Sajhamanch Archive

झापामा बैंकिङ्ग कसुर मुद्दाका प्रतिवादी पक्राउ

Published: in समाज by . Leave a Comment on झापामा बैंकिङ्ग कसुर मुद्दाका प्रतिवादी पक्राउ.

विर्तामोड। झापामा बैंकिङ्ग कसुर मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका-६ निवासी ४२ वर्षीय पुष्पराज बाराकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उच्च अदालत विराटनगर इलाम इजलासबाट २०७९ कार्तिक २ गतेको फैसला अनुसार बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका बाराकोटी ५ दिन कैद तथा सजाय, १२ लाख […]

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ.

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो । २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । […]

नागरिकता लिन भोकभोकै लाइनमा

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नागरिकता लिन भोकभोकै लाइनमा.

विराटनगर । नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा भीड लागेको छ । सेवाग्राहीहरु बिहान झिसमिसेदेखि नै लाइनमा बसेको बताएका छन् । नागरिकता बनाउनेहरुको जिल्ला प्रशासन कार्यालयदेखि शनिबारे हटियासम्म २५० मिटर लामो लाइन लागेको छ । लाइनमा बसेकाहरू भोकभोकै छन् । धनपालथान गाउँपालिका १ बाट आएका सुनिल ऋषिदेवले बिहान ४ बजेदेखि लाइन लागेको बताए । […]

पानीको बहाव थेग्न नसकेपछि हेवाखोलाको ‘डाइभर्सन’ अधुरै

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on पानीको बहाव थेग्न नसकेपछि हेवाखोलाको ‘डाइभर्सन’ अधुरै.

पाँचथर । बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन। सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो। सोमबार साँझसम्म १२ ‘ह्युमपाइप’मार्फत खोला कटाउने प्रयास गरिए पनि सफल हुन नसकेको छैन। ठाडो खोला भएका कारण पानीको बहाव थेग्न नसक्दा ‘डाइभर्सन’मा […]

भारतमा पक्राउ परेका शिवशिखर सहकारीका अध्यक्ष शर्मालाई काठमाडौँ ल्याइयो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on भारतमा पक्राउ परेका शिवशिखर सहकारीका अध्यक्ष शर्मालाई काठमाडौँ ल्याइयो.

काठमाडौँ । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने […]

धान गोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु,४ जना घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on धान गोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु,४ जना घाइते.

जुम्ला । जुम्लामा करेन्ट लागेर एक जना किशोरीको मृत्यु भएको छ। भने ४ जना घाइते भएका छन्। जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सुमलगाउँ निवासी अन्दाजी १७ वर्षीय प्रर्मिला परियार हुन्। लुड्कु जलविद्युत आयोजनाको विधुतको तार हावाहुरीले खेतमा परेको हुनाले करेन्ट लागेको जिल्ला प्रहरी […]

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु.

झापा । हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीमा एक जना पुरूषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ५३ का गिरेन कर्मकारको मृत्यु भएको हो। एकाबिहानै उनी च्याउ टिप्न त्यसतर्फ गएका थिए। हल्दिबारी गाउँपालिका-२ को देउनिया खोलाको पुलबाट ३०० मिटर उत्तरमा सो घटना भएको […]

इलाममा आगलागी आठ वटा घर जलेर नष्ट

Published: in लोकप्रिय, विविधा, समाज by . Leave a Comment on इलाममा आगलागी आठ वटा घर जलेर नष्ट.

इलाम । इलामको माङ्सेबुङ–५ बाह्रलाखेमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएका छन् । गएराति २ बजे स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागीबाट त्यस आसपासमा रहेका ८ वटा घर पनि जलेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार आगलागीबाट ५३ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको अनुमान गरिएको छ । स्थानीय […]

यस्तो छ आजको मौसम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यस्तो छ आजको मौसम.

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार बिहान देशभर आँशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिक देखि […]

हल्दिबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on हल्दिबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु.

विर्तामोड। झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका- २ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउमा […]