काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानी काठमाडौं उपत्यकासहित आठ जिल्लाको क्रसर र बालुवा धुने ‘वाश’ उद्योगप्रति विशेष चासो लिँदै तत्काल अनुगमन गरी त्यसको रिपोर्ट दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । ती उद्योगीहरुले कानुनविपरीत काम गरेर करसमेत छली गरेको बारम्बार उजुरी परेपछि अख्तियारले मन्त्रालयलाई नै आफ्नो जनशक्ति खटाएर अनुसन्धान गरेर प्रतिवेदन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको जिकिर गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो जिकिर गरेका हुन् । मे १ तारिकको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले मे १ लाई […]
अर्जुनधारा । अर्जुनधारा ६ कप्तानवाडीमा आदिवासी मेचे समुदायले श्री ग्राम शिवा पूजा तथा बैशागु कार्यक्रम सम्पन्न गरेका छन् । प्रत्येक वर्ष सो समुदायले मनाउने परम्परा अनुसार श्री ग्राम शिवा पूजा तथा बैशागु कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी रहेका वडाअध्यक्ष लोकनाथ गौतमले ग्राम थान मात्रमा सिमित नभई मेचे समुदायले पुराण लगाएर त्यसको आस्था र […]
भद्रपुर । लीला कट्टेल स्मृति प्रतिष्ठान झापाले आज ६ जना जेष्ठ आमाहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले मातातीर्थ औंसीको सन्दर्भमा सबै जेष्ठ आमाहरुको निवासमै पुगेर सम्मान प्रदान गरेको हो । प्रतिष्ठानका उपाध्यक्ष तथा कमल गाउँपालिकाका प्रमुख मेनुका काफ्लेको अध्यक्षतामा सम्पन्न संक्षिप्त कार्यक्रमकाबीच ६ जना ज्येष्ठ महिलाहरुलाई सम्मान गरेको प्रतिष्ठानका कोषाध्यक्ष पवित्रा महतराले बताइन् । प्रतिष्ठानबाट सम्मानित […]
नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ । कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि […]
हर्रो कमलपित्तका रोगीका लागि फाइदाजनक मानिन्छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ । कागतीको रसमा हर्रो मिसाएर लगाउँदा दाद निको हुन्छ । हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा मुखभित्र आएको घाउ, खटिरा आदि निको हुन्छ । यो खाएमा भोक नलाग्ने समस्याबाट समेत राहत मिल्छ । नियमित हर्रो खाएमा पेट सफा […]
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मानवअधिकार आयोग सम्बन्धी ऐन फिर्ता नहुने जिकिर बताएका छन् । कानुन न्याय तथा मानव अधिकार समितिको आज सिंहदरवारमा बसेको बैठकमा उहांले संंसदमा पुगिसकेको विधेयक फिर्ता नहुने स्पष्ट पारे । मन्त्री ढकालले ऐनका केही प्रावधानमा समस्या भए छलफल गरि निकास निकाल्न भने सरकार तयार रहेको बताए । […]
संखुवासभा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवा दोषी देखिए उनीमाथि पनि कारबाही हुनुपर्ने बताएका छन् । प्रेस युनियन संखुवासभाले मंगलबार संखुवासभामा गरेको पत्रकार भेटघाटमा उनले बालुवाटारको सरकारी जग्गा कब्जा र खरिद–बिक्री प्रकरणमा कांग्रेस वा जुनसुकै पार्टीका नेताको संलग्नता देखिएपनि निष्पक्ष ढंगबाट छानबिन गरी कारबाही हुनुपर्ने बताए । नेता […]
कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्की बजारमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि तनाव बढेको छ। ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएको हो । प्रदर्शन उग्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गरेकोछ । अवस्था नियन्त्रण […]
बाजुरा। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन्। विकलाई बुढीगंगा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो। प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक,सचिव भरत थापा, महिला संघ क्रान्तिकारीका […]