हेटौंडा । हेटौंडा नगरपालिका १, भैरवडाँडामा १० दिनअघि शंकास्पद रुपमा मृत्यु भएका पत्रकार मनोहर ढकालको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले घटनाको १० दिनपछि ढकालको हत्या भएको सार्वजनिक गरेको हो । २५ पुसमा मारिएका ढकालको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनामा प्रत्यक्ष संलग्न हेटौंडा–११ का १९ […]
बिर्तामोड । यहाँस्थित बिर्ता बाल क्लबलाई आज खेलकुद सामग्री प्रदान गरिएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ कार्यालयले आज एक कार्यक्रमका बीच फुटबल, ब्याड मिन्टन, भलिबल, स्केपिङ, नोटबुक, डायरीलगायतका सामग्रीहरु बाल क्लबलाई प्रदान गरेको हो । सो अवसरमा वडाध्यक्ष सिटौलाले बालबालिकालाई जागरुक बनाउन वडाको तर्फबाट सक्दो सहयोग गर्ने तथा नगरपालिकासँग सहकार्य गरेर कार्य गर्न […]
भद्रपुर । चन्द्रगढ टोल विकास संस्थाको प्रथम वार्षिक साधारणसभाले दुर्गाप्रसाद दाहालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आज सम्पन्न संस्थाको सभाले उपाध्यक्षमा पुष्प पोखरेल, सचिवमा डम्बर कुँवर, सहसचिव प्रमेश राजवंशी, कोषाध्यक्ष मुना रोक्कालाई चयन गरेको हो । संस्थाको सदस्यहरुमा विष्णु सापकोटा, नारायण नेपाली, भारती राजवंशी, पर्वत राजवंशी लगायत रहेको जनाइएको छ । […]
सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकताले सुर्खेतमा २ वटा ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताले सुर्खेतको बड्डीचौर र सदरमुकाम वीरेन्द्रनगर नजिकै सत्तरीमा दुई वटा मालवाहक सवारीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । नेपालगन्जबाट खाद्यान्न बोकेर सुर्खेत आउँदै गरेको ना। ६ ख ७३१३ नम्बरको ट्रकमा […]
मेचीनगर । धेरै जातीय समुदायमा बावुआमाको निधनपछि छोरीले छोरा सरह काजकिरिया गर्नु हुँदैन भन्ने गरिन्थ्यो । त्यस्तो परम्परागत संस्कारलाई तोड्दै बिस्तारै छोरीले छोरा सरह सेतो वस्त्र धारण गरेर बाबुआमाको काजकिरिया गर्न थालेका छन् । प्रदेश ३ का सांसद उषाकला राइले पनि आफ्नी आमा लक्ष्मी राईको देहान्त पछि यसैसाता केश मुण्डन गरेरै सेतो वस्त्र धारण गरेर […]
काठमाडौँ – नेपाली कांग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ । कांग्रेस कास्कीका पूर्व सचिवसमेत रहेका उनको बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो । पशुपति आर्यघाटमा शुक्रबार बिहानै उनको अन्त्येष्टि गरिएको […]
दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जोगीगाउँमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते भएका छन् । स्थानीय जेद्दे मिजारको छोराको विवाहका लागि ४० जनाभन्दा बढी जन्ती लिएर सिन्धुलीको खुर्कोट जान लागेको बा२ख ३७६० नम्बरको बस बिहान साढे ४ बजे सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । चालकले स्टार्ट गरेर बस अगाडी बढाउनासाथ […]
फेक न्यूज तथा अफवाहहरु भाइरल हुने गुनासा तथा उजुरीहरु तथा यस्ता घटनाहरुका कारण आलोचित बनिरहेको फेसबुकले बेलायतमा यसविरुद्ध लड्न सहकार्य सुरु गरेको छ । बेलायतको स्वतन्त्र च्यारिटी संस्था फुल फ्याक्टसँगको सहकार्यमा फेसबुकले फेक न्यूजविरुद्धको संघर्ष सुरु गरेको हो । समाचार अनुसार अब फेसबुकले आफ्नो सोसल नेटवर्कमा आउने फेक न्यूज तथा पोष्टहरुविरुद्ध सत्यता परीक्षण अर्थात् फ्याक्ट […]
पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । तीनजनाको घटनास्थलमा नै ज्यान गएको थियो भने थप दुईजनाको बाग्लुङ अञ्चल अस्पतालतर्फ लैजाँदै गर्दा ज्यान गएको हो । दुर्घटनामा अन्य ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुल्न बाँकी छ । म्याग्दीको बेनीबाट पर्वतका […]
२१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । १९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा आज भूकम्प सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम हुँदै छन् । भूकम्पबारे जनचेतना जगाउन यो दिवस मनाउन थालेकै बीचमा २०७२ साल वैशाख १२ गते गएको गोरखा […]