Sajhamanch Archive

महोत्तरीमा एनएमबि बैंकबाट ३५ लाख लुटपाट

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on महोत्तरीमा एनएमबि बैंकबाट ३५ लाख लुटपाट.

जनकपुरधाम । महोत्तरीस्थित एनएमबि बैंकको रकम लुटपाट गरिएको छ । महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबि बैंकको शाखा कार्यालयबाट हतियारधारी समूहले मंगलबार ३५ लाख रुपैयाँ लुटपाट गरेको हो । दिउँसो १२ बजेर २५ मिनेटमा हतियार देखाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।

इस्टु भद्रपुर अध्यक्षमा विदुर सर्वसम्मत चयन

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on इस्टु भद्रपुर अध्यक्षमा विदुर सर्वसम्मत चयन.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको दोस्रो अधिवेशनले विदुर ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा प्रिसिला राई कोइराला, सचिव रमेश भट्टराई, सहसचिव उमेश दाहाल र कोषध्यक्षमा मदनबहादुर थापा सर्वसम्मत चयन भएका हुन् । यसैगरी सदस्यहरूमा सान्त्वना सापकोटा, रक्षा विश्वास, […]

‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथा शिखरमा रोकाया

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथा शिखरमा रोकाया.

काठमाडौँ । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्। छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन्। सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका […]

कार्यकर्ता नछाडे अनिश्चितकालीन हडताल सुरु गर्ने पहिचानवादीको चेतावनी

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on कार्यकर्ता नछाडे अनिश्चितकालीन हडताल सुरु गर्ने पहिचानवादीको चेतावनी.

विराटनगर । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ । आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । २६ जना अझै प्रहरी हिरासतमा छन् । प्रदेश १ […]

धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु, बेपत्ता युवतीको शव त्रिशूलीमा भेटियो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु, बेपत्ता युवतीको शव त्रिशूलीमा भेटियो.

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको […]

भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

Published: in International, मिडियाबाट साभार, समाज by . Leave a Comment on भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु.

काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको […]

गणतन्त्र दिवसको अवसर पारेर शिवसताक्षी नगरपालिकामा धुपीको विरुवा रोपिदै

Published: in विविधा, समाज by . Leave a Comment on गणतन्त्र दिवसको अवसर पारेर शिवसताक्षी नगरपालिकामा धुपीको विरुवा रोपिदै.

शिवसताक्षी । १६ औं गणनन्त्र दिवसको अवसरमा शिवसताक्षी नगरपालिकाले धुपीको विरुवा रोपेको छ । शिवसताक्षी नगरपालिका अगाडी बाटोलाई सौन्दर्य बढाउन धुपीको विरुवा रोप्न सुरु गरेको हो । आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई र लेखा अधिकृत प्रकाश योङ्हाङ्गले धुपीको विरुवा रोपेका हुन् । नगरपालिकाले बाटोका दुवै छेउमा १०० थान विरुवा […]

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सुरु गरे तरकारी खेती

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सुरु गरे तरकारी खेती.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री दाहालले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन्। सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो […]

रेशम चौधरी कारागारबाट मन्त्री क्वाटर हुँदै माइतीघरमा

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on रेशम चौधरी कारागारबाट मन्त्री क्वाटर हुँदै माइतीघरमा.

काठमाडौं । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन काराबासको सजायँ भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी सरकारले सजाय माफ गरिदिएपछि डिल्लीबजार कारागारबाट रिहा भएका छन् । उनका समर्थक बिहानैदेखि डिल्लीबजार कारागार बाहिर भेला भएका थिए । समर्थकहरुले उनलाई अविर र फूलमाला लगाइदिएर स्वागत गरे । कारागारबाट रिहा भएपछि उनी सिधै पुल्चोकस्थित […]

गणतन्त्र दिवसको शुभविहानीमा रेशम चौधरी जेलमुक्त

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गणतन्त्र दिवसको शुभविहानीमा रेशम चौधरी जेलमुक्त.

काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरी जेलमुक्त भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको बाँकी सजाय माफी गरेसँगै चौधरी जेलमुक्त भएका हुन् । राष्ट्रपति कार्यालयले गणतन्त्र दिवसको उपलक्ष्यमा माफी दिइएको जनाएको छ । पछिल्लो ६ वर्ष देखि डिल्लीबजार कारागारमा रहेका चौधरी आज बिहान जेलमुक्त भएका हुन् […]