Sajhamanch Archive

झापामा दशनामीले सम्झिए शंकराचार्य

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापामा दशनामीले सम्झिए शंकराचार्य.

बिर्तामोड । नेपाल दशनामी समाज केन्द्र, प्रदेश, जिल्ला र नगर समितिले जगतगुरु शंकराचार्यको १२३०औं जन्मजयन्ती सामुहिकरुपमा मनाएका छन् ।  समाजको झापा जिल्ला समितिको आयोजना तथा बिर्तामोड नगर समितिको संयोजनमा बिहीबार बिर्तामोडमा शंकराचार्यको जन्मजयन्ती मनाइएको हो । समाजका झापा वरिष्ठ उपाध्यक्ष एलवी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय संरक्षक भरतलाल गिरीको प्रमुख आतिथ्य रहेको थियो । शंकराचार्यको […]

छुवाछुत अन्त्य अभियन्ता महाकालीबाट हिडेर झापा आइपुगे

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छुवाछुत अन्त्य अभियन्ता महाकालीबाट हिडेर झापा आइपुगे.

झापा । ‘महाकाली–मेची नेपाल पदयात्रा २०१९’ का तीनजना अभियन्ता गएराति झापा आइपुगेका छन् । महाकालीको चाँदनी दोधाराबाट चैत ३ गते शुरु गरेको पदयात्रा ५३ दिन पछि बुधबार राति बिर्तामोड आइपुगेका हुन् । भेदभाव र छुवाछुतको अन्त्यका लागि सचेतना फैलाउँदै महाकालीबाट पैदल यात्रामा निस्किएका तीनजना अभियन्ताहरु समाजशास्त्री हेमराज आचार्य, समाजिक अभियन्ता रिता परियार र पत्रकार अशोक […]

बाहुनडाँगी जेसीजद्वारा विद्यार्थीलाई लागुऔषध सचेतना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाहुनडाँगी जेसीजद्वारा विद्यार्थीलाई लागुऔषध सचेतना.

मेचीनगर । बाहुनडाँगी जेसीज वर्ष २०१९ को सचिवालयले ८ दिने तालिम कार्यक्रम अन्तर्गत बुधबार विद्यार्थीहरुका लागि ‘ट्राफिक सचेतना, अपराध तथा लागू औषध दुव्र्यसनी न्यूनीकरण’ सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा १८ गतेबाट शुरु भएको तालिम अन्तर्गत तेस्रो दिन इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्राविधिक सहयोगमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम […]

मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु.

रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठको ज्यान गएको हो। पुरानागाउँको अङ्गेरीपानीबाट खुरबेँसी जाने क्रममा बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लामाको घटनास्थलमै र उपचारका लागि ल्याउने क्रममा बाटोमै बालकको […]

ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए.

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूत समेत रहेका पौडेल पनि मुछिएका हुन् । सरकारी जग्गा हडप्न खडा […]

भारतीयलाई नेपाली नागरिकता दिलाउने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडा ठप्प

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतीयलाई नेपाली नागरिकता दिलाउने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडा ठप्प.

झापा । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ । अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकै दिन फरार भए । यसबाट दैनिक काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राहीमा परेको छ । वडा […]

‘चकचके’ भन्दै विद्यार्थी निष्कासित, कानुन भन्छः निकाल्न पाइँदैन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘चकचके’ भन्दै विद्यार्थी निष्कासित, कानुन भन्छः निकाल्न पाइँदैन.

काठमाडौं ।  विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ । नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन । बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको र साथीहरूलाई समेत पढ्न नदिएकाले तामाङलाई पढाउन नसकिएको विद्यालयको दाबी छ […]

वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन प्रतिवेदन समितिमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन प्रतिवेदन समितिमा.

काठमाडौँ । वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन गर्न संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा गत मंसिरमा गठित उपसमितिद्वारा मंसिरमा गठित उपसमितिले बुधबार प्रतिवेदन बुझाएको छ । उपसमिति संयोजक दीपप्रकाश भट्टबाट प्रतिबेदन बुझ्दै सभापति पवित्रा निरौलाले यसमाथि जेठमा छलफल गरिने बताइन् । ‘समितिमा प्रतिवेदन प्राप्त भयो, छलफलपछि सार्वजनिक गर्नेछौँ,’ उनले भनिन् । २३ अर्ब २० करोड रुपैयाँमा […]

महिलालाई पानी उद्यमी बनाउन महत्वपूर्ण समझदारी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महिलालाई पानी उद्यमी बनाउन महत्वपूर्ण समझदारी.

काठमाडौं । स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलालाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा महिला विकास मञ्चले बुधबार आयोजना गरेको कार्यक्रममा पानीको प्रशोधन गरी उत्पादन र बजारीकरण गर्ने र महिलालाई पानी उद्यमी बनाउने योजनासहित समझदारी भएको […]

गाई काटेको आरोपमा प्रहरीद्धारा२ जनालाई पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाई काटेको आरोपमा प्रहरीद्धारा२ जनालाई पक्राउ.

रामेछाप । गाई काटेको आरोपमा रामेछापमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । खाँडादेवी गाउँपालिका-१ चापडीका रामशरण खड्का र २९ वर्षीय सुजन खड्कालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले यससम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।