झापा । लेखक तथा अग्रज सञ्चारकर्मी केदार शर्माले विकासलाई हेर्ने दृष्टिकोण फरक फरक हुने बताएका छन् । विकास पत्रकारिता गर्ने पत्रकारहरुले विषयवस्तुलाई केलाउँदै तथ्य जाँच्नु अत्यन्त जरुरी हुने उनको भनाई छ । नारी सञ्चार गृह झापाको आयोजनामा आज बिर्तामोडमा सम्पन्न कार्यशाला गोष्ठीमा उनले उद्विकास र विकास फरक भएको दृष्टान्त प्रस्तुत गर्दै विकास पत्रकारितामा सामाजिक आर्थिक […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ ले वडाका कृषकहरुलाई अनुदान स्वरुप कुखुरा, बुँगुरको दाना, चल्ला, मौरीको घार वितरण गरेको छ । स्थानीय शिव प्राथमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी १० लाख ५० हजार बराबरको कुखुराको दाना, बाख्रा, गाई भैसीलाई ओछ्याउने म्याट लगायतका सामाग्री वितरण गरेको हो । वडामा मै च्याउ खेती गर्दै आएका […]
जनकपुरधाम। सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादव छन् । राजगढ गाउँपालिका-१ झुटकी बस्ने लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा छुइएर सिकिस्त घाइते भएका थिए। शुक्रबार विद्यालयले नियमित रूपमा खेदकुद […]
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारी सहितको टोलीले आज नागढुंगा सुरुङ मार्गको अनुगमन गरेको छ। उक्त टोलीले आजै नागढुंगा-मुग्लिन सडक विस्तार आयोजनाको कामबारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ। टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताएको छ। अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत […]
भद्रपुर । कोशी प्रदेशमै पहिलोपटक भद्रपुरमा युवा सम्मेलन हुने भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने उद्देश्य बोकेर भद्रपुरमा प्रथम नगर सम्मेलन हुने भएको हो । भद्रपुर नगर युवा परिषदको आयोजनामा जेठ १८ र १९ गते भद्रपुर प्रथम नगर सम्मेलन हुन लागेको परिषदका सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी […]
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट ५–५ जनाका दरले ५० जनालाई आत्मरक्षा तालिम प्रदान गरिएको हो । नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत सामाजिक विकास शाखाको सहजीकरणमा मेची रंगशालास्थित कवर्डहलमा मार्सल आर्टका व्यावसायिक प्रशिक्षकहरुद्वारा आजदेखि […]
काठमाडौं । भारतले नेपालमा पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका तीन वटा परियोजना अनुदानमा निर्माण गरिदिने भएको छ । १७ जेठदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सिलुगडीदेखि झापाको चारआलीसम्म दोस्रो अन्तर्देशीय पाइपलाइन, भण्डारण डिपो निर्माणको समझदारी हुँदैछ । त्यस्तै भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न समझदारी हुने उद्योग, वाणिज्य […]
काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने छ […]
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ। मौसमी प्रणाली […]
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले आन्दोलनरत पहिचान पक्षधरलाई तत्काल वार्तामा बोलाउन माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरेर कांग्रेस कोशी प्रदेश संसदीय दलले पहिचानका आधारमा प्रदेशको फेरि नाम राख्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएको पक्षलाई बार्तामा बोलाउन प्रदेश सरकार समक्ष माग गरेको हो । ‘अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले […]