Sajhamanch Archive

नोबेल अस्पतालको शौचालयमा युवक मृत भेटिए

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on नोबेल अस्पतालको शौचालयमा युवक मृत भेटिए.

विराटनगर । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् । आज बिहान ५:२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । […]

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर […]

झापामा मिटरब्याजीविरूद्ध १०२ पीडितले दिए उजुरी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on झापामा मिटरब्याजीविरूद्ध १०२ पीडितले दिए उजुरी.

दमक । अनुचित लेनदेन (मिटरब्याज) पीडित १०२ जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन्। गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन्। तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले […]

६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने बालेनको चेतावनी

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on ६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने बालेनको चेतावनी.

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी उनले दिएका छन् । विपन्न वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा पनि उपलब्ध नगराएका ६८ […]

शिवसताक्षी नगरपालिकाका कृषकलाई टनेल वितरण गर्न सुरु

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on शिवसताक्षी नगरपालिकाका कृषकलाई टनेल वितरण गर्न सुरु.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कृषकहरुका लागि टनेल वितरण गरेको छ । नगरका कृषकहरुलाई कृषि उब्जनीका लागि टनेलमा लगाउने फ्लाष्टिक वितरण गरेको हो । नगरपालिकाले मंगलबार वडा नं. ४ र ५ लाई उक्त टनेल हस्तान्तरण गरेको हो । वडाहरुबाट टनेल माग भएपछि नगरपालिकाले खरिद गरी वडालाई हस्तान्तरण गरेको शिवसताक्षी नगरपालिका कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी […]

पर्यटकको गन्तव्य बन्दै, ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाम

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on पर्यटकको गन्तव्य बन्दै, ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाम.

शिवसताक्षी । पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम नेपालको ऐतिहासिक धाम मध्ये एक प्रमुख धाम हो । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित पूर्व पश्चिम राजमार्ग अन्तरगत झिलझिले बजारबाट पाँच किलोमिटर उत्तरमा रहेको सताक्षीधाममा पछिल्लो समय आन्तरिक तथा वाहिय पर्यटकको रोजाइको बनेको छ । स्थानीयतहको पुर्नसंरचना पछि सताक्षीधाममा धेरै परिवर्तनहरु भएका छन् । […]

विषादी प्रयोग गरिएका आँप विराटनगर बजारमा छ्यापछ्याप्ती

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on विषादी प्रयोग गरिएका आँप विराटनगर बजारमा छ्यापछ्याप्ती.

मोरङ। मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन्। सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ। यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ। व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने […]

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ फेरि रोकियो

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, समाज by . Leave a Comment on सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ फेरि रोकियो.

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो। राईले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएका छन्। यसअघि, न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो। त्यति बेला लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको […]

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे.

झापा। कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पुश मरेका र ८५ हजार सात सय ८४ वटामा सङ्क्रमण देखिएको जानकारी दिए । उनले […]

गुणस्तर कार्यालयका वरिष्ठ निरीक्षकविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on गुणस्तर कार्यालयका वरिष्ठ निरीक्षकविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका बरिष्ठ निरीक्षक शशीभूषण कुमार यादविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सेवामा प्रवेश गरेपछि उनको वैध आम्दानी २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ हुनेमा उनको आम्दानी ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । उनको स्रोत […]