काठमाडौं । पर्सामा भारतीय तस्कर र नेपाली तस्करले प्रहरीमाथि आक्रमण गरि हतियार लुटेका छन् । पर्साको जगरनाथपुर गाउपालिका वडा नम्बर १ पाडेपुर प्रहरी चौकीका इन्चार्ज सहायक निरीक्षक विसुनदेवा यादवसहितलाई गएराति कुटपिट गर्दै हतियार लुटेका हुन् । सीमावर्ती नेपाली गाउँ पाडेपुरबाट भारतमा हुने गरेका पेट्रोल र डिजेलको तस्करी रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको प्रदेश नम्बर २ […]
कमल । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले कमल गाउँपालिका २ मा अवस्थित ज्योति माद्यमिक विद्यालयको भौतिक पूर्वाधार विकासका बारेमा आफू सकारात्मक रहेको बताएका छन् । मन्त्री कार्कीले विद्यालयको अवस्थाका बारेमा आफूलाई जानकारी भएको बताउँदै आफ्नो तर्फबाट आवश्यक पहल हुने आश्वासन दिँदै पूर्वाधार विकासमा कमल गाउँपालिकाले तत्कालै काम थाल्नुपर्ने सुझाएका छन् […]
कमल । झापाको कमल गाउँपालिका अन्तर्गत केर्खा, क्याम्पा बजार हुँदै बैगुनधुरासम्म जोड्ने सडकमा सवारी आवत जावत रोकिएको छ । एक वर्ष भन्दा बढी समय देखि मर्मतका लागी सडक भत्काए पनि मर्मत नभएपछि त्यहाँबाट निस्किएको धुलोका कारण हैरान भएका स्थानीयवासीले आइतबारबाट यातायात सन्चालन मा रोक लगाएका हुन् । सवारी सन्चालन रोकिएपछी केर्खा हुँदै दक्षिणी भेगमा जाने […]
बिर्तामोड । महेन्द्र रत्न कराते डोजो बिर्ताबजारमा कराते प्रशिक्षण लिइरहेका लोपोन्मुख सन्थाल समुदायका खेलाडीहरुलाई शनिबार कराते पोशाक (गी) प्रदान गरिएको छ । खेलप्रमी तथा समाजसेवी युवा बिरबहादुर तामाङ, देवेन्द्र सिटैला, भुपाल बुढाथोकी, महेन्द्र शाह, कौशिला चौधरीलगायतको अग्रसरतामा उक्त डोजोका १९ जना खेलाडीहरुलाई निशुल्क गी प्रदान गरेका हुन् । कराते खेलको विकास तथा विस्तार भएसँगै बिपन्न […]
बिर्तामोड । यहाँस्थित वीरता जेसीजको ३८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको साधारणसभा तथा शाखा अधिवेशनको उद्घाटन प्रमुख अतिथि गोपालकुमार बस्नेतले गरेका थिए । बार्षिक उत्सवमा यसैवर्ष वीरता जेसीजद्वारा अक्षयकोष स्थापित दुई पुरस्कार वितरण गरिएको छ मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका झापा […]
धनुषा । जनकपुरको रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका प्रमुख विजयलाल दासलाई विद्यार्थीहरुले कार्यकक्षमै कालोमोसो देलेका छन् । क्याम्पसको अवस्था धारासायी भएपछि पटक–पटक सुधार गर्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै आइतबार दिउँसो विद्यार्थीहरुले उहाँलाई कार्यकक्षमै कालोमोसो दलेका हुन् । राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी संघको अगुवाइमा विद्यार्थीहरुले आइतबार दिउँसो पौने २ बजे कार्यकक्षमै पसेर क्याम्पस प्रमुखलाई […]
काठमाडौं । भारतबाट नेपालको जनकपुर आउने रेलको लिक बने पनि रेल कस्तो किन्ने र कहिले आइपुग्ने भन्नेबारेमा अझै निश्चित हुन सकेको छैन । रेल विभागका महानिर्देशक बलराम मिश्रले आइतबार बाह्रखरीसँगको कुराकानीमा भारत सरकारका तर्फबाट रेलको दररेट पठाउने काम भएको बताएका छन् । उनले भने, ‘‘हामीलाई छिटो चाहिने भनेकोले रेट मागेका थियौं । दुइटा किन्ने कि […]
भद्रपुर । भद्रपुर जेसीजको नवनिर्मित सचिवायल भवन आज उद्घाटन गरिएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवन निर्माण समितिका सचिव प्रकाश भण्डारीले दिएको जानकारी अनुसार, स्वर्गीय नरेश वर्माद्वारा छोरा विनेश बर्माको स्मृतिमा प्रदान गरेको भद्रपुर ८ स्थित एक कठ्ठा जमिनमा जेसीज सचिवालय निर्माण गरिएको हो । भवन […]
काठमाडौं । सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै तत्कालिन सुन तस्करी छानविन समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले रातोपाटीसँग भने, ‘सुन भेटिएको भन्ने आएको छ, धरान–इटहरीका बासिन्दाबाट नै […]
मेचीनगर । विद्यार्थीहरुलाई विद्यालयस्तरदेखि नै विभिन्न आपराधिक गतिविधि तथा लागुऔषध दुव्र्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले शुक्रबार आदर्श माध्यमिक विद्यालय मेचीनगरमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय र प्रहरी साझेदारी अभियान अन्तर्गत लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा शाखा कार्यालयले स्कूल सम्पर्क कार्यक्रम आयोजना गरेको हो । लागूऔषध नियन्त्रण तथा दुव्र्यसन सम्बन्धी जनचेतनासहित साइवर क्राइम, ट्राफिक नियम […]