काठमाडौं । सामाजिक क्रियाकलापमा विगत १९ वर्षदेखि सक्रिय रहँदै आएको सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले बारा पर्सामा आएको हावाहुरीबाट पीडित परिवारलाई राहत प्रदान गरेको छ । नेटवर्कले आँधीहुरी प्रभावित क्षेत्रमा तत्कालै राहत प्रदानको कामलाई तिव्रता दिएको थियो । हेल्प नेपालका स्वयम्सेवकहरुले स्थानीय र प्रदेश सरकारको समन्वयमा सहयोग गरेको हेल्प नेपालकी सचिव लता घिमिरेले बताइन् । […]
सर्लाही । पानी जमेको खाल्डोमा डुबेर मंगलबार राति सर्लाहीको हरिवन –४ मा दुईजना बालिकाको ज्यान गएको छ । गोल्ड इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको ज्यान गएको हो। मंगलबार दिउँसोदेखि बेपत्ता भएका दुबै बालिकाको राति अबेर स्थानीयले पानीमा […]
लहान । सिरहाको जिल्ला सदरमुकाम रहेको सिरहा नगरपालिका–६ बाट प्रहरीले मंगलबार साँझ ट्रयाक्टरसहित अवैध काठ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–६ बसबिट्टा गाउँको भित्री सडकमा चेकजाँच गर्ने क्रममा ना। ४ त ३६९८ नम्बको ट्रयाक्टरम आधिकारिक कागजात नभएको सिसौ र सिरिसको २६ थान काठसहित ट्रयाक्टर बरामद गरेको हो। बरामद गरिएको […]
काठमाडौं । आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत निजी विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो । विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा विद्यालय वर्गीकरण […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई विदाइ गरेका छन्। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली त्यता जानका लागेका हुन्। टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। ् टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर […]
काठमाडौं । उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । गएराति भारतमा उपचारको क्रममा उनको निधन भएको हो । भारतको चेन्नईमा उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । २०६४ सालमा नेपाली कांग्रेसबाट संविधानसभामा प्रतिनिधित्व गरेका गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको हो । खाद्यान्न, सुगर मिल, हुलास जस्तापातालगायतका उद्योग उनले नै स्थापना गरेका थिए । पारिवारिक स्रोतका […]
चितवन । नारायणी र कोशीमा पानीजहाज चलाउने भन्दै पानीजहाज कार्यालयसमेत स्थापना गरेर सरकारले अध्ययन अघि बढाइरहँदा नेपाली युवाको समूहले नारायणीमा चलाउने गरी नेपालकै ठूलो क्षमताको ‘मोटरबोट’ बनाउन थालेको छ । उनीहरुले यसलाई सानो आकारको ‘पानी जहाज’ भनेका छन् । भरतपुर महानगरपालिका वडा नः १६ काब्रेघाटको खोल्सामा गुपचुप रुपमा यसको निर्माण भइरहेको छ । वरपर टिनले […]
काठमाडौं । झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्की दिने व्यक्तिको स्थानीय राजनीतिक नेतासँग पनि कनेक्सन देखिएको खुलासा गरेका छन् । एक सातादेखि अज्ञात व्यक्तिले ज्यान मार्न सुपारी लिएको भन्दै फोन आइरहेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन गरेर उनले राजनीतिक कनेक्सन देखिएको दाबी गरेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ सुकेटारमा मंगलबार पाथीभरा मन्दिरबाट फर्कँदै गरेको पिकअप दुर्घटना हुँदा ११ जना घाइते घाइते भएका छन् । पाथीभरा मन्दिर दर्शन गरी राति सवा १० बजे १६ जना यात्रु लिएर फुङलिङतर्फ आउँदै गरेको मे१ज १४८६ नम्बरको पिकअप सडकबाट अन्दाजी ५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पिकअपमा सवार ११ जना […]
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गरेको ग्नासो गरेका छन्। नेता सिटौलाले पार्टी भित्र विभाग गठनमा समेत भागबन्डा हुने गरेको उल्लेख गर्दै त्यसमा पनि आफूलाई अपमान गर्ने काम भइरहेको बताएका हुन्। जनआन्दोलन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इमान्दार, सक्षम व्यक्तिहरूलाई किनारामा […]