Sajhamanch Archive

फेरि मौसम गडबढ स् भू–मध्य सागरको वायुले केही दिन मौसम प्रभावित हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फेरि मौसम गडबढ स् भू–मध्य सागरको वायुले केही दिन मौसम प्रभावित हुने.

काठमाडौँ । भू–मध्य सागरको वायुको प्रभावले फेरी देशैभरीको मौसम प्रभावित भएको छ । सोही प्रभावले गत साताझै मध्यमदेखि हल्का वर्षा र हिमपात फेरी दोहोरिएको छ । उच्च पहाडी र हिमाली भेगमा यो क्रम अझै केही दिन जारी रहने भएको छ । भू–मध्य सागरको उच्चवायु मण्डलमा विकास भएको प्रणालीको असरले देशैभरीको मौसमलाई प्रभावित बनाएको जल तथा […]

कला साहित्य उत्सव फागुन १८ देखि

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on कला साहित्य उत्सव फागुन १८ देखि.

बिर्तामोड । रिडर्स झापाले हरेक दुई वर्षमा आयोजना गर्दै आएको कला साहित्य उत्सवको चौथो शृङ्खला यही फागुन १८ गतेदेखि हुने भएको छ । मेचीनगरको काँकरभिट्टास्थित खानेपानी संस्थाको प्राङ्गणदेखि सभाहलसम्म सञ्चालन गरिने कला साहित्य उत्सव २०७५ मा १४ वटा विषयमा प्यानल डिस्कसन गरिनेछ । फागुन १८ गतेदेखि २० गतेसम्म सञ्चालन गरिने कार्यक्रमबारे जानकारी दिन आज बिर्तामोडमा […]

सानिध्य र स्मिताको भुर्रभुर्र उडेको मन

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, समाज by . Leave a Comment on सानिध्य र स्मिताको भुर्रभुर्र उडेको मन.

काठमाण्डौ । सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले रचाना गरेको गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर आज बिहीबार सार्वजनिक भएको ‘भुर्रभुर्र यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । गीतमा महानिरीक्षकका छोरा सानिध्य खनाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी […]

विश्वभर आज भ्यालेन्टाइन डे मनाईंदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विश्वभर आज भ्यालेन्टाइन डे मनाईंदै.

विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् । यस […]

अब भद्रपुर क्षेत्र पनि हेलिकप्टरबाट हेर्न पाइने !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अब भद्रपुर क्षेत्र पनि हेलिकप्टरबाट हेर्न पाइने !.

भद्रपुर । पुरातात्विक महत्व बोकेको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबध क्षेत्रका संरक्षित संरचना असुरक्षित बन्दै गए पनि सरोकारवाला बेखबर देखिएका छन् । पाषणकालिन ऐतिहासिक महत्व बोकेका २२ सय वर्ष पूराना भग्नावशेषका सुरक्षा पर्खाल भत्काउने, फुटाउने कार्य भइरहेको सो क्षेत्रमा सुरक्षा पोष्टले चाल नपाउँदा सो क्षेत्रका संरक्षित संरचना असुरक्षित बन्दै गएका हुन् । वि. सं २०५६ […]

गाउँपालिकाका कम्प्यूटर अपरेटर विवेक सम्मानित

Published: in समाज, स्थानीय तह by . Leave a Comment on गाउँपालिकाका कम्प्यूटर अपरेटर विवेक सम्मानित.

बुधबारे । बुद्धशान्ति गाउँपालिकाका कम्प्यूटर अपरेटर विवेक खुलाललाई सम्मान गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको बुधबार भएको परिषद् भेलामा उनलाई सम्मान गरिएको छ । गाउँपालिकाको समग्र जातीयता, संस्कृति, प्राकृतिक सम्पदा, भूगोललगायतका सम्पूर्ण कुराहरु समेटेर उत्कृष्ट लोगो डिजाइन गरेकोमा गाउँपालिकाले नगद १० हजार रुपैयाँसहित प्रसंसापत्र र अविर, दोसल्ला लगाई सम्मान गरेको हो । लामो समयदेखि गाउँपालिको कम्प्यूटर […]

स्वर्गीय नेम्वाङको सम्मानमा पाँचथरमा सार्वजनिक बिदा

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on स्वर्गीय नेम्वाङको सम्मानमा पाँचथरमा सार्वजनिक बिदा.

फिदिम । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको माघ २६ गते भएको निधनमा शोक मनाउन आज यहाँका सबै स्थानीय तहमा सार्वजनिक बिदा भएको छ । सात गाउँपालिका र एक नगरपालिका रहेको पाँचथर जिल्लामा नेम्वाङको निधनले अपुरणीय क्षति पुगेका कारण सार्वजनिक बिदा दिएर उनको सम्मान गरिएको हो । गत शनिबार फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा आयोजित कार्यक्रममा […]

बालिकाको बलात्कार गरेको आरोप लागेका अभियुक्तलाई कैलाली प्रहरीद्धारा पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालिकाको बलात्कार गरेको आरोप लागेका अभियुक्तलाई कैलाली प्रहरीद्धारा पक्राउ.

कैलाली। अदालतबाटै फरार भएका बालिकाको बलात्कार गरेको आरोप लागेका अभियुक्तलाई कैलाली प्रहरीले बुधबार पक्राउ गरेको छ । १४ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका लम्कीचुहाका डिल्प दमाई मंगलबार जिल्ला अदालतबाट फरार भएका थिए । माघ २८ गते पक्राउ परेका दमाईलाई म्याद थपका लागि अदालत लगेका बेला हतकडीसहित फरार भएको कैलालीका एसपी आभूषण तिम्सिनाले बताए […]

लुटेराहरुद्धारा तीनजना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लुटेराहरुद्धारा तीनजना घाइते.

धनुषा ।  जनकपुरमा मंगलबार राति लुटेराहरुले तीनजनालाई घाइते बनाइ लाखौंको लुटपाट गरेका छन् । जनकपुर उपमहानागरपालिका १३ पीडारी बस्ने शोभित राउतको घरमा लुटेराको समूहले आक्रमण गरी लुटपाट गरेको प्रहरीले जनाएको छ । राति झण्डै १ बजे ९–१० जनाको समूहमा आएका लुटेराहरुले परिवारका सदस्यहरुमाथि आक्रमण गरी ५ लाख ५७ हजार नगद र सुनको गरगहना गरी ६ […]

आज विश्व रेडियो दिवस

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज विश्व रेडियो दिवस.

आज विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सास्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसयता हरेक रेडियो दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार […]