काठमाडौँ । जनताले गणतन्त्र दिवस स्वतस्फूर्त रूपमा मनाउने संस्कृतिको विकास हुनुपर्ने हो । गणतन्त्रले नागरिकलाई छोएन । जसलाई छोयो उनीहरूले उही सैनिक मञ्च सजिलो ठाने । सेनाको परेड, सलामी, झाँकी छ तर गणतन्त्रका पक्षमा लड्नेहरूको त्यहाँ उपस्थिति विरलै हुन्छ । आजभन्दा १५ वर्षअघि आजकै दिन गणतन्त्रको घोषणा भएको थियो । संविधानसभाको पहिलो बैठकले यो निर्णय […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दुधेमा सञ्चालित युवाका लागि आधारभूत पत्रकारिता तालिमको शनिबार समापन गरिएको छ । साझामञ्च मिडिया प्रालिको आयोजना र शिवसताक्षी नगरपालिकाको वित्तीय सहयोगमा जेठ ९ गतेबाट सञ्चालन गरेको पत्रकारिता तालिमको समापन गरिएको हो । तालिमको समापनका क्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले पत्रकारिता तालिम लिएका भाई बहिनीहरुलाई पत्रकारको आचार संहितामा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीसहित ४८२ जनाको बाँकी कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा यिनीहरुको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले रेशमसहितको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रपतिबाट ७ जना ज्येष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद […]
मेचीनगर । नेपालको सहकारी अभियानमा अग्रणी स्थान बनाउँदै आएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा निर्विरोध नयाँ नेतृत्व चयन गरिएको छ । निर्वाचन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि २ घण्टाका लागि थप गरेर भए पनि आकांक्षीहरुबीच सहमति गराएर दुईवटा पदमा निर्विरोध गराइएको हो । निर्वाचन सचिवालयका अनुसार दुईवटा पदमा आवश्यकता भन्दा बढी उम्मेदवारी […]
बिर्तामोड । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा रेडियोकर्मी लीला अनमोल चयन भएकी छन् । आज बिर्तामोडमा भएको सञ्चारकर्मी महिलाहरुको भेलाले अनमोलको अध्यक्षतामा नौ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको हो । झापाली सञ्चारकर्मी महिलाहरुको संस्था नारी सञ्चार गृहको उपाध्यक्ष रहेकी अनमोल रेडियो विराटमा कार्यरत छिन् । नवगठित समितिको उपाध्यक्षमा जसोदा राजवंशी, सचिवमा […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को नयाँ नेतृत्व चयन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि आज २ घण्टाका लागि थप गरिएको छ । निर्वाचन कार्यतालिका अन्तरगत आज जेठ १४ गते ३ बजेसम्म उम्मेदवारी मनोनयन फिर्ता लिने र अन्तिम नामावलि प्रकाशन गर्ने समय तोकिएको थियो । निर्वाचन सचिवालयका अनुसार दुईवटा पदमा आवश्यकता भन्दा […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्ट्याउने अस्पतालको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेहरूलाई कारबाहीका लागि संघ र प्रदेश सरकारलाई लेखेर पठाउने यति गर्दा पनि अटेर गर्ने स्वास्थ्य संस्थाको प्रशासन बन्द गरिनेछ। यसका लागि काठमाडौँ महानगरले सार्वजनिक सूचना […]
झापा । वर्तमानमा विभिन्न अराजक व्यक्ति तथा समूहले वित्तीय क्षेत्रमाथि गरिरहेको भौतिक आक्रमण एवम् दुव्र्यवहारबाट व्यवसायमा नकारात्मक असर गरेको भनी झापाका सहकारी अभियन्ताहरुले सुरक्षाको माग गरेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई आज झापा जिल्ला सहकारी संघले सुरक्षाको प्रत्याभूति पाउँ भन्दै निवेदन पेस गरेको हो । झापा जिल्ला सहकारी संघले अध्यक्ष गणेश ढकालको […]
झापा। जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट एकजनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ स्टाप चोक बस्ने २७ वर्षीय बिवेक श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको […]
विराटनगर । प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन: संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका १७ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको मोरङ […]