Sajhamanch Archive

मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा फोकल पर्सन तोकिए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा फोकल पर्सन तोकिए.

काठमाडौं । नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४ जना डाक्टरलाई मंकीपक्स रोगको उपचारका लागि फोकल पर्सन तोकेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मेची अस्पतालमा डा. केशव दाहाल, कोशी अस्पतालमा डा. सिवी झा, विपी कोइराला […]

बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण.

संखुवासभा । संखुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरिइएको छ। संखुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर संखुवासभामा भएको क्षतिबारे अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो। भेटमा सांसद् खड्काले संखुवासभामा आएको बाढीले दर्जनौं जलविद्युत् गृहमा क्षति पुग्दा राज्यलाई अर्बौको क्षति हुनुका […]

बिर्तामोड नगर अस्पतालमा सेवा बिस्तार गरिँदै

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड नगर अस्पतालमा सेवा बिस्तार गरिँदै.

बिर्तामोड । बिर्तामोड नगरपालिका अन्तरगत सञ्चालित नगर अस्पतालमा बालरोग विशेषज्ञ सेवा थप गरिएको छ । असार १ गते शुक्रबारदेखि अस्पतालले बालरोग विशेषज्ञ सेवा सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म बालरोगका विशेषज्ञबाट सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी […]

पूर्वी नेपालमा बाढीपहिरो : एक जनाको मृत्यु, २५ जना बेपत्ता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on पूर्वी नेपालमा बाढीपहिरो : एक जनाको मृत्यु, २५ जना बेपत्ता.

विराटनगर । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । शनिबार राति संखुवासभाको हेवा खोलामा […]

ताप्लेजुङमा पहिरो : एकै परिवारका तीनसहित चारजना बेपत्ता

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on ताप्लेजुङमा पहिरो : एकै परिवारका तीनसहित चारजना बेपत्ता.

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनसहित चारजना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता छन् । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर […]

ललितपुरमा बस दुर्घटना, १९ जना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ललितपुरमा बस दुर्घटना, १९ जना घाइते.

काठमाडौं । ललितपुरमा आज बिहान बस दुर्घटना भएको छ । जिल्लाको लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा बिहान साढे ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले बताएको छ । गाडीमा २२ जना सवार रहेका थिए । “गाडी दुर्घटनामा केही घाइते भएको खबर आएको छ । तर, ठूलो हताहत भएको […]

भद्रपुरका डकर्मीहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरका डकर्मीहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम.

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाभित्रका भवन निर्माणकर्मी (डकर्मी)–हरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरिएको छ । नगरभित्रका डकर्मीहरुलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि पूर्ण दक्ष बनाउने उद्देश्यले भद्रपुर नगरपालिकाले डिलाइट इञ्जिनियरिङ कन्सल्टेन्सी भद्रपुरको प्राविधिक सहयोगमा तालिम प्रदान गरेको हो । तीन दिवसीय सो तालिमको एक समारोहका बीच मंगलबार भद्रपुर नगरपालिका […]

अर्जुनधारामा तीन दिवसीय लेखनसीप कार्यशाला सुरु

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा तीन दिवसीय लेखनसीप कार्यशाला सुरु.

अर्जुनधारा । झापाको अर्जुनधारामा तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशाला सुरु भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा कार्याशाला सुरु भएको हो । अर्जुनधारास्थित पितृमोक्ष भवनमा आयोजित लेखनसीप कार्यशालामा नगर क्षेत्रका ४० जनाभन्दा बढीको सहभागिता रहेको छ । वडा कार्यालयहरुको सिफारिसमा सहभागीहरुलाई न्यायिक समिति सम्बन्धी लेखनसीप प्रदान गरिने अर्जुनधारा नगरपालिकाले जनाएको छ […]

शिवसताक्षी २ मा सार्वजनिक सुनुवाई, मेयर साहेव तपाई हर्क र बालेन कहिले बन्ने ?

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी २ मा सार्वजनिक सुनुवाई, मेयर साहेव तपाई हर्क र बालेन कहिले बन्ने ?.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ ले सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा चालु आ.व.को विकास आयोजनाहरुको प्रगति सार्वजनिक, वडाबासीका गुनासा र सहभागीहरुको सुझाब संकलन गरिएको हो । सार्वजनिक सुनुवाईमा वडाबासीहरुले शिवसताक्षी नगरपालिका वडा नं. २ मा अघिल्लो कार्यकालको भन्दा विकासका काममा केही प्रगति भएको बताएका छन् । उनीहरुले उपभोक्ता समिति र […]

गण्डकीमा गाँजा खेतीको अध्ययन हुने, घरेलु मदिरा ब्राण्डिङ गर्ने

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on गण्डकीमा गाँजा खेतीको अध्ययन हुने, घरेलु मदिरा ब्राण्डिङ गर्ने.

पोखरा । गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भावना अध्ययन गर्ने भएको छ । अर्थमन्त्री जीतप्रकाश आलेले शुक्रबार संसदमा प्रस्तुत गरेको बजेटमार्फत सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि बजेटको व्यवस्था गरेको बताए। गण्डकी प्रदेशले घरेलु मदिराको ब्रान्डिङ पनि गर्ने भएको छ । यसका लागि कानुन आधार तयार गर्ने सरकारले जनाएको छ। चक्लावन्दी कार्यक्रमलाई सरकारले यसपटक कपनि निरन्तरता […]