Sajhamanch Archive

श्रीमतीलाई जागिर नदिएको भन्दै स्ववियु सभापतिले गरे क्याम्पस तोडफोड

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीमतीलाई जागिर नदिएको भन्दै स्ववियु सभापतिले गरे क्याम्पस तोडफोड.

डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनकै अगुवाईमा तोडफोड भएको छ । शुक्रबार क्याम्पसले कर्मचारी भर्नाका लागि लिखित परीक्षा लिएका बेला स्ववियु सभापति जगत ऐर नेतृत्वको टोलीले ढुंगामुढा र तोडफोड गरेको हो । तोडफोडमा संलग्नको आरोप लागेका सभापति ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । मुख्य कार्यालय सहायक र मुख्य लेखा सहायक पदको […]

श्रीमतीको हत्या आरोपमा रामेछापका दमाई पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीमतीको हत्या आरोपमा रामेछापका दमाई पक्राउ.

रामेछाप । लिखु तामाकोसी गाउँपालिका ३ मा श्रीमतीलाई हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ५० वर्षकी धनकुमारी दमाईको हत्या आरोपमा ६१ वर्षका निरबहादुर दमाई पक्राउ परेका रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिएका हुन् । घरमा खाना पकाइरहेका बेला निरबहादुरले श्रीमतीलाई उत्तिसको चिर्पटले टाउकोमा हिर्काएको प्रहरीले बताएको छ । प्रहरीले निरबहादुरमाथि […]

सडकमा निस्किए पत्रकार

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सडकमा निस्किए पत्रकार.

झापा । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै झापाका पत्रकारले आज जिल्ला प्रशासन कार्यालय भद्रपुर र इलाका प्रसाशन कार्यालय दमकमा र्यालीसहित पुगेर सञ्चारसामग्री लिएर धर्ना कसेका छन् । सरकारले मिडिया काउन्सिल विधेयक मार्फत पत्रकारलाई समाचार लेखेकै आधारमा २५ हजार देखि १० लाख रुपैयाँसम्म जरिवाना हुने गरी विधेयक संसदमा लगेपछि पत्रकार महासंघको ब्यानरमा […]

धादिङमा भूकम्पको झट्का

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धादिङमा भूकम्पको झट्का.

  काठमाडौ । धादिङलाई केन्द्रविन्दु बनाएर आज भूकम्प गएको छ। धादिङको नलाङ आसपास केन्द्र बिन्दु बनाएर दिउँसो २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केटलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र लैनचौरले जनाएको छ। भूकम्पको धक्का धादिङ आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भाईद्धारा दाईलाई गोली प्रहार गरि हत्या

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भाईद्धारा दाईलाई गोली प्रहार गरि हत्या.

वीरगञ्ज। पर्साको जिराभवानी गाउँपालिकामा भाईले आफनै दाईलाई गोली प्रहार गरि हत्या गरेका छन् । जिराभवानी गाउँपालिका वडा नम्बर १ बलुवा टोलका ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाई ४८ वर्षीय शेष फारुकको गोली हानी हत्या गरेका हुन् । घरायसी विवादमा सेरामुद्धिनले बिहीबार राति आफनै दाई फारुकलाई कटुवा पेस्तोलले गोली हानी घाइते बनाएका थिए । गोली प्रहारबाट […]

अखाद्य वस्तु मिसाउने कावासोती आइसक्रिम तथा बरफ उद्योगमा ताला

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अखाद्य वस्तु मिसाउने कावासोती आइसक्रिम तथा बरफ उद्योगमा ताला.

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती–८, धौलागिरी चोकमा रहेको न्यूबरफ उद्योगले आइसक्रिम तथा बरफमा अखाद्य वस्तु मिसावट गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा ताला लगाइदिएको हो । अनुगमनमा पुगेको टोली उत्पादनमा अखाद्य वस्तु मिसावट गर्नुको साथै दर्ता समेत नगरी उद्योग सञ्चालन गरेको भेटेको छ । आईसक्रिममा मानव स्वास्थ्यलाई हानी गर्ने जीएमएस पाउडर, जीसीई […]

कमलमा धमाधम टोल विकास संस्था

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कमलमा धमाधम टोल विकास संस्था.

कमल । झापाको कमल गाउँपालिका अन्य पालिकाको तुलनामा विकास निर्माण लगायतका विषयमा निकै अगाडि बढेको पाइएको छ । पालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछिको २ वर्षको अवधिमा गाउँपालिकामा सडकको स्तरोन्नति, ग्रामीण विद्युत विस्तार, शिक्षा क्षेत्रमा सुधार, कृषिमा यान्त्रिकरणको प्रयोगले विकासमा फड्को मारेको हो । दुई वर्षको अनुभव लिएका जनप्रतिनिधिले आगामी आर्थिक वर्षमा के–कस्ता कार्यक्रम ल्याउँदा जनताका […]

विकास बजेटले गाडी किन्दै संसद

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विकास बजेटले गाडी किन्दै संसद.

अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ । बजेट रकमान्तर भएपछि संसद सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ । संसद सचिवालयले बिहीबार सार्वजनिक सूचनामार्फत ३० दिने म्याद राखेर गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको हो । पाँचवटा गाडी खरिद गरेको […]

एक लाखभन्दा बढीलाई ३० दिने रोजगारीको तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक लाखभन्दा बढीलाई ३० दिने रोजगारीको तयारी.

सरकारले चालू आर्थिक वर्षमा एक लाखभन्दा बढीलाई कम्तीमा ३० दिनको रोजगारी दिने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा एक लाख छ हजार ८७२ जनालाई न्यूनतम ३० दिनको रोजगारी दिने गरी तयारी गरेको हो । श्रम मन्त्रालयका अनुसार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत ७५३ वटा […]

केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार.

काठमाडौं । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ । उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा […]