Sajhamanch Archive

आँखाको पनि हुन्छ क्यान्सर, कस्तो देखिन्छन् लक्षणहरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आँखाको पनि हुन्छ क्यान्सर, कस्तो देखिन्छन् लक्षणहरु.

आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् । चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टामा ५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ । यो करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा देखा पर्न सक्छ जुन वंशानुगत पनि हुन सक्छ । आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो […]

२५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, समाज by . Leave a Comment on २५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो.

काठमाडौं। भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा. हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा.चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा […]

महँगियो भान्सा, तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महँगियो भान्सा, तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा.

दैनिकमा भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । ‘तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने,‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय छ । मूल्य विश्लेषण […]

ठूलो संख्यामा विज्ञापन गर्ने तयारीमा लोकसेवा आयोग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ठूलो संख्यामा विज्ञापन गर्ने तयारीमा लोकसेवा आयोग.

काठमाडौं । स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्शसहितको पत्र सरकारसमक्ष पठाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवाको सो प्रस्ताव बुधबार मन्त्रिपरिषद्मा पठाएको छ […]

पशुपतिको बाटो बन्दः कोष र जनप्रतिनिधिबीच विवाद

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पशुपतिको बाटो बन्दः कोष र जनप्रतिनिधिबीच विवाद.

तिलगंगा।ताम्रागंगा सडक बन्द गर्ने निर्णयसँगै पशुपति क्षेत्र विकास कोष र स्थानीयवासीबीच विवाद सुरु भएको छ । १३ बर्ष अघिबाट सञ्चालनमा आएको सडक विना विकल्प बन्द गराएको भन्दै क्षेत्र विकास कोषसँग जनप्रतिनिधि र स्थानीयले समेत आपत्ति जनाएका हुन् । बुधवार काठमाडौ ३ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्ण राईसहितको स्थानीयवासीहरुले तत्काल सडक बन्द गर्ने काम […]

जग्गा अतिक्रमणविरुद्ध एक्सनमा सरकार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जग्गा अतिक्रमणविरुद्ध एक्सनमा सरकार.

काठमाडौं । सरकारले देशभरका संस्थागत नाममा दर्ता भएका सम्पूर्ण जग्गाको किनबेचमा रोक लगााएको छ । बुधबार गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जग्गा रोक्का राख्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार देशभर रहेका सरकारी, सार्वजनिक तथा गुठी जग्गामाथि अतिक्रमण बढेको, जग्गाको दुरुपयोग भएको तथा यस्ता जग्गाको अवस्थाबारे जानकारी नरहेको […]

दुई सय सरकारी वेबसाइट ह्याक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई सय सरकारी वेबसाइट ह्याक.

सरकारले डिजिटल नेपाल (स्मार्ट नेपाल) को अवधारणा अघि सारेको बेला सरकारी निकायका दुई सय वेबसाइट ह्याक (डिफेसेज) भएको सूचना प्रविधिका विज्ञहरुले बताएका छन् । विज्ञका अनुसार डिजिटल नेपाल हुनका लागि पूर्वाधार तयार भइसकेको छैन । बुधबार ‘सुबिसु कन्क्लेभ २०१९’ मा विज्ञहरुले नेपाललाई थप स्मार्ट बनाउन अझै केही समय लाग्ने दाबी गरे । कार्यक्रममा भैरव टेक्नोलोजीका […]

श्रीजय ड्रीमल्याण्ड पार्कमा जेठ ४ देखि ‘लिची फेस्टिवल’

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीजय ड्रीमल्याण्ड पार्कमा जेठ ४ देखि ‘लिची फेस्टिवल’.

बिर्तामोड । बिर्तामोड नगरपालिका ३ मा स्थापित श्रीजय ड्रीमल्याण्ड पार्कमा जेठ ४ गतेदेखि ५ दिनसम्म ‘लिची महोत्सव’को आयोजना गरिने भएको छ । कनकाई एजुकेशन फाउण्डेसनका संस्थापक, सामाजिक तथा धार्मिक व्यक्तित्व जयनारायण ढुङ्गानाले बिर्तामोड–३ स्थित कछुबारीमा रहेको १५ विगाहा जमिनमा लगाइएको फलफूल बगानमा ‘लिची फेस्टिवल’ गर्न लागेका हुन् । ‘फलफूल बगानमा लटरम्म फलेर रातैभई पाकेका लिची […]

सूर्योदय टिभीले मनायो चौथो वार्षिकोत्सव

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सूर्योदय टिभीले मनायो चौथो वार्षिकोत्सव.

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रसारण भइरहेको सूर्योदय टेलिभिजनले मंगलबार साँझ आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । सो कार्यक्रममा सूर्योदय टिभी एण्ड मिडिया प्रालि अध्यक्ष मनोज उप्रेतीले टेलिभिजनको ३ वर्षको सञ्चालन अवधि सञ्चार क्षेत्रमा सिकार्ई र विकासको चरण भए पनि उपलव्धीमुलक रहेको धारणा राखे । पूर्वी नेपालको गहनाकोरुपमा स्थापित सूर्योदय टेलिभिजनले आफ्नो शाख स्थापित गरिसकेको बताउँदै […]

आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाकाबाट साढे तीन अर्ब रुपैयाँको धान आयात

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाकाबाट साढे तीन अर्ब रुपैयाँको धान आयात.

  पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाकाबाट साढे तीन अर्ब रुपैयाँको धान आयात भएको छ। साउनदेखि चैतसम्म तीन अर्ब ४२ करोड ६४ लाख ५४ हजार रुपैयाँको धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। यस अवधिमा १२ करोड ३३ लाख १२ हजार ३०१ किलो धान आयात भएको छ। अघिल्लो बर्षको सोही अवधिको […]