Sajhamanch Archive

निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन.

काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको छ। मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए। ‘यस्तै, कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौं’, उनले भने। यदि निजामती कर्मचारीले यस्ता […]

भक्तपुर क्याम्पसमा तालाबन्दी अझै खुलेन

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on भक्तपुर क्याम्पसमा तालाबन्दी अझै खुलेन.

काठमाडौं। भक्तपुर बहुमुखी क्याम्पसमा २२ जेठमा नेपाल विद्यार्थी संघले लगाएको ताला अझै खुलेको छैन। नेविसंघले क्याम्पस प्रमुखमा कविता लुइँटेलको नियुक्ति नियमसम्मत नहेको भन्दै विरोधमा क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा र प्रशासनमा ताला लगाएको थियो। क्याम्पस प्रमुख कविता लुईंटेल भट्टराईले आन्दोलनरत विद्यार्थी संगठनलाई गत विहिवार वार्तामा आउन आग्रह गरेपनि नआएको बताइन्। विद्यार्थी संगठन वार्तामा नगएपछि क्याम्पसले प्राध्यापक […]

महासंघको सदस्यता शुद्धिकरणः १५ बुँदाभन्दा बाहिर गएकोमा सुवेदीको आपत्ती

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on महासंघको सदस्यता शुद्धिकरणः १५ बुँदाभन्दा बाहिर गएकोमा सुवेदीको आपत्ती.

झापा । नेपाल पत्रकार महासंघ झापा कार्यसमितिका सदस्य अच्युतराज सुवेदीले सदस्यता शुद्धिकरणका नाममा कार्यदल पूर्वाग्रही बनेको पाइएको जनाउँदै शनिबारको बैठकले गरेको उक्त निर्णयमा असहमति प्रकट गरेको जनाएका छन् । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै शाखा कार्य समितिका सदस्य सुवेदीले महासंघको केन्द्रीय कार्यसमितिको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ लाई लत्याउँदै आफूखुसी नियम बनाएर झापा शाखाको कार्यदलले […]

नेपालमा मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on नेपालमा मनसुन भित्रिन अनुकूल वातावरण बन्दै.

काठमाडौँ । पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले  कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो। गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए। सबैको एउटै जिज्ञासा थियो गर्मी कहिलेदेखि कम हुन्छ अब केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दैछ। नेपालमा मनसुन भित्रिने […]

हराइ भन्दै प्रहरीकहाँ पुगेका ससुराले नै बुहारीको हत्या गरेको खुलासा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on हराइ भन्दै प्रहरीकहाँ पुगेका ससुराले नै बुहारीको हत्या गरेको खुलासा.

धनगढी । गत जेठ १८ गते साँझबाट कैलालीकी २७ वर्षीया कौशी भनिने कविता बुढा हराएकी थिइन्। भोलीपल्ट आफ्नी बुहारी घरबाट हराएको भन्दै उनकै ससुराले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका थिए। गौरीगङ्गा नगरपालिका–१ गोप्काका डिल्लीसिंह बुढाले बुहारी हराएको र खोजतलास गरिपाऊँ भनी निवेदन दिएपछि प्रहरीले तदारूकता देखाएको थियो। कविताको खोजतलासका लागि उनको हुलिया आफू मातहतका […]

काठमाडौंको सिनामंगलमा प्रहरीले चलायो गोली, १ जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on काठमाडौंको सिनामंगलमा प्रहरीले चलायो गोली, १ जना पक्राउ.

काठमाडौं । काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । भगतबाट […]

कालीकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on कालीकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु.

काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका -६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं। ८ का ३१ वर्षीय रामबहादुर शाही […]

झापामा राष्ट्रिय कराँते प्रतियोगिता, सभामुख देवराज घिमिरेले गरे उद्घाटन

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापामा राष्ट्रिय कराँते प्रतियोगिता, सभामुख देवराज घिमिरेले गरे उद्घाटन.

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक खेलका कारण साँच्चैका खेलहरू ओझेलमा परेको बताएका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमी झापाद्वारा बिर्तामोडमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता २०८० उद्घाटन गर्दै सभामुख घिमिरेले विगतमा प्रतिकूल परिस्थितिमा पनि खेल क्षेत्रलाई उचाइमा पुर्‍याउने खेलाडीहरूको उच्च सम्मान हुन नसकेको बताए। उनले भने, ‘हिजोको प्रतिकूल परिस्थितिमा भूमिगत भएर […]

‘अब बदलीको दिन बढ्छ, गर्मीबाट राहत मिल्छ’

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ‘अब बदलीको दिन बढ्छ, गर्मीबाट राहत मिल्छ’.

काठमाडौं । अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् ।मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र […]

आधा समय विद्यालय संचालन गर्दै रौतहटका पालिकाहरु

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on आधा समय विद्यालय संचालन गर्दै रौतहटका पालिकाहरु.

रौतहट । रौतहटका अधिकांश पालिकाहरुले विद्यालय संचालनको समय परिवर्तन गरेको छ। गत हप्ता शिक्षा विकास तथा समन्वय इकाईको परिपत्र अनुसार जिल्लाका पालिकाहरुले विद्यालयमा गर्मी विदा दिएको भए पनि गर्मी लगातार बढेपछि वैकल्पिक उपाय अपनाएको देखिएको छ। अत्यधिक गर्मी रहेको र दिउँसो लु लाग्ने डर रहेको अवस्थामा पालिकाहरुले बिहानको आधा समय मात्र विद्यालय संचालन गर्ने तयारी […]