बिर्तामोड । अखिल (क्रान्तिकारी) झापाले बारा र पर्सामा हावाहुरी प्रभावित क्षेत्रका मानिसहरुलाई लामखुट्टेको टोकाईबाट बचाउन ७५० थान झुल पठाएको छ । स्थानीय दाताहरुले सहयोग गरेको रकमबाट झुल खरिद गरेर अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मदन भट्टराईको नेतृत्व टोलीमार्फत् प्रभावित क्षेत्रमा झुल पठाइएको हो । बिर्तामोड नगरपालिकाद्वारा २०० थान, अनारमनी व्द्यिुत प्राधिकरणबाट ६५ थान, देवी माध्यमिक विधालय […]
पर्सा । पर्सामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। बुधबार बिहान पर्साको विन्दवासीनी चार अमरपट्टीका दिनेश चौरसियाको करेन्ट लागेर ज्यान गएको हो। आफ्नै घरको विद्युत सप्लाई व्यवस्थापन गर्न प्लकमा काम गर्दै गर्दा करेन्ट लागेर करिब ३५ बर्षीय दिनेश चौरसियाको ज्यान गएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका चौरसियालाई उपचारको […]
फिदिम । १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ। कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मंगलबार पक्राउ परेका हुन्। विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन […]
नुवाकोट। साततले दरबारको पाँचौ तल्लाको पश्चिमपट्टिको छाना र गाह्रो झरेको छ । आउने मनसुनमा दरबारको संरक्षणको लागि पुननिर्माण नथालिए ढल्ने स्थानीयले दाबी गरेका छन् । उनीहरुले पुरातात्त्विक सम्पदा साततले दरबारलगायत वरिपरिका संरचना छिटो पुननिर्माण गर्न माग गरेका छन् । भूकम्पले क्षति पुर्याएको उक्त दरबार वर्षाले र हुरीले छानाबाट झिँगटी र काठपात झर्ने गरेका छन् । […]
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को हालै सम्पन्न १४ औं महाअधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउदै गृह मन्त्रालयमा उजुरी परेको छ । हाम्फेविरुद्ध उजुरी दिएका हुन । नेतृत्व तहले गरेको अवैध गतिविधि सार्वजनिक गर्दा आफुहरुमाथी कारबाही हुनसक्ने भएकाले उजुरीकर्ताले नाम लुकाएका छन् । तर प्याब्सनको चौधौ महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिएका रत्न महर्जन र […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले दुई लाख रुपैयाँ राशीको राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । ६२औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलाई उक्त पुरस्कार रकम प्रदान गरेका हुन् । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रदान गरेको […]
गर्मी मौसम पनि सुरु भइसकेको छ। यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ। तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस्। किनकी यसका समाधान पनि छन्। काखी गन्हाउने समस्याबाट बच्ने उपाय यस प्रकार छन्ः सरसफाई र स्वास्थ्यमा ध्यान काखीमा पसिना आएपछि […]
नवलपरासी । पूर्वीनवलपरासीको बुलिङ्गटार गाउँपालिका–६ मा भीरबाट लडेर १ जनाको ज्यान गएको छ । भीरमा रहेको बाँस काट्ने क्रममा लडेर बालकृष्ण श्रेष्ठको निधन भएको हो । लडेर गम्भीर घाइते श्रेष्ठलाई सोमबार साँझ उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटैमा निधन भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ । श्रेष्ठको शव पोष्टमार्टमका लागि चितवन मेडिकल कलेजमा राखिएको […]
काठमाडौं । सोमबार राति ९ बजे । बाराको कलैया–१८ स्थित मारबालियाका २२ वर्षीय राजेन्द्र पटेल हुरीले ध्वस्त घरको भग्नावशेषनजिकै आगो ताप्दै थिए । भर्खरै मात्र उनी आफ्ना ५० वर्षीया आमा मनुरादेवी कुर्मीको दाहसंस्कार गरेर आएका हुन् । रीतअनुसार कपाल मुण्डन गरे, तर किरिया बस्ने ठाउँ नै पाएनन् । आइतबार साँझको हुरीले उनका दुवै घर ध्वस्त […]
बिर्तामोड । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धिरेन्द्रकुमार दाहालले सरकारले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । निर्माण व्यवसायी महासंघको बैठकले ५ करोड रुपैयाँसम्मको ठेक्काको बोलपत्र अर्को जिल्लामा नदिने र त्यही जिल्लाकै निर्माण व्यवसायीहरुले मात्र ठेक्का हाल्न पाउने निर्णय गरिएको बताउँदै उक्त निर्णय कार्यान्वयन गर्न सम्पूर्ण निर्माण व्यवसायीलाई आग्रहसमेत गरे […]