Sajhamanch Archive

चट्याङ लागेर पाँचथरमा १ को मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चट्याङ लागेर पाँचथरमा १ को मृत्यु.

पाँचथर । शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश […]

बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते.

काठमाडौं । भद्रकाली नजिकै बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते भएका छन् । बा३ख २४१६ नम्बरको बसले मोटसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार मनमैजुकी अस्मिता पौडेल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते पौडेलको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी बृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक (डीएसपी)काजीकुमार आचार्यले जानकारी दिए । मोटर साइकल चालक भने […]

ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु.

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटना हुंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका–८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरीले जनाएको छ । घाइते सौरभ लामाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना […]

दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ.

मुगु । मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक ९सई० पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै […]

“त्यसपछि कर्णालीको परिचय बदलिनेछ, कर्णाली सुगम हुनेछ” : प्रम ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on “त्यसपछि कर्णालीको परिचय बदलिनेछ, कर्णाली सुगम हुनेछ” : प्रम ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधारहरु पुर्याएर डोल्पालाई सरकारले सुगम बनाउने उद्घोष गरेका छन् । डोल्पो समाजले आज काठमाडौंमा आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्नति गरिने र डोल्पामा सधैं यातायात सञ्चालन गरिने बताएका हुन् । “डोल्पामात्र होइन […]

लागूऔषधसहित ३ जना पक्राउ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लागूऔषधसहित ३ जना पक्राउ.

काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागंढुगाले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । राजधानीको मुख्य नाका नागढुंगामा छुट्टाछुट्टै चेकजाँचका क्रममा विभिन्न परिमाणमा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र वोगटीका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख २९७ नम्बरको यात्रुबाहक बसबाट लालितपुरका १८ वर्षीय साजन […]

विपन्न परिवारको घर निर्माणमा जापानी विद्यार्थीद्वारा श्रमदान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विपन्न परिवारको घर निर्माणमा जापानी विद्यार्थीद्वारा श्रमदान.

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–६ का दलबहादुर विकको घर निर्माणमा जापानबाट आएका विद्यार्थीको समूहले श्रमदान गरेका छन् । गौरीगञ्ज गाउँपालिका र ह्याविट्याड संस्थामार्फत सहारा नेपालको संयुक्त लगानीमा विपन्न तथा दलित परिवारको आवास निर्माण गर्ने सहमतिअनुसार दलबहादुर विकको घर निर्माण गर्न ती विद्यार्थीले श्रमदान गरेका हुन् । सहारा गर्ने कोही नभएको विक दम्पत्तीको घर गाउँपालिका र सहारा […]

काठमाडौं उपत्यकामा वर्षा, भोलिदेखि मौसम सुध्रने संभावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठमाडौं उपत्यकामा वर्षा, भोलिदेखि मौसम सुध्रने संभावना.

काठमाडौं । आज देशका अधिकांश स्थानमा आंशिकदेखी सामान्य बदली हुने संभावना छ। पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। अहिले काठमाडौं उपत्यकामा पानी परिरहेको छ। देशका अन्य भूभागमा पनि पानी पर्ने सम्भावना छ। भोलिदेखि भने मौसम सुध्रने सम्भावना रहेको छ। देशका उच्च पहाडी […]

सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढ्दो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढ्दो.

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बता्एको छ। विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लिएर उजुरीको सङ्ख्या बढेको छ। सुदूरपश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्कअनुसार चालू आवको छ महीनामा सुदूरपश्चिमका नौ जिल्लाबाट ३५० […]

मोबाइल म्यासेजले पत्ता लगायो सुनको पोल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोबाइल म्यासेजले पत्ता लगायो सुनको पोल.

काठमाडौं । मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो । भन्सार र प्रहरी कर्मचारी दुवैले ुसो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् । त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए । उजुरीमा ती […]