाई पनि पचाउन मद्दत गर्ने गर्दछ। यति मात्र नभएर दही सेवन गर्दा स्वास्थ्यमा समेत धेरै फाईदा पुर्‍याइरहेको हुन्छ। दहीका फाइदा -दही पेटसम्बन्धी समस्या भएकाका लागि अत्यन्त उपयोगी मानिन्छ। -भोक कम लाग्ने समस्या भएका व्यक्तिहरुले नियमित दही खाने गरेमा उक्त समस्या कम हुने गर्दछ। -दहीको नियमित […]

भवानी–पद्म पुरस्कार शहीद गोविन्द गौतमको पत्नी लक्ष्मीलाई प्रदान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भवानी–पद्म पुरस्कार शहीद गोविन्द गौतमको पत्नी लक्ष्मीलाई प्रदान.

दमक । गौतम कुलवंश प्रतिष्ठानले यसवर्षको भवानी–पद्म पुरस्कार शहीद गोविन्द गौतमको श्रीमती लक्ष्मी गौतमलाई प्रदान गरेको छ । शहीद गोविन्दले पुनर्वास नगरपालिकाको आनन्दबजार आवतजावतका लागि आफ्नो भूमिमा कल्र्भट बनाउन खोज्दा भारतीय सुरक्षा बल एसएसवीले गोली हानेर २०७३ फागुन २६ गते हत्या गरेको थियो । राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमताको पक्षमा वहादुरीपूर्वक संघर्ष गर्दागर्दै भारतीय विस्तारवाद र […]

सडक चेतना जगाउँदै मिस एसईईका प्रतियोगी

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सडक चेतना जगाउँदै मिस एसईईका प्रतियोगी.

बिर्तामोड । इकोम मिस एसईई प्रदेश १ का सहभागीहरुलाई सडक सुरक्षा सम्बन्धी तालिम दिइएको छ । ड्रिम्स वल्र्ड इन्टरटेन्मेन्टको आयोजनामा भइरहेको इकोम मिस एसईई प्रतियोगितामा ३४ जनाको सहभागिता छ । आगामी जेष्ठ २० गते ग्राण्ड फिनाले गरिने इकोम मिस एसईई प्रतियागिताका सहभागीहरुलाई विषयगत विज्ञहरुबाट सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायतका विषयमा प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिइँदै आएको छ […]

लियो क्लब अफ अनारमनीमा नयाँ नेतृत्व

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लियो क्लब अफ अनारमनीमा नयाँ नेतृत्व.

बिर्तामोड । लियो क्लब अफ अनारमनीमा लायन वर्ष २०१९/२० को अध्यक्षमा समिरा शिवाकोटी चयन भएकी छिन् । शनिबार बिर्तामोडमा सम्पन्न क्लबको दोस्रो साधारणसभाले समिराको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा सुरेन्द्र गिरी, सचिवमा श्याम दुलाल (दीपक), सहसचिवमा सलिना खड्का, कोषाध्यक्षमा सिर्जना शिवाकोटी र सह–कोषाध्यक्षमा मन्जिला घिमिरे चयन भएका छन् । […]

सिम्रिकले दियो स्वर्गीय लिम्बूको परिवारलाई मृत्यु राहत

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सिम्रिकले दियो स्वर्गीय लिम्बूको परिवारलाई मृत्यु राहत.

कनकाई । बिर्तामोडमा मुख्य कार्यालय भई झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ५ वर्षे आवधिक खाताका सञ्चालकको मृत्युमा शनिबार राहत प्रदान गरेको छ । कनकाई नगरपालिका वडा नं. ३ सुरुङ्गाका ५३ वर्षीय शेरबहादुर लिम्बूको परिवारलाई संस्थाले मृत्यु राहत प्रदान गरेको हो । शेरबहादुरको यही जेठ ३ गते निधन भएको थियो […]

ससको बोतलमा सुर्तीको खोल

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ससको बोतलमा सुर्तीको खोल.

पर्वत । म्याग्दीमा एक पसलमा चाउमिनमा राख्न प्रयोग हुने ससको सिल नै नतोडिएको बोतलमा सुर्तीको खोल भेटिएको छ। रघुगंगा गाउँपालिको केन्द्र रहेको मौवाफाँटको खाजा पसलमा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । आइतबार दिउँसो खाजा खान गएका ग्राहकहरूलाई पसल सञ्चालकले ससको बोतल दिएका थिए। अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद भएको गाउँपालिकाका नायब […]

नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति अमेरिकीको गम्भीर चासो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति अमेरिकीको गम्भीर चासो.

काठमाडौँ । पशुपतिनाथका नाममा काठमाडौँ उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ । बरु १ हजार १ सय २६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ । त्यो पनि अति कम हो । […]

खानेपानी आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खानेपानी आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न.

मेचीनगर । वासमिप २ परियोजना अन्तर्गतका खानेपानी प्रणालीहरुको दुई दिने अवलोकन तथा अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । झापा, मोरङ तथा नवलपरासी जिल्लाका २४ वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीहरुको सहभागितामा झापाको धुलाबारीमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । खानेपानी आपूर्ति व्यवस्थापनको हालको समस्या, चुनौति र समाधानका उपायका बारेमा छलफल र अन्तरक्रिया गरिएको […]

हुण्डी कारोबारमा संलग्न तीन पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हुण्डी कारोबारमा संलग्न तीन पक्राउ.

काठमाडौ । प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्‍न तीनजनालाई चावहिलबाट पक्राउ गरेको छ । आइतबार दिउँसो गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले चावहिलमा डेरा गरी बस्दै आएका उनीहरूलाई झण्डै ३५ लाख नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुन राई, सुनील राई र जगत खड्का रहेका महानगरीय प्रहरी परिसर […]