दाङ । क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न भएको अरोपमा दुई विदेशीसहित घोराहीबाट बुधबार पाँच जना पक्राउ परे । अमेरिकी नागरिक सिनक्वान्टा ओलिएनमे, भारतीय नागरिक गौरव श्रीवास्वसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगञ्जका प्रमोद काफ्लेलाई प्रहरीले ठुलो मात्रामा क्रिस्चियन धर्म प्रचार सामग्रीसहित नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार प्रहरीले […]
जनकपुरधाम। सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ । भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन् । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ । धनुषाको विदेह नगरपालिका—१ महिनाथपुरमा सशस्त्रको पोस्टभन्दा २० मिटर परको घरबाट जनकपुर भन्सार कार्यालयको टोलीले बुधबार १९ […]
गोरखा । तल बूढीगण्डकी। माथितिर अग्ला पहाड । भीरको बाटो, कोही भारी बोकेका, कोही पर्यटक र कोही पथप्रदर्शक । बेलाबेलामा सुख्खा पहिरो झरिरहन्छ। तैपनि यात्रीलाई गन्तव्यमा पुग्नै हतार छ । जिल्लाको चुमनुब्री गाउँपालिका ६ बिहीगाउँको भीरमा सदीयौंदेखि यसरी नै असुरक्षित आवतजावत भइरहेको छ । ‘कति पटक पर्खाल लगाउने रु हैरान भइयो’, बाटोको पहिरो उकास्न पर्खाल […]
भद्रपुर । ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका झापा हल्दिवारी गाउँपालिका बस्ने १३ वर्षीय बालकलाई बचाई दिन उनका परिवारजनले आग्रह गरेका छन्। आर्थिक अवस्थाले कमजोर बालकका परिवारजनलाई उपचार गराउन ठूलो रकमको आवश्यकता परेको छ। साबिक जलथल गाविस ७ हाल हल्दिवारी गाउँपालिका ४ अधिकारी चोकका १३ वर्षीय गोपीचन्द्र दंगाल ९सुगम० लाई ब्लड क्यान्सर भएको चिकित्सकले बताएका […]
अर्जुनधारा । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनका १ नम्बर प्रदेश प्रमुख ओमप्रकाश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी माता धनमाया भट्टराईको बुधवार निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेकी धनमायाका पति रघुनाथ भट्टराईको यस अघि नै निधन भएको थियो । ८७ बर्षीया धनमायाको आफ्नै निवासमा बैशाख ११ गते अपरान्ह निधन भएको हो । आमा पदमकुमारी […]
१.आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ। तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ। यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ। २.तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ। यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन। […]
१. नियमित परीक्षण नगर्नु स् नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ। दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस्। त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ। यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ। २. समस्या तत्कालै भुल्नु स् कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी खतरनाक साबित हुन्छ। फलोअपका लागि डाक्टरले बोलाएका छन् भने त्यसलाई […]
भद्रपुर । गएराति साढे २ बजे भद्रपुर नगरपालिका वडा नं. ६ बस्ने भीम राजवंशीको चट्याङ्ग लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले अहिले बिहान प्रकाशन गरेको बुलेटिन अनुसार सामान्य पानी परिरहेको अवस्थामा आफ्नै घरमा चट्याङ लागेर घाईते भएका राजवंशीको उपचारका लागि ओमसाई पाथीभरा असपताल भद्रपुर ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । जिल्ला […]
बोक्सी र बोक्सा आरोपमा कुटपिट हुँदा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का वृद्धवृद्धा घाइते भएका छन् । ६० वर्षीय वृद्ध र उनकी श्रीमतीलाई एकै परिवारका चार सदस्यले कुछपिट गरेका हुन् । वृद्धा बेहोस भएर घटनास्थमै ढलेको प्रहरीले जनाएको छ । दुवै जनालाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो । त्यसपछि वृद्धालाई विराटनगरको कोसी अस्पताल […]
ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको टुक्रेबाट हु्लाकमार्फत प्रेषित पत्र करिब पाँच सय मिटर टाढाको पुरानो कोप्चे क्षेत्रमा आइपुग्न साढे छ महिना लागेको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, अलैंची जोन ताप्लेजुङले कार्यालय स्थापना गरेको जानकारी दिन २०७५ असोज २१ गते पत्रकार महासंघ ताप्लेजुङ शाखालाई प्रेषित गरेको पत्र २०७६ वैशाख ८ गते महासंघको सम्पर्क कार्यालय […]