धादिङ । धादिङको आदामघाट नजिक बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खस्दा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल […]
डोटी । नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिलगढीमा आइतबार पुर्याएको छ । पक्राउ […]
उदयपुर । कटारी नगरपालिका १० थुम्की भीरबाट लडेर ७९ वर्षीय वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा हलेसी तुवाचुङ नगरपालिका २ घर भएका ७९ वर्षीय नरबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका–९ मा रहेको छोरीको घरमा भएको विवाहमा सहभागी भएर शनिबार दिउँसो घर […]
उदयपुर । सिद्धिचरण लोकमार्गाको कटारी–घुर्मी खण्डमा पर्ने खानीडाँडामा टिपर दुर्घटन हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान कटारी नगरपालिका–१४ घुर्मी खानीडाँडामा ना ७ ख ७००० नम्बरको टिपर अनियन्त्रित दुर्घटनामा सहचालकसहित दुई जनाको घटना स्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सहचालक सिन्धुली दुधौली नगरपालिका–११ का २० वर्षीय लीलाबहादुर सार्की र टिपरमा सवार कटारी नगरपालिका–५ भोर्लेका […]
मुआब्जा विवादले निकास नपाएपछि बागमती नदी किनारा सौन्दर्य (बागमती ब्युटिफिकेसन परियोजना) अभियान प्रत्यक्ष प्रभावित बन्ने भएको छ । परियोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) परियोजनाबाट हट्ने भएसँगै ब्युटिफिकेसन योजना अलपत्र पर्ने भएको हो । नारायणटार–गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद किनारा नलागेपछि ३ अर्ब ६० करोड रुपियाँको परियोजनाको समय अवधि […]
काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं जादै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये […]
गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठुलो मात्रामा जरिबाना तिर्नु पर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’ चुमनुब्री गाउँपालिका ४ का अध्यक्ष पेमा डुन्डुप […]
कञ्चनपुर । महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो । कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको यो नहर एक सय ५२ किलोमिटर लामो हुनेछ । १६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६३-६४ बाट नहर खन्न सुरु […]
दार्चुला । दार्चुलाको जत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ । भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो । सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ । विस्फोटले ठुल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ । विस्फोटकका कारण महाकाली नदीमा […]
काठमाडौं । बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ । सहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुवै कामकाजी त्यसैले कलिलै उमेरमा केटाकेटीलाई स्कुल पुर्याएर व्यस्त दैनिकी भ्याउनु उनीहरूको पनि वध्याता […]