Sajhamanch Archive

कचनकवलमा ४० जनालाई शिक्षा सेवा तयारी कक्षा

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कचनकवलमा ४० जनालाई शिक्षा सेवा तयारी कक्षा.

बनियानी । शिक्षक सेवा आयोग अन्तरगतको परीक्षा नजिकिइरहेको बेला झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा परीक्षाको लागि ४० जनालाई तयारी कक्षा सञ्चालन गरिएको छ । परीक्षाका लागि थप सहयोग पुर्याउने उद्देश्यले बिर्तामोडस्थित नोभा एजुकेशन फाउण्डेसनसँगको समन्वयमा कचनकवल गाउँपालिकाले सबै वडा समेटिने गरी ४० जनालाई शिक्षा सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको हो । कचनकवल–३ पथरियास्थित लक्ष्मीप्रसाद […]

शिवगञ्जमा अस्पताल निर्माणले तल्लो भेगका बासिन्दामा खुसीयाली

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवगञ्जमा अस्पताल निर्माणले तल्लो भेगका बासिन्दामा खुसीयाली.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगन्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी नगर अस्पताल बनाउने कार्यका लागि थालिएको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बहुवर्षे योजना अन्तर्गत निर्माण थालिएको अस्पतालको भौतिक पूर्वाधारको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट करसहित १० करोड ६६ लाख ९३ […]

कालोपत्रेको पर्खाइमा शिवसताक्षी ११ को मैनाचरी मार्ग

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कालोपत्रेको पर्खाइमा शिवसताक्षी ११ को मैनाचरी मार्ग.

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं ११ दूधेमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सहायक बाटो मैनाचरी मार्ग दशकौं पुरानो भए तापनि अझै कालोपत्रे गरिएको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गको दूधे–झिलझिले खण्डको बीचमा उत्तरतर्फ रहेको सो बाटोलाई कालोपत्रे गर्ने स्थानीय बासिन्दाको अनेकल पहल अझै साकार नभएको हो । वि. सं. २०२४ सालबाट प्रयोगमा आएको मैनाचरी मार्गको लम्बाई […]

युवाका लागि आधारभूत पत्रकारिता तालिमको समापन

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on युवाका लागि आधारभूत पत्रकारिता तालिमको समापन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दुधेमा सञ्चालित युवाका लागि आधारभूत पत्रकारिता तालिमको शनिबार समापन गरिएको छ । साझामञ्च मिडिया प्रालिको आयोजना र शिवसताक्षी नगरपालिकाको वित्तीय सहयोगमा जेठ ९ गतेबाट सञ्चालन गरेको पत्रकारिता तालिमको समापन गरिएको हो । तालिमको समापनका क्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले पत्रकारिता तालिम लिएका भाई बहिनीहरुलाई पत्रकारको आचारसंहितामा रहेर काम […]

कर सहयोगी संगठनको जिल्ला अध्यक्षमा सोहनलाल

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on कर सहयोगी संगठनको जिल्ला अध्यक्षमा सोहनलाल.

झापा । कर सहयोगी श्रमिक संगठन नेपाल झापा शाखाको अध्यक्षमा सोहनलाल राजवंशी सर्वसम्मत निर्वाचित भएका छन् । आज बिर्तामोडमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले राजवंशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनका जिल्ला अध्यक्ष भुपेन्द्र भण्डारीको अध्यक्षता तथा केन्द्रीय कार्यसमितिका अध्यक्ष तारानाथ दाहालको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ […]

सीके राउत र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on सीके राउत र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता.

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान नयाँदिल्ली गएका राउतले चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । जनमत पार्टीका प्रवक्ता बीपी साहका अनुसार राउतले अरु भारतीय नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । ‘उहाँ अझै केही दिन भेटवार्तामै रहनुहुनेछ । भेटवार्ता […]

सशस्त्र द्वन्द्वका कमाण्डरद्वय प्रचण्ड र बाबुरामलाई युद्ध अपराधको मुद्धा चलाउन सर्वोच्चमा निवेदन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सशस्त्र द्वन्द्वका कमाण्डरद्वय प्रचण्ड र बाबुरामलाई युद्ध अपराधको मुद्धा चलाउन सर्वोच्चमा निवेदन.

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । लेलिन विष्टसमेतले शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा. भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा […]

बिर्तामोडमा ५ जना कुष्ठरोगी थपिए

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडमा ५ जना कुष्ठरोगी थपिए.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कुष्ठरोगीको पहिचानको लागि शंकास्पदहरुको जाँच कार्यलाई निरन्तर अघि बढाइरहेको जनाइएको छ । सो रोगको उच्च जोखिममा रहेको वडा नम्बर १० मा अभियान नै सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल भइरहेको हो । बिर्तामोड वडा नं. १० मा १०१ जना शकास्पद विरामी जाँच गर्दा ५ जना नयाँ कुष्ठरोगी थपिएको नगरपालिकाका सिनियर अहेव अधिकृत तथा […]

शिवसताक्षीको शुक्रबारेमा पशु स्वास्थ्य शिविर, ७५० पशुको निशुल्क उपचार

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको शुक्रबारेमा पशु स्वास्थ्य शिविर, ७५० पशुको निशुल्क उपचार.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले एक दिवशीय बृहत पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिवसताक्षी न.पा. १ शुक्रबारेमा नगरपालिकाको पशुसेवा शाखाद्वारा आयोजाना गरिएको शिविरमा ७५० पशुलाई उपचार गरिएको छ । शिविरमा पशुको स्वाथ्य परीक्षण, पशु बन्ध्याकरण, गाई र भैसीलाई कृतिम गर्भाधान, पशुलाई खोप, प्रयोगशााला सेवा र निशुल्क औषधि वितरण गरिएको नगरपालिकाका पशु चिकित्सक राम अवतार […]

सूर्योदय क्विज सिजन ७ को च्याम्पियन मेची बहुमुखी क्याम्पस

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on सूर्योदय क्विज सिजन ७ को च्याम्पियन मेची बहुमुखी क्याम्पस.

झापा । झापाको बितामोडबाट प्रसारण हुँदै आएको सूर्योदय टेलिभिजनको लोकप्रिय कार्यक्रम एनएमसी सूर्योदय क्विजको सातौं श्रृंखलाको उपाधि मेची बहुमुखी क्याम्पस भद्रपुरले जितेको छ । शुक्रबार बिर्तामोडमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मेची बहुमुखी क्याम्पसका प्रतियोगी विद्यार्थीहरू उत्कृष्ट बनेका हुन् । प्रतियोगितामा सुकुना बहुमुखी क्याम्पस मोरङ दोस्रो भएको छ । बिर्तामोडको इन्द्रचन्द्र क्याम्पस तेस्रो भएको छ भने सुनसरी […]