Sajhamanch Archive

सरस्वती माविमा प्रहरीको चेतनामूलक कार्यक्रम

Published: in समाज by . Leave a Comment on सरस्वती माविमा प्रहरीको चेतनामूलक कार्यक्रम.

मेचीनगर । विद्यालय स्तरदेखि नै आपराधिक गतिविधि तथा लागु औषध दुव्र्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले आज सरस्वती माध्यमिक विद्यालय बाहुनडाँगीमा विद्यार्थीहरुबीच चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा शाखा कार्यालयले स्कूल सम्पर्क कार्यक्रमसहित कार्यक्रम आयोजना गरेको हो । लागूऔषध नियन्त्रण तथा दुव्र्यसन सम्बन्धी जनचेतनासहित साइवर अपराध, ट्राफिक नियमका […]

प्रचण्ड पत्नी सिता र बुहारी बिना अस्पतालमा भर्ना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रचण्ड पत्नी सिता र बुहारी बिना अस्पतालमा भर्ना.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पत्नी सिता र बुहारी बिना मगर अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि संघीय सरकारका खानेपानी तथा सरसफार्ई मन्त्री रहेकी बिना मगरलाई सोमबार बेलुकी ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको हो । प्रचण्ड पत्नी सीता दाहालको आइतबारदेखि नै आईसीयूमा राखेर सोही अस्पतालमा उपचार […]

पश्चिमका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा, अब दुई दिन पदयात्रामा ननिस्कन मौसमविद्को सुझाव

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पश्चिमका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा, अब दुई दिन पदयात्रामा ननिस्कन मौसमविद्को सुझाव.

अहिले सुदूर र मध्य पश्चिममा धेरै ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ । अहिले पश्चिममा पानी पारेको पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले अहिले देशभरीकै मौसम बदली भएको र उच्च हिमाली क्षेत्रमा हिमपात भैरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार आज देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना छैन । विशेषगरी दिउँसो पश्चिममा पानी […]

बिस्कुट, चाउचाउको खोल सडकमा फाल्नेलाई ५० हजार जरिवाना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिस्कुट, चाउचाउको खोल सडकमा फाल्नेलाई ५० हजार जरिवाना.

प्रयोगपछि बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा, चुरोटको खोल लगायतका फोहोर सडकमा फाल्ने बानी छ रुछ भने त्यस्तो बानीलाई तुरुन्त त्यसलाई सुधार्नुस् । काठमाडौं महानगरपालिकाले यसरी सडकमा फोहोर फाल्ने माथि कारवाही थालेको छ । महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा आफूले प्रयोग गरेका वस्तुको खोलहरु फाल्नेमाथि निगरानी बढाएको छ । महानगरपालिकाले […]

धनकुटाको हिलेमा ट्राफिक सचेतना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धनकुटाको हिलेमा ट्राफिक सचेतना.

धनकुटा । आज प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले सुनसरी, धनकुटा र तेह्रथुमको ट्राफिक व्यवस्थापन तथा अनुगमन तथा सचेतना कार्यक्रम सम्पादन गरेको छ । निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाई नेतृत्वको टोलीले धनकुटाको हिलेमा ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको छ । सचेतना कार्यक्रम अन्तर्गत सर्वसाधारण पैदल यात्री तथा जनसमुदायहरुलाई भेला गरी हाम्रा सडकहरुमा […]

‘हात्तीको उपद्रो रोक्न सौर्य विद्युतीय तारबारको काम चाँडै : सांसद लिङ्देन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘हात्तीको उपद्रो रोक्न सौर्य विद्युतीय तारबारको काम चाँडै : सांसद लिङ्देन.

कचनकवल । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले जिल्लाको दक्षिणी भेगमा बढिरहेको जंगली हात्तीको उपद्रो रोक्न सौर्य विद्युतीय तारबारको काम चाँडै अघि बढाइने बताएका छन् । कचनकवल गाउँपालिका ७ स्थित दिपज्योति सामुदायिक वनको ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सांसद लिङ्देनले कचनकवलका सबै माद्यमिक विद्यालयमा अंग्रेजी तथा कम्प्युटर शिक्षा अनिवार्य गरिनेसमेत उद्घोष गरेका […]

आजबाट स्वस्थानी व्रत सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजबाट स्वस्थानी व्रत सुरु.

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ […]

मच्छेडाँडीमा बस दुर्घटना एकको मृत्यु, २५ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मच्छेडाँडीमा बस दुर्घटना एकको मृत्यु, २५ जना घाइते.

ओखलढुंगाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको बस रामेछापको मन्थली–१ मच्छेडाँडीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २५ जना घाइते छन् । अरनिको यातायात सेवा समितिकोबा ४ ख ४२१० नम्बरकोबसआइतबार दिउँसो पल्टिएर दुर्घटना भएको हो। ओरालोमागुडिरहेको बसअकस्मात कच्ची सानो सडकमा चढ्ने बित्तिकै पल्टिएको थियो। चालकले ब्रेक फेल भएकाले कालोपत्रे सडकबाट उकालो सानो बाटोमा बस चढाएको अनुमान […]

श्रीमतीको हत्या गरी आत्महत्या

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीमतीको हत्या गरी आत्महत्या.

कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । ३५ वर्षिय प्रेमलालले आज बिहान ३२ वर्षिया रमाकोे टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेपछि घरको बार्दलीमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । घरको बार्दलीमा पासो लगाई छट्पटाई रहेको देखेपछि छिमेकीले पासो काटेर उपचारका […]

देवकोटाका विद्यार्थीलाई स्वीटर र स्टेशनरी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देवकोटाका विद्यार्थीलाई स्वीटर र स्टेशनरी.

बिर्तामोड । बिर्तामोड नगरपालिका ९ मा रहेको देवकोटा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर तथा शैक्षिक सामग्री प्रदान गरिएको छ। झापा चेम्बर अफ कमर्सले सो विद्यालयका ८० जना विद्यार्थीलाई स्वीटर तथा ३०० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो। विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा चेम्बरका प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्रकुमार घिमिरेले उक्त सामग्री प्रदान गर्दै […]