Sajhamanch Archive

वडाध्यक्ष सुब्बाले दिए महेन्द्र पार्कलाई १२०० विरूवा

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on वडाध्यक्ष सुब्बाले दिए महेन्द्र पार्कलाई १२०० विरूवा.

भद्रपुर । भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बाले एक लाख ५ हजार रुपैयाँ मूल्य बराबरका एक हजार २०० वटा विभिन्न जातका शो प्लान्टका विरूवा प्रदान गरेका छन् । चन्द्रगढीमा रहेको महेन्द्र पार्कमा रोप्नका लागि पार्क संरक्षण समितिका अध्यक्ष गणेश पोखरेललाई वडाध्यक्ष सुब्बाले उक्त विरुवा हस्तान्तरण गरेका हुन् । स्वर्गीय पिता वीरहाङ्ग लिम्बू तथा सासु आमा […]

भद्रपुर नगरलाई सन्थाल आवासका लागि दुई करोड

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरलाई सन्थाल आवासका लागि दुई करोड.

भद्रपुर । संघीय सरकार मार्फत भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि आगामी आर्थिक वर्षका लागि दुई करोड बजेट विनियोजन भएको छ । सिमान्तकृत विपन्न आदिवासी उत्थान कार्यक्रम अन्तर्गत सरकारले सन्थाल समुदायको घर निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विशेष अनुदानस्वरुप सो रकम विनियोजन भएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीका […]

वडाध्यक्ष खुलालले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा

Published: in समाज, स्थानीय तह by . Leave a Comment on वडाध्यक्ष खुलालले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ को कार्यालयमा ग्रेटर नेपालको नक्सा राखिएको छ । वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले तत्कालीन ब्रिटिश शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले रचेको भूगोलसहितकोे तस्बिर आफ्नो कार्यकक्षमा राखेका हुन । यस अघि महानगर पालिका काठमाण्डौका मेयर बालेन्द्र शाहले ग्रेटर नेपालको नक्शा आफ्नो कार्यकक्षमा राखेका थिए । […]

तनहुँमा बोराभित्र भेटियो महिलाको शव

Published: (Updated: ) in समाज by . Leave a Comment on तनहुँमा बोराभित्र भेटियो महिलाको शव.

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र मंगलबार एउटा शव फेला परेको छ । चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए । घटनास्थलमा डीएसपी खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ […]

नेविसंघका नाममा कालोमोसो छ्यापिँदा नेविसंघकै विरोध

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on नेविसंघका नाममा कालोमोसो छ्यापिँदा नेविसंघकै विरोध.

विराटनगर । सोमबार बिहान पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाल कार्यालय जाने तयारी गर्दै थिए । बिहान करिब १० बजे ८–१० जनाको समूह इटहरीको आँपगाछीस्थित उनको क्वार्टरमा पुग्यो । नेविसंघबाट आएको भन्दै उनीहरुले दाहाललाई बोलाए, ‘एकैछिन बाहिर आउनुस् सर । कुरा गर्नु छ ।’ अफिस जान लुगा लगाउँदै गरेका दाहाल ढोका खोलेर निस्कने बित्तिकै […]

राष्ट्रपति पौडेलको मुटुमा समस्या, अस्पताल भर्ना

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on राष्ट्रपति पौडेलको मुटुमा समस्या, अस्पताल भर्ना.

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको छ । तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएन । अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले यस विषयमा केही बोल्न चाहेनन् […]

काठमाडौंको ओमबहालमा भाइले गरे दाइको हत्या

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on काठमाडौंको ओमबहालमा भाइले गरे दाइको हत्या.

काठमाडौं। काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् । गएराति घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु भएको प्रहरीले जनाएको छ । दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा आज बिहान पौने १० […]

यूएईसँग श्रम वार्ता हुँदै, न्यूनतम तलब बढाउन प्रस्ताव गर्दै नेपाल

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, समाज by . Leave a Comment on यूएईसँग श्रम वार्ता हुँदै, न्यूनतम तलब बढाउन प्रस्ताव गर्दै नेपाल.

काठमाडौं । नेपाल र यूएईबीच भएको श्रम समझदारी पुनरवलोकनसहित नवीकरणको निर्णय गर्न दुवै देश छलफलमा बस्ने भएका छन् । नेपाल–यूएई श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको बैठक बुधबार काठमाडौंको चन्द्रागिरिमा बस्ने भएको हो । बैठकका लागि यूएईको सरकारी टोली नेपाल आइसकेको छ । बैठकमा नेपालले यूएईसँग नेपाली श्रमिकले पाउने न्यूनतम तलब वृद्धि गरेर श्रम समझदारी नवीकरण […]

करिब ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट पानी ल्याएपछि खुसीले रोए मेयर साम्पाङ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on करिब ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट पानी ल्याएपछि खुसीले रोए मेयर साम्पाङ.

धरान । खानेपानीको चरम अभाव भोगिरहको धरानमा मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाएर करिब ४२ किलोमिटर दुरीबाट कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन्। श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा गएको मध्यराती कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो। राजनीतिक दल, दलका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना […]

औसत मितिअनुसार मनसुन सुरु हुने दिन आज, कहिले प्रवेश गर्छ नेपालमा मनसुन ?

Published: in Weather, मिडियाबाट साभार, समाज by . Leave a Comment on औसत मितिअनुसार मनसुन सुरु हुने दिन आज, कहिले प्रवेश गर्छ नेपालमा मनसुन ?.

काठमाडौं । औसत मितिमा सुरु भएको भए आज नेपालमा मनसुन भित्रिने दिन हो । जुन १३ नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति हो । तर, सधैँ यही दिनबाट मनसुन सुरु हुन्छ भन्ने होइन । मौसमविद्हरूका अनुसार यो भन्दा केही दिन अगाडि अथवा पछाडि मनसुन भित्रिरहेको हुन्छ । यो वर्ष पनि औसत मितिभन्दा केही दिन ढिलोगरी […]