काठमाडौं । जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान जारी छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणसहित शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको पनि बयान भइरहेको छ । प्रकरणमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । जिल्ला सरकारी […]
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका दमकलका कर्मचारीलाई कुटपिट गरी दमकलमा क्षति पुराएको आरोपमा ३ जनालाइ पक्राउ गरी मुद्दा चलाइएको छ। गत जेठ १४ गते राति करिव ०८ः३० वजे कपिलवस्तु नगरपालिका वडा नं. ८ मैनिहवा गाँउमा सिताारमा कुर्मीको गोठ र कुखुरा फर्ममा भएको आगलागी पछि त्यहा दमकल पुगको थियो। आगो निभाउने क्रममा दमकलको पानी सकिए पछि आक्रोसित […]
नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ दिल्लीबाट हवाई मार्गबाट इन्दौर ओर्लिएर सडक मार्गबाट उज्जैन पुग्दै छन्। इन्दौरको अहलियाबाइ होलकर बिमानस्थलमा प्रधानमन्त्री दहाललाई मध्य प्रदेशको राज्यपाल मंगुभाइ पटेल, मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गर्दै छन्। प्रधानमन्त्री दाहालले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने मध्य प्रदेशको उज्जैन स्थित महाकालेश्वर मन्दिरमा ११ बजे पुजाअर्चना गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको अतिविशिष्ट […]
काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आउँदा ग्याँसको मूल्य भने घटेर आएको छ । नेपाल आयल निगमलाई आज बिहीबार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने […]
बिर्तामोड । यहाँका ज्येष्ठ नागरिकहरुलाई आज सम्मान गरिएको छ । ज्येष्ठ नागरिक वडा समितिको आयोजनामा बिर्तामोड १ का ९० वर्षभन्दा बढी उमेरका १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वासुदेव निरौला, बीरबहादुर चौहान, धरणीप्रसाद प्रसाई, हिमामाया प्रसाई, गंगादेवी बुढाथोकी, जानुकादेवी सेढाई, जयनारायण शिवाकोटी, लक्षिमा खरेल, ठगीमाया तामाङ र धनमाया ओझा हुन् । […]
भद्रपुर । कोशी प्रदेशमै पहिलो पटक भद्रपुमा युवा सम्मेलन सुरू भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने मूल नाराका साथ भद्रपुरमा प्रथम नगर सम्मेलन २०८० सुरू भएको हो । भद्रपुर नगर युवा परिषद्को आयोजनामा आज र भोलि दुई दिनसम्म चल्ने प्रथम युवा सम्मेलनको उद्घाटन राष्ट्रिय युवा परिषदका कार्यकारी […]
शिवसताक्षी । झापाको शिवसताक्षीले १ हजार ७२ पशु चौपायाहरुको उपचार गरेको छ । शिवसताक्षी नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित एक दिवशीय निशुल्क पशु स्वास्थ्य शिविरमा उक्त चौपायाहरुको उपचार गरेको हो । शिवसताक्षी न.पा. ०३ पाराबारी बजारमा सञ्चालन भएको शिविरमा २७५ गाई, १०१ भैसी, ४३६ बाख्रा, ८५ ओटा बंगुर, ९५ कुकुर,र ८० ओटा अन्य पक्षीको उपचार […]
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। बिहीबार कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। उनले वर्षायाममा बाढी, पहिरो र डुबानका […]
चितवन । पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा दुई जना आरोपीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको एकल इजलासले आरोपीहरु प्रदीप रुङ्गटा र जीवन रावललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । रावल प्रहरी हिरासतमा छन् भने रुङ्गटा फरार छन् । मानसिक यातनाका कारण […]
इटहरी । केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण पूर्वका सुनसरी, मोरङ र झापाका सामुदायिक र संस्थागत विद्यालयमा धमाधम विदा दिन थालिएको छ। स्थानीय सरकार धरान उपमहानगरपालिकाले धरानका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ १८ बिहीबार देखि जेठ २४ सम्म एकसाताका लागि बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाद्वारा प्रकाशित सूचनामा नगर प्रमुख स्तरिय निर्णय अनुसार विदा दिइएको […]