लहान। प्रतिबन्धित लागूऔषधसहित मंगलवार बिहान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–१९ गाढास्थित आँपको बगैँचाबाट प्रतिबन्धित लागूऔषधसहित वडा नं ३ निवासी २६ वर्षीय श्रवणकुमार यादव र वडा नं ८ निवासी २९ वर्षीय अर्जुनकुमार महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैको साथबाट फेनारगन २०१ एम्पुल, डाइजेल्याप […]
काठमाडौँ । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ । राजमार्ग बन्द गरेर प्रदर्शनमा उत्रेका मृतकका आफन्त र प्रहरीबीच झडप हुँदा सात प्रहरी र एक शिक्षक घाइते भएका छन् । घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । लम्कीचुहा नगरपालिका ३ मा ना ७ ख ९२३३ […]
ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका–३ नयाँगाउँमा हिजो साँझ बा ५ च ५६९६ नम्बरको जिप दुर्घटना हुँदा महोत्तरीको बर्दिवासका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षीया सुनिता लोप्चन र सरिता मोक्तानको मृत्यु भएको हो । विशालको घटनास्थलमै तथा सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पतालमा […]
चितवन । गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ भंगाहामा गैंडाले आक्रमण गर्दा ४६ वर्षीय खगेन्द्रकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई गएराति गैँडाले आक्रमण गरेको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज मृत्यु भएको प्रहरीले […]
स्पेन । नेपालसँग मिल्दो हावापानी र लचिलो कानूनी व्यवस्था भएकाले स्पेन भित्रिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो छ । आसपासका यूरोपेली मुलुकको तुलनामा तलब भत्ता तथा कागजात बनाउन सजिलो भएपछि स्पेन नेपालीको रोजाईमा पर्न थालेको हो । बेलायत, ग्रिस, पोल्यान्ड, माल्टा, टर्की लगायतका मुलुकबाट यहाँ भित्रिने नेपालीको सख्या हरेक वर्ष बढिरहेको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरुले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेकपा सचिवालय सदस्यहरुले सरकारले ल्याउन लागेको बजेटसँगै ललितानिवासको जग्गा प्रकरणबारे पनि आआफ्ना धारणा राखेका थिए । बैठकमा […]
काठमाडौं । सामाजिक काम र व्यवसायलाई सँगसँगै गघि बढाइरहेकी नायिका स्वेता खड्काको गर्धनको शल्यक्रिया भारतमा गरिएको छ । चलचित्र ‘हेलो जिन्दगी’का लागि लन्डन पुगेको केही दिनमै उनलाई स्वास्थ्यमा समस्या आएपछि अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी थिइन । चिउडो मुनीको भाग अत्याधिक दुखेपछि अस्पतालमा पुगेर डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखिएको उनले आफ्नो फेसबुकमा लेखेकी […]
झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालीझोडा सडक खण्डमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ का ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो। जिपको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला […]
तौलिहवा । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ बालापुरमा २१ वर्षीया सुनिता थारूको हत्या भएको छ। सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा सोमबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए। पक्राउ परेका […]
हेटौँडा । हतारमा सहकारी कार्यालय हस्तान्तरण भए पनि अनुगमन र व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारलाई हम्मे परेको छ । पर्याप्त पूर्वाधार र कर्मचारी नहुँदा अर्बौँको सम्पत्ति भएका सहकारीको फाइल संकलन गर्ने काम पनि पूरै हुन सकेको छैन । यसले सहकारी क्षेत्रमा विकृति बढ्ने सम्भावना देखिएको छ । संविधानले संघ, प्रदेश र स्थानीय तह तीनवटैका […]