गुल्मीमा जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो जिल्लाको मुसिकोट नगरपालिका ८ वामी मैदानमा ग १ च ८३५७ नम्बरको गाडी दुर्घटना हुँदा अन्य दुई जना गम्भीर घाइते भएका छन् । वामी मैदानबाट वामीटक्सार जाने क्रममा उक्त गाडी मैदान चौपारीबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडी मालिक मुसीकोट […]
मकवानपुरको वागमती गाउँपालिका–४ पाँच पाण्डवमा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । झुरझुरेबाट सिन्धुलीतर्फ सिमेन्ट र रड लोड गरेर जाँदै गरेको ना। ६ त ४४२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको हो । मृत्यु हुनेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका–३ का ५५ वर्षीय हेमकुमार श्रेष्ठ र सोही ठाउँका ५५ वर्षीय […]
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजेल र मट्टीतेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । निगमले एलपी ग्यासको मूल्य भने […]
सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् । शहीद हेमनारायण यादवको १५औं स्मृति सभालाई आज सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेसका बारेमा विभिन्न हल्ला चलाइए पनि सरकारका कामले ती सबै कुराको जवाफ दिने बताएका हुन् । “मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् तर सरकारको […]
बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको नवौँ दिन शनिबार १२ हजार जनाभन्दा बढीले टिकट काटेर मेला अवलोकन गरेका छन् । महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालका अनुसार एकैदिन १२ हजार जनाले महोत्सव अवलोकन गरेको यो पहिलो पटक हो । यसअघि औषतमा हरेक दिन ६ हजार जनाले महोत्सव अवलोकन गर्दै आएका थिए । महोत्सव […]
चितवन । महिलालाई आत्मरक्षाका लागि तालिम अपरिहार्य रहेको किशोरीले बताएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नारी सुरक्षा र सम्मानका लागि राष्ट्रव्यापी अभियानको रूपमा सञ्चालन गरेको मिसन साहसी तालिममा सहभागी किशोरीले यस्तो बताएका हुन् । बालकुमारी क्याम्पसमा अध्ययनरत सिर्जना पौडेल पछिल्लो समय समाजमा हुने गरेका महिला हिंसाका घटनालाई न्यूनीकरण गर्नका लागि पनि यस्ता तालिम आवश्यक रहेको बताउँछिन् […]
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिमा सशस्त्र प्रहरी र गाँजा तस्करबीच झडप भएको छ । गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गर्दै गएराति गाँजा तस्करहरुको समूहले गोली चलाएपछि झडप भएको हो । प्रहरीमाथि दुई राउन्ड गोली चलाएपछि आफूहरुले पनि एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय ६ नं गणका एसपी खेमबहादुर थापाले जानकारी […]
सिमसार र जलवायु परिर्वतन केन्द्रित रहेर आज विश्व सिमसार दिवस मनाइँदैछ । सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि फेब्रुअरी २ मा सिमसार दिवस मनाउन थालिएको हो । नेपाल सन् १९८७ मा सिमसार महासन्धिको सदस्य भएको हो । अहिले यो महासन्धीमा १ सय ६९ देश आवद्ध छन् । सिमसार दिवसका अवसरमा पोखरामा […]
अत्तरिया–स्याउले जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत पर्ने डोटीको जोरायल गाउँपालिका–२, रुपसकाँडामा शुक्रबार राति १२ बजे लु १ च २५०८ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख रुपसिंह थापाले दिएको जानकारीअनुसार जीप दुघटनामा परि भारतको बरेली घर भएका अन्दाजी अमेर ४०र४१ […]
नवलपुरको मध्यविन्दुमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका १२ तमासपुरका ८३ वर्षीय पदम बहादुर क्षेत्रीको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख रमेश थापाले जानकारी दिए । शुक्रबार दिउँसो भैंसी चराउन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नारायणी नदी किनारमा गएका क्षेत्री बेलुका अबेरसम्म पनि घर नफर्किएपछि खोजी सुरु गरिएको […]