काठमाडौं । काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएकाे छ। भूकम्प मापन केन्द्रले ६:२९ बजे धादिङ केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएकाे जनाएकाे छ। काठमाडौ आसपासका क्षेत्रमा भूकम्प गएपछि उपत्यकावासी आतंकित बनेका थिए। विहानै उपत्यकामा भूकम्पको धक्का महशुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए। त्यसकाे दश मिनेटपछि फेरि भूकम्प गएकाे राष्ट्रिय आपतकालीन केन्द्रले जनाएको […]
पाल्पा । पाल्पाको रामपुरमा जीपको ठक्करबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ। ग २ च ३०९४ नम्बरको बोलेरो जीपको ठक्करबाट रामपुर नगरपालिका–४, स्थित ईस्लामपुरमा बस्ने ७५ वर्षीय सकिना मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृषराज सापकोटाले बताएको छ। घाइते भएकी मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो। जीपका चालक र […]
काठमाडौं । ललितपुरको गोदावारी ४२, गोदामचौरमा श्रीमती हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मानसिक सन्तुलन ठीक नभएका सिन्धुलीका जयबहादुर वाइवा छन् । महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँका अनुसार उनले श्रीमती ४१ वर्षीया सुनमाया अधिकारीलाई धारिलो हतियार खुर्पा प्रहार गरेका थिए । थप अनुसन्धान र परीक्षण भइरहेको प्रहरीको भनाइ छ ।
मोरङ । मोरङको पथरी शनिश्चरेमा शनिबार बिहान नग्न अवस्थामा मृत भेटिएकी ब्यवसायी २९ वर्षीया रुपा (रीना) बस्नेतको घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दै स्थानीयले आन्दोलन गरेका छन् । मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्वजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्दै उद्योग वाणिज्य संघ पथरीकी पूर्व वरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास नेपाल आफैले गर्न सक्ने बताएका छन। उनले त्यसका लागि साहस र धैर्यताको खाँचो रहेको धारणा राखे। मंगलबार प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन। उनले भने, हामीले पासाङल्हामुबाट […]
ईटाभट्टा । पछिल्लो समय मादक पदार्थका कारण घरेलु हिँसा बढेको भन्दैं यसको नियन्त्रण र निरुत्साहितका लागि विभिन्न चेतनामुलक कार्यक्रम अघिसार्न सोमबार मेचीनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जिल्ला प्रहरी कार्यालय झापाको संयोजनमा आयोजना गरेको ‘टि वीथ टिम’ सहकर्मीहरुसँगको एक कप चिया कार्यक्रममा सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् […]
नेपालगञ्ज । नेपालमा जिम्न्यास्टिक खेल खासै फष्टाएको छैन । नखेलिने भने होइन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने जिम्न्यास्टिक खेलाडी राजु राईले सबैलाई चकित पाएका छन् । एपीएफका उदीयमान खेलाडी राईले सात स्वर्ण र एक रजत पदक जित्दै सबैलाई चकित बनाएका हुन् । सोमबार सम्पन्न खेलमा राजुले पुरुषको एक स्पर्धाबाहेक सबैमा स्वर्ण पदक जिते । […]
काठमाडौं । नेपाल प्रहरीले बेरुजु फर्स्योटमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गरेको छ। सोमबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नौजना प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरेका हुन्। पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा प्रहरी नायव महानिरीक्षक कमलबहादुर जिटी,प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की, मदनकुमार थापा, प्रहरी […]
दक्षिण भारतीय फिल्म अभिनेत्री साई पल्लवीले आफ्नो पहिलो फिल्म फिदाबाट नै दर्शकलाई फिदा बनाइन्। उनी साउथ फिल्म उद्योगमा आफ्नो अलग अभिनयका लागि चिनिन्छिन्। तर उनले हालै दुई करोड रुपियाँको विज्ञापनमा काम गर्न अस्वीकार गरेकी छिन्। कारण थाहा छ किन ? तपाईलाई अचम्म लाग्न सक्छ, कारण हो अनुहारमा भएको डण्डीफोर। एक फेएरनेस क्रिमको विज्ञापनका लागि दुई […]
काठमाडौं । अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाईट वान पृथ्वीको सतहबाट चार सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गने तल्लो कक्षमा […]